कारोबार संवाददाता
बिहिवार, मंसिर ५, २०७६

नेपालको अर्थतन्त्रमा पछिल्लो केही समययता जोखिम पक्ष बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । लगातार घट्दो बाह्य व्यापारका कारण राजस्व संकलन गम्भीर रूपमा प्रभावित भएको छ । मुलुकका लागि आयात घट्नु र निर्यात बढ्नु सकारात्मक परिसूचक हो, तर कस्ता वस्तुको आयात कम भएको छ भन्ने कुराको क्षेत्रगत विश्लेषण गर्ने हो भने अर्थतन्त्रमा आएको संकुचनलाई प्रस्ट पार्छ । सिमेन्ट, सिमेन्ट क्लिंकर, एमएस बिलेटजस्ता वस्तुको आयात घट्दा निर्माण उद्योगमा आएको मन्दीलाई देखाएको छ । यस्तै बैंक तथा वित्तीय क्षेत्रको नाफामा आएको संकुचनले पनि आर्थिक क्रियाकलाप सुस्त बन्द गएको संकेत गरेका छन् ।

99
कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६

मुलुकमा औद्योगिक विकासको गति कमजोर रहँदा देशका सात प्रदेशबीच सामान रूपमा आर्थिक अवसरहरू विस्तार हुनै सकेनन् । हालै सम्पन्न भएको राष्ट्रिय आर्थिक सर्वेक्षणका नतिजाअनुसार देशभरि रहेका ९ लाख २२ हजार औद्योगिक व्यावसायिक प्रतिष्ठानहरूमध्ये प्रदेश नं. १ मा १८.२५ प्रतिशत, प्रदेश २ मा १२.७५ प्रतिशत, प्रदेश ३ मा ३०.५८ प्रतिशत, गण्डकीमा करिब ११ प्रतिशत, प्रदेश ५ मा १६ प्रतिशत, कर्णालीमा ४.६४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६.८२ प्रतिशत व्यवसाय छन् ।

180
कारोबार संवाददाता
मंगलबार, मंसिर ३, २०७६

सरकार र निजी क्षेत्रले यतिबेला धूमधामका साथ साता कर सप्ताह मनाइरहेका छन् । हरेक वर्ष कर प्रशासनलाई चुस्त बनाउने तथा करदातामैत्री बनाउने भन्दै मनाइने क्रमले यस वर्ष पनि निरन्तता पाएको छ । निजी क्षेत्रका सबै प्रतिनिधिमूलक संगठनसहित अर्थ मन्त्रालयसम्मले यसलाई भव्य रूपमा मनाए पनि मुलुकमा कर प्रशासनको सुधार र करमैत्री वातावरणमा भने अपेक्षित रूपमा सुधार भएको छैन । अझ संघीयतामा गएपछि स्थानीय तह र प्रदेश सरकारले निर्धारण गरेका विभिन्न शीर्षकका कर तथा संघीय सरकारले नै पनि बढाएका दर र दायराले आजित नेपाली जनता भने करलाई सास्तीका रूपमा लिइरहेका छन् ।

224
कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६

नेपालमा औपचारिक रूपमा कर प्रणाली लागू गरिएको ६ दशक अवधि बिते पनि कर प्रणालीमा निकै न्यूनमात्र नागरिक सहभागिताले राज्यको कर परिचालन क्षमताको कमजोर पक्ष उजगार गरेको छ । अहिलेसम्म राज्यको मूल कर प्रणालीमा कुल जनसंख्याको १० प्रतिशतमात्र करको दायरामा समेटिनु र त्यसमध्ये पनि नियमित कर तिर्नेहरूको अनुपात निकै कम रहनुले कर प्रणाली सुधारका लागि विगत केही दशकयता चालिएका प्रयासहरू सार्थक नभएको देखिन्छ । कर प्रणालीमा कम सहभगिताका दुईवटा अर्थ हुन्छन्— या त नागरिकहरूको कर तिर्ने क्षमता वा सामथ्र्य नै कम छ वा उनीहरू औपचारिक रूपमा कर प्रणालीमा समेटिन चाहँदैनन् ।

253
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

विगत केही वर्षयता सरकारले राखेका आर्थिक वृद्धिका लक्ष्य विफल हुने गरेको छ । विगत वर्षहरूमा हासिल भएका यथार्थ वृद्धिदरका आधारमा आर्थिक वृद्धि र मुद्रास्फीतिको लक्ष्य तय गर्नुपर्ने सरकार अत्यन्त उत्साहित भइ बढी अंकको लक्ष्य राख्ने गरेकोमा त्यो हासिल हुन नसकेको हो । २०७२ पछि नेपाली अर्थतन्त्रले स्वतः लयको गति समात्यो । ०७२ वैशाखको भूकम्प र सोही वर्षको पाँचमहिने भारतीय आर्थिक नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्रले ०.६ वृद्धिदर न्यून वृद्धिदर हासिल ग-यो ।

