कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६

कुनै समयमा नेपालीहरूको रोजगारीका लागि मुख्य गन्तव्य रहँदै आएको मलेसियामा विगत एक वर्षदेखि नेपाली कामदारहरू पठाउन करिब–करिब ठप्पैजस्तो छ । यसको मुख्य कारण मलेसिया रोजगारीमा व्यापक रूपमा कामदारको ठगी र शोषण बढेको पाइएपछि सरकारले नै रोक लगाएको हो । यसअघि वार्षिक औसतक एक लाख कामदारहरू रोजगारीको खोजीमा मलेसिया जाने गरेकोमा अहिले त्यो संख्या २५ सयभन्दा कममा झरेको छ, त्यो पनि गत वर्ष नै प्रक्रिया सुरु भएकाहरूमात्र हुन् ।

412
कुबेर चालिसे
शुक्रवार, जेठ ३, २०७६

अन्ततः भैरहवास्थित विशेष आर्थिक क्षेत्रबाट पहिलो उत्पादन सुरु भएको छ भने बाराको सिमरास्थित सेजमा रहेको तयारी पोसाक प्रशोधन केन्द्र पनि सञ्चालनको प्रक्रिया सुरु भएको छ । नेपालको व्यापारघाटा बढेको र निर्यात व्यापार बढाउन नसकिएका बेला सेजभित्रको उद्योगले उत्पादन सुरु गर्नुलाई उत्साहका साथ हेर्न सकिन्छ । दैनिक पौने ४ अर्बको व्यापारघाटा भइरहेका बेला सेज सञ्चालनले व्यापारघाटाको बढ्दो गतिलाई थोरै भए पनि नियन्त्रण गर्न सकिने संकेत देखिएका छन् । यसलाई सकारात्मक मान्नै पर्छ ।

242
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

चालू आर्थिक वर्षको बजेटमा सरकारले निकै महत्वाकांक्षी रूपमा ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको थियो । न्यून औद्योगिक विस्तार र सुस्त सरकारी खर्चका आधारमा यो रोजगारी सिर्जनाका कार्यक्रमलाई निकै महत्वाकांक्षी मानिएको हो । हालको अवस्था हेर्ने हो भने अहिले श्रमबजारमा वार्षिक साढे ५ लाखको हाराहारीमा श्रमशक्ति थपिने गरेको छ । हालै गरिएको श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा हाल बेरोजगारी दर ११ प्रतिशत छ, यद्यपि कामको खोजीमा रहने जनसंख्या भने ६७ प्रतिशत मानिएको छ । यसमा पनि श्रमको अल्पउपयोग दर झन्डै ४० प्रतिशत छ, अर्थात् कुल श्रमयोग्य जनशक्तिमध्ये ४० प्रतिशतजतिको क्षमता उपयोग नै हुन सकेको छैन ।

304
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार देशमा अझै पनि कृषिले अर्थतन्त्रमा महत्वपूर्ण योगदान राख्ने गरेको छ ।

406
कुबेर चालिसे
मंगलबार, बैशाख ३१, २०७६

सरकारले आर्थिक वर्ष सकिनै लाग्दा आन्तरिक ऋण उठाउने तयारी गरेसँगै यसको चौतर्फी आलोचना भएको छ । अर्थशास्त्री, बैंकर तथा सरोकारवालाहरूले सरकारको यस्तो नीतिको खुलेरै विरोध गरेका छन् । पुँजीगत खर्च नभएर सरकारी ढुकुटीमा थुप्रिएको, बजेट रकमान्तर गर्न सकिने अवस्था रहेको तथा बजेटभित्रका आयोजनाका लागि पहिल्यै छुट्ट्याएको अवस्थामा आन्तरिक ऋणको औचित्यमाथि प्रश्न उठेको छ । अर्कातर्फ सरकारले ८६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएपछि बैंकको ब्याजदर र पुँजी बजारमा सीधा असर पुग्ने भन्दै बैंकरहरूले पनि विरोध गरिरहेका छन् । बैंकिङ प्रणालीबाट एकैपटक यति ठूलो रकम बाहिरिँदा ब्याजदरदेखि दोस्रो बजारसम्म प्रभाव पर्ने नै छ ।

