कारोबार संवाददाता
मंगलबार, श्रावण २७, २०७७

मुलुकमा कोरोना संक्रमण भयावह बन्दैछ । तराईका जिल्लामा संक्रमण भयावह बनिरहँदा वास्ता नगरेको संघीय राजधानी काठमाडौं आफैं अहिले यो संक्रमणले चारैतिरबाट घेरिएको छ । राजधानीमा दिन दुगुना र राता चौगुनाका दरले संक्रमित बढिरहेका छन् भने पर्याप्त पूर्वाधारको अभावले संक्रमितको उपचारदेखि आइसोलेसन, क्वारेन्टाइनलगायत कुनै पनि सुविधामा ढुक्क हुने अवस्था छैन । कोरोना संक्रमितको संख्या मुलुकमा २३ हजार नाघिसकेको अवस्था छ भने पछिल्लो २४ घण्टामा मात्र थप ३३८ जना संक्रमित थपिएका छन् । निको हुनेको संख्या उल्लेख्य नै भए पनि देशैभर सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ जना रहेको र पत्ता लाग्न बाँकी धेरै नै भएको अनुमानका आधारमा संक्रमण तिव्र गतिमा फैलिएको महशुस गर्न सकिन्छ ।

204
कारोबार संवाददाता
सोमवार, श्रावण २६, २०७७

नेपालमा राजनीतिक तथा आर्थिक कारणले रुग्ण भएका उद्योगहरूको संख्या निकै ठूलो छ । माओवादीको १० वर्षे सशस्त्र युद्ध तथा त्यसपछिको लामो संक्रमणकालीन अवस्थाका कारण देशमा निजी क्षेत्रबाट सञ्चालित धेरै उद्योगधन्धा बन्द भए भने सरकारको लगानी रहेका सार्वजनिक संस्थान र उद्योगहरूको अवस्था पनि दयनीय नै देखिन्छ ।

253
कारोबार संवाददाता
आइतवार, श्रावण २५, २०७७

कोरोना भाइरसबाट हुने कोभिड–१९ का कारण भएको मानवीय क्षतिसम्बन्धी प्रतिवेदन दिनदिनै सार्वजनिक भइरहे पनि यसबाट हालसम्म भएको आर्थिक क्षतिसम्बन्धी ठोस अध्ययन भएको छैन । चैत ११ को लकडाउनपछि औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानले बेहोर्नुपरेको संकट र क्षतिका सम्बन्धमा राज्यको प्रमुख आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन यतिबेला चर्चामा छ । खासगरी अर्थतन्त्र पुनरुत्थानका लागि मौद्रिक नीतिमार्फत विभिन्न प्याकेज ल्याएको केन्द्रीय बैंकले इन्टरनेटका माध्यमले गरेको अध्ययनले केही गम्भीर संकेतहरू गरेको छ । राष्ट्र बैंकको अध्ययनअनुसार चैत ११ बाट सुरु भएको लकडाउनपछि नेपालका ९ लाख प्रतिष्ठानमा काम गर्ने ३४ लाख कर्मचारीमध्ये २२.५ प्रतिशत अर्थात् करिब ७ लाख ६५ हजार कामदारले रोजगारी गुमाएका छन् ।

279
कारोबार संवाददाता
शुक्रवार, श्रावण २३, २०७७

कोभिड–१९ प्रकोप नियन्त्रणका लागि गरिएको लकडाउनबाट मानवीय जनजीवनसँगै अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा प्रतिकुल प्रभाव पारेको छ । यसको प्रभावबारे सरकारले गम्भीर ढंगले अध्ययन गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारको आर्थिक सल्लाहकारसमेत रहेको नेपाल राष्ट्र बैंकले प्रभाव आकलन गर्ने प्रयास गरेको देखिन्छ । उद्योग व्यवसायको पुँजी संरचना पहिचान गर्ने तथा लकडाउनपश्चात् उद्योग व्यवसायको सञ्चालन तथा वित्तीय योजना पहिचान गर्ने उद्देश्यले गरिएको यो अध्ययनको प्रतिवेदनले अवस्था भने निकै भयावह भइसकेको देखाएको छ । राष्ट्र बैंकले जेठ २६ गतेदेखि असार १० गतेसम्म प्रतिक्रिया संकलन गरी सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्थतन्त्र पुनरुत्थानका लागि सरकारले ल्याएको प्रारम्भिक प्याकेज, बजेट तथा मौद्रिक नीतिजस्ता विषय पर्याप्त नरहेको देखिन्छ ।