207
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २९, २०७६

नेपालको निकासी व्यापार निराशाजनक अवस्थामा छ । मुलुकभित्र उत्पादन हुने वस्तु नै सीमित भएकाले निकासी व्यापार बढ्न नसक्नु अस्वाभाविक पनि होइन । कच्चा पदार्थ आयात गरेर नेपालमा मूल्य अभिवृद्धि गरेर पुनः विदेशी बजारमा पठाउनुपर्दा निश्चय नै लागत बढी पर्छ । नेपालमै पाइने कच्चा पदार्थ र त्यसबाट उत्पादित सामग्रीको ब्रान्डिङ नहुँदा नेपाली वस्तु अपेक्षाकृत निकासी हुन सकेको पाइँदैन ।

270
कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६

विगत केही समययता नेपालमा केही उच्चस्तरीय कूटनीतिक भ्रमणहरू हुन थालेका छन् । हालै मात्र २३ वर्षपछि पहिलो पटक विश्वकै दोस्रो महाशक्ति राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलगत्तै बंगलादेशका राष्ट्रपति अब्दुल हमिद सद्भावना भ्रमणका क्रममा हाल नेपालमा छन् । तीन वर्षअघि भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले नेपालको सद्भावना भ्रमण गरेकोमा हालका भारतीय राष्ट्रपति रामनाथ कोविदले समेत भ्रमणका लागि चासो देखाएका छन् । एक वर्षअघि जनकपुर हुँदै नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः नेपाल भ्रमणमा आउने चासो देखाएको केही भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

270
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

नेपालले योजनाबद्ध विकास अभ्यास थालेको साढे ६ दशकभन्दा बढी भएको छ । अझ, विकासका लागि दातृ सहयोग लिन थालेको त त्योभन्दा बढी अवधि पुगेको छ । विकास कार्यकै लागि भनेर लिइएको ऋणको दायित्व पनि झन्डै ११ खर्ब रुपैयाँ पुगिसकेको छ । विकास सहायताको ठूलो अंश अनुदान तथा प्राविधिक सहयोगका रूपमा आउने भएकाले सन् १९५० को दशकदेखि नेपालले हालसम्म कति वैदेशिक सहायता लिइसक्यो, त्यो कुन–कुन क्षेत्रमा कसरी परिचालित गरियो भन्ने आधिकारिक विवरण पाउन मुस्किल छ ।

290
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

उद्योगपति रूपज्यो ति पक्राउले  यतिबे ला निजी क्षे त्र तरंगित छ । विपश्यनाका साधक, पूर्वमन्त्री तथा तुलनात्मक रूपमा स्वच्छ व्यवसायी मानिएका पुरानो ब्यवसायी घरनाका स दस्य यसरी पक्राउ पर्नु निश्चय पनि सामान्य घटना हो इन । घटनाको कार ण वा पृष्ठभूमि जे  भए पनि यो  मुद्दामा उनलाई पक्राउ नै  गर्नुपर्ने कारण थियो  कि थिएन भने र  चाहिँ बहस  हुनु जरुरी छ ।

2497
कारोबार संवाददाता
सोमवार, कार्तिक २५, २०७६

मुलुकको बाह्य व्यापारको अवस्था साँच्चिकै दयनीय छ भन्दा पनि हुन्छ । निर्यात व्यापारमा केही सुधार भएजस्तै देखिए पनि त्यो वास्तविक सुधार भने होइन । देशभित्र उत्पादन नै नहुने र अति नै कम मूल्य अभिवृद्धि (भ्यालु एडिसन) हुने वस्तुको निर्यात बढेर हौसिनुपर्ने अवस्था छैन । चालू आर्थिक वर्षको प्रथम तीन महिनामा पाम आयल र भटमासको तेलको निर्यात क्रमशः १ हजार ४ सय ३७ र ५ हजार ७ सय ६५ प्रतिशतले बढेको देखिएको छ । यसको सोझो अर्थ के हो भने अघिल्ला वर्षहरूमा यस्ता वस्तुहरूको निर्यात कम थियो । नेपालको कुल निर्यातमा यी वस्तुको हिस्सा क्रमशः २१.२ र ३ प्रतिशत छ ।