448
कुबेर चालिसे
सोमवार, बैशाख ३०, २०७६

देशका उद्यमीहरूले विगत लामो समयदेखि नै न्यून बिजकीकरणका कारण स्वदेशी उद्योगहरू धराशायी भएको गुनासो गर्दै आएका छन् । उत्पादन वा बिक्री लागतभन्दा कममा खरिद भएको देखाइ कम भन्सार तिरेर आयात गरिनु नै न्यून बिजकीकरण हो । मूलतः कर छल्ने उद्देश्यले न्यून बिजकीकरण गरिन्छ । न्यून बिजकीकरणको आयात बढ्दा तीन पक्षमा सोझै प्रभाव पर्छ– पहिलो, सरकारको कर संकलन कम हुन्छ, दोस्रो उद्योगहरू प्रभावित हुन्छन् र तेस्रो, उपभोक्तामाथि बढी मूल्य लिई शोषण गर्ने अर्को प्रवृत्ति मौलाउँछ ।

411
कारोबार संवाददाता
आइतवार, बैशाख २९, २०७६

चालू आर्थिक वर्षमा सरकार राजस्वको लक्ष्य हासिल गर्नबाट विफल हुने संकेत देखिएको छ ।

463
कारोबार संवाददाता
शुक्रवार, बैशाख २७, २०७६

पछिल्लो तथ्यांकले मुलुकको व्यापारघाटा थप भयावह रूपमा बढेको देखाएको छ । नेपालीहरूको बढ्दो क्रयशक्ति र उपभोग संस्कृति, स्वदेशी उत्पादनमा मन्दी तथा मुलुकमा पूर्वाधार विकासका कामसमेत भइरहेकाले व्यापारघाटा उच्च रूपमा बढ्दै गइरहेको छ ।

491
कारोबार संवाददाता
बिहिवार, बैशाख २६, २०७६

नेपालको सहकारी क्षेत्रले विगत केही दशकयता निकै ठूलो फड्को मारेको कुरामा सायदै दुईमत हुन सक्छ ।

367
कारोबार संवाददाता
बुधवार, बैशाख २५, २०७६

सरकार यतिखेर आउँदो आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा छ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा गरेको अवरोधका बीचमा नै सरकारको नीति तथा कार्यक्रम पारित गरिएको छ ।

809
कारोबार संवाददाता
सोमवार, बैशाख २३, २०७६

नेकपा डबलको सरकारले दोस्रो पटक संसद्समक्ष आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका योजना र यसले तय गरेका लक्ष्यहरूका आधारमा अहिले विभिन्न खालका टीकाटिप्पणी भइरहेका छन् ।

400
कारोबार संवाददाता
आइतवार, बैशाख २२, २०७६

पछिल्लो समयमा विश्वव्यापी रूपमै सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को प्रयोग अत्यधिक रूपमा वृद्धि हुँदै गइरहेको छ । प्रविधिमा भइरहेको यो विकासक्रम केही दशकअघिसम्म सोचिएको पनि थिएन ।

468
कारोबार संवाददाता
शुक्रवार, बैशाख २०, २०७६

बुधबार संसाभर १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइरहँदा पूर्वी नेपालमा भने फरक दृष्य देखियो । चिया उत्पादनका लागि देश विदेशमा नाम कमाएको पूर्वी नेपालका चिया बगानकै मजदुरहरू भने एक महिनादेखि आन्दोलनमा छन् र उनीहरूले मजदुर दिवसलाई उल्लासका साथ मनाउन पाएनन् । मजदुर आन्दोलनको चुरो खोतल्दै जाने हो भने पनि झनै फरक दृष्य देख्न सकिन्छ किनकी पूर्वी नेपालका चिया बगानमा कार्यरत मजदुर न्यूनतम दैनिक ज्याला नपाएरै आन्दोलनमा होमिएका हुन् ।

718
कारोबार संवाददाता
बिहिवार, बैशाख १९, २०७६

सरकारले सबैतिर शान्ति–सुरक्षाको प्रत्याभूति रहेको दाबी गरिरहेका बेला एकपटक पुनर्निर्माण व्यवसायीहरूले आफूहरू असुरक्षित भएको गुनासो गरेका छन् । एक–दुई जना मात्र नभई करिब २५ जना निर्माण व्यवसायीहरूलाई फोन गरेर धम्की दिइएको गुनासोलाई हलुका रूपमा लिन मिल्दैन । यसअघि निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या भएको सन्दर्भ यहाँनेर सम्झनैपर्ने हुन्छ ।

540
कारोबार संवाददाता
बुधवार, बैशाख १८, २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका अवसरमा चीन र नेपालबीच पारवहन प्रोटोकलमा हस्ताक्षर भएको छ । योसँगै अब नेपालले चिनियाँ बन्दरगाहहरूको प्रयोग गर्न पाउनेछ ।

479