278
कारोबार संवाददाता
बिहिवार, श्रावण २२, २०७७

कोरोना संक्रमितको संख्या बढे पनि भदौ १ देखि मुलुकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानसँगै लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने योजना छ । मुलुकमा फेरि लकडाउन हुने हो कि भन्ने आशंका एकातिर र अर्कोतर्फ सार्वजनिक क्षेत्र थप खुला गर्ने योजनाको अन्योल छ । तर, यातायात खुल्ने योजनासँगै यतिबेला पर्यटन क्षेत्रमा पनि झिनो आशा पलाएको छ । पाँच महिनादेखि थलिएको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन सरकारको राहत प्याकेजसँगै व्यवसायीको इच्छाशक्ति महत्वपूर्ण छ । तर, यो अवस्थामा पर्यटन क्षेत्रले तत्काल फड्को मार्नसक्ने अवस्था नरहे पनि सञ्चालन खर्चसम्म धान्नसक्ने अवस्थाका लागि पहल आवश्यक देखिन्छ ।

268
कारोबार संवाददाता
बुधवार, श्रावण २१, २०७७

मुलुकमा लगानी बोर्डको आवश्यकता महशुस भएको र यसका लागि निजी क्षेत्रले लबिङ गरेको पचासको दशकको अन्त्यदेखि नै हो । खासगरी नेपाल उद्योग परिसंघ (सीएनआई)ले बोर्डको आवश्यकताबारे लामो समयसम्म सार्वजनिक फोरमहरूमा कुरा उठाइरहे पनि कुनै सरकारले पनि यसलाई गम्भीरतापूर्वक लिएनन् । वावुराम भट्टराई नेतृत्वको तत्कालीन सरकार भने यसमा केही गम्भीर देखियो र अन्ततः लगानी बोर्डको जन्म भयो । आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई परिचालन गरी व्यवस्थित रूपमा औद्योगीकरणको प्रक्रियालाई तीव्र बनाउने उद्देश्यले बोर्ड गठन भएको यससम्बन्धी ऐनको प्रस्तावनामै लेखिएको छ ।

328
कारोबार संवाददाता
मंगलबार, श्रावण २०, २०७७

सातैवटा प्रादेशिक संसद् तेस्रो वर्ष प्रवेशसँगै देशमा संघीयता कार्यान्वयन घनिभूत बनिसकेको छ । नेपालका लागि संघीयता नयाँ अभ्यास भए पनि विभिन्न कमजोरीका बाबजुद यसले सकारात्मक परिणाम दिइरहेको छ । प्रदेश संसद्को काम, कर्तव्य र अधिकारबारे प्रादेशिक सांसदहरू प्रायः अन्योल नै छ । प्रदेश संसद्को आरम्भिक बैठकहरूमा गरिएका सम्बोधनबाटै देखिएको अन्योल अहिलेसम्म पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन । नेपालको संविधानले संघीय, प्रादेशिक र स्थानीय सरकारहरूका प्रारूपबारे स्पष्ट व्यवस्था गरेको छ भने प्रादेशिक तथा संघीय संसदहरूको भूमिका र कार्यबारे पनि प्रस्ट व्यवस्था गरेको छ । कतिपय प्रदेशसभा आफैंले प्रदेशको नाम र मुकाम तोक्न सकेका छैनन् । यसले हालसम्म उत्पन्न भएका विवादहरू अब आउँदा दिनमा साम्य भएर जाने अपेक्षा गर्नु व्यर्थमात्र हो ।

324
कारोबार संवाददाता
सोमवार, श्रावण १९, २०७७

अन्ततः राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चिनियाँ जहाज सञ्चालन नगर्ने ‘साहसिक’ निर्णय गरेको छ । आन्तरिक उडाका लागि भन्दै चीनबाट खरिद गरिएका ६ वटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमको लागि ‘सेतो हात्ती’ सरह भए पनि यसलाई बन्द गर्ने साहस कुनै सञ्चालकले गर्न सकेका थिएनन् । यसलाई नेपालमा बढ्दो चिनियाँ कुटनीतिक प्रभावका रूपमा हेर्ने गरिए पनि त्यो ‘वनको बाघ नभइ मनको बाघ’मात्र भएको स्पष्ट भएको छ । जहाजहरूमा प्राविधिक रूपमा ठूलो खराबी नआउँदै ग्राउन्डेड गरिँदा विश्व बजारमा नै चिनियाँ जहाजको ब्रान्ड भ्यालू कमजोर हुने यथार्थ भए पनि निगमले आफ्नो खस्कँदो वित्तीय शाख जोगाउन यो निर्णय गर्नैपर्दथ्यो ।