246
कारोबार संवाददाता
आइतवार, कार्तिक २४, २०७६

देशले अवलम्बन गरेको खुला बजार अर्थतन्त्रको अवधारणासँगै अर्थव्यवस्थामा निजी क्षेत्रको सहभागिता बढाउने नीतिअनुसार २०५० साल नेपाल स्टक एक्सचेन्ज स्थापना गरी त्यसले धितोपत्र विनियम बजारको काम गर्न थालेको हो । यद्यपि, २०३३ सालमा नै नेपाल सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना भइ नसकेको भने होइन । १९९३–९४ सालमै स्थापना भएका जुट मिल, नेपाल बैंकलगायतका औद्योगिक–व्यावसायिक प्रतिष्ठानहरूमा सरकार, निजी साझेदारीको मोडल अपनाइएको थियो ।

292
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६

चालू आर्थिक वर्षको  पहिलो  तीन महिनामै  मुलुकको  व्यापार घाटा घट्दै  गएको  छ भने  निकासीमा पनि उत्साहजनक वृद्धि भएको  तथ्यांकले  स र कार  हौ सि एको  छ । स र कार मात्र नभई मुलुकका के ही अर्थशास्त्री र  राजनीतिक ने ता कार्यकर्ताले  पनि यस लाई स र कार को  स फलताका रूपमा चित्रण गरेका छन् । मुलुकको  अर्थतन्त्र र  वै दे शिक व्यापार का बारेमा सामान्य जानकारीस मे त नभएकाहरु यसरी हौ सि नु स्वाभाविक भए पनि स्वयं अर्थमन्त्री डा. युवराज खतिवडास मे तले  स र कार को  नीतिका कार ण व्यापार घाटा साँघुरिदै   गएको  टिप्पणी गर्नुले  स र कार को  स स्तो  लो कप्रियतावादी मनो विज्ञान उजागर  भएको  छ ।

344
कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६

हालैका दिनहरूमा अनौपचारिक क्षेत्रका वित्तीय कारोबार तीव्र रूपमा बढेको संकेत देखिएका छन् । गत तिहारका समयमा मात्र प्रहरीले झन्डै ४ करोड रुपैयाँ जुवाडेहरूबाट बरामद ग-यो, त्यसमध्ये काठमाडौंको महाराजगन्जस्थित जुवाखालबाट एकै ठाउँबाट २ करोड ६७ लाख रुपैयाँ नगदै बरामद हुनुले अनौपचारिक अर्थतन्त्रको स्पष्ट संकेत दिन्छ । भलै त्यो रकम सरकारको राजस्व खातामा दाखिल होला, तर यसले देशमा, खासगरी काठमाडौं उपत्यकामा कायम अनौपचारिक लेनदेनको कारोबारको खुलासा पनि गर्छ । विगतमा क्यासिनोहरू नियमित सञ्चालनमा हुँदा हाल पक्राउ परेका व्यक्तिहरूसहित केहीले ‘मिटर ब्याज’मा जुवाडेहरूलाई पैसा लगानी गर्ने गरेका थिए ।

333
कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६

गत आर्थिक वर्ष ०७५-७६ मा इतिहासकै सर्वाधिक धेरै करिब ५६ लाख मेट्रिक टन धान उत्पादन हुँदा प्रधानमन्त्रीदेखि राज्यका उच्च तहमा रहेका सरकारी अधिकारीहरूले गौरवसाथ भाषण गरेको सुनियो । त्यसो हुनु अस्वाभाविक पनि थिएन, किनभने देशको अर्थतन्त्रको मेरुदण्ड नै कृषिक्षेत्र हो भने कृषिमा पनि धान मुख्यबाली हो ।

240
कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६

नेपालमा सडक दुर्घटनाको तथ्यांक केलाउने हो भने निकै भयावह अवस्था देखिन्छ । नेपाल प्रहरीको तथ्यांकअनुुसार औसत दैनिक ५ जनाको सडक र सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ । अधिकांशतः दुर्घटना र क्षतिको कारण सवारी चालकबाट हुने ट्राफिक नियम उल्लंघन नै हुन् भने सडक र सवारी साधनको अवस्था पनि उत्तिकै जिम्मेवार छन् । दसैंअघि सिन्धुपाल्चोकमै भएको दुर्घटनाको घाउमा खाटा बस्न नपाउँदै आइतबार फेरि सिन्धुपाल्चोकको सुकुटेमा भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको समाचारले सडक सुरक्षाको स्थिति निकै पेचिलो बनेको छ । नेपालमा हवाई दुर्घटना हुनेबित्तिकै ठूलो चर्चा हुन्छ र छानबिनका लागि आयोग बनाइन्छन् ।

211