479
कारोबार संवाददाता
आइतवार, श्रावण १८, २०७७

मुलुकमा गुलियो चिनीको व्यवस्थापन भने सधैँजसो तितो नै हुन्छ । कहिले समयमै चिनी आयात नभएर मूल्य बढ्ने त कहिले चिनी उत्पादकले किसानको उखुको भुक्तानी समयमै नगर्दा यो क्षेत्र विवादित बन्ने गरेको छ । सरकारी अकर्मण्यता, उत्पादकको मनोमानी तथा किसानमाथि राजनीतिका कारणले गुलियो चिनीभित्र सधैँ तितो कथा जोडिएको हुन्छ । बारम्बार विवादमा पर्ने यो क्षेत्र चाडपर्वका बेला बढी पेचिलो बन्छ किनकी यो बेला खपत पनि बढी हुन्छ । मूल्यमा सामान्य घटबढले पनि करोडौंको चलखेल सहजै हुने यो क्षेत्रमा बर्सेनि दोहोरिने यस्ता विवादको समाधान गर्नेतर्फ कसैको चासो पनि देखिँदैन । हरेक वर्ष एउटै समस्याका लागि भिन्न मोडलमा अगाडि बढेर आर्थिक लाभ प्राप्त गर्ने नियतभित्र चिनीको नाउँमा राजनीतिसमेत भइरहेको छ । यस वर्ष स्वदेशी उत्पादनले धान्न नसक्ने भएपछि आयात गर्नैपर्ने अवस्था छ ।

294
कारोबार संवाददाता
शुक्रवार, श्रावण १६, २०७७

मुलुकमा पछिल्लो समय समृद्धिसँग सम्बन्धित बहस ओझेलमा पर्दै गएको छ । संविधानसभाले नयाँ संविधान निर्माण गरेसँगै सुरु भएको समृद्धि बहस संघीय र प्रादेशिक तथा स्थानीय निर्वाचनसँगै चर्चामा पुगे पनि हाल भने राजनीतिक गतिविधिले यसलाई छायाँमा पारेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद तथा कोरोना भाइरसले अर्थतन्त्रमा पु-याएको क्षतिका कारण समृद्ध नेपाल, सुखी नेपालीको सरकारी सपना कागजमै सीमित हुने देखिएको छ । यसले नेपालमा फेरि राजनीतिक अस्थिरता बढाएको छ भने बहुमतले मात्र कुनै पनि मुलुकको आर्थिक विकास सम्भव छैन भन्ने देखाएको छ ।

324
कारोबार संवाददाता
बिहिवार, श्रावण १५, २०७७

लकडाउनले काम गर्ने वातावरण नै नभएपछि त्यो अवधिको पारिश्रमिक कति प्रदान गर्ने भन्ने विवादले मुलुकमा श्रम सम्बन्ध नै बिग्रने अवस्थामा पुगिसके पनि अन्ततः यसको सुरक्षित अवतरण भएको छ । रोजगारदाता र श्रमिकबीच भएको सहमतिले सन्निकट संकट टरेको छ भने भोलिका दिनलाई पनि यसले नजिर स्थापित भएको छ । सहमतिअनुसार चैतको तलब पूरै भुक्तान हुनेछ भने वैशाख र जेठको आधामात्र तलब पाउनेगरी श्रमिक प्रतिनिधि र रोजगारदाताका प्रतिनिधिले सात बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । यसअघि नै होटल क्षेत्रमा न्यूनतम ४ हजार ३ सयदेखि अधिकतम १० हजार रुपैयाँसम्म पाउनेगरी रोजगारदाता र श्रमिक युनियनबीच सहमति भइसकेको छ ।

438
कारोबार संवाददाता
बुधवार, श्रावण १४, २०७७

कोरोना संक्रमणको दर घटेसँगै लकडाउन फिर्ता भए पनि काठमाडौं उपत्यकामा बढ्दो संक्रमणले जनजीवन फेरि त्रसित भएको छ । काठमाडौं उपत्यकामा मंगलबार एकै दिन ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र यो उपत्यकामा एकैदिन देखिएको अहिलेसम्मकै धेरै संक्रमित संख्या भएकाले त्रास बढेको देखिन्छ ।

655
कारोबार संवाददाता
मंगलबार, श्रावण १३, २०७७

नेपालको निर्यात व्यापारको तुलनामा आयात निकै बढी भएकाले वैदेशिक व्यापार घाटामा छ । गत आवमा ११ खर्ब ६४ करोड रूपैयाँको व्यापार घाटा भएको छ । अघिल्लो आर्थिक वर्ष २०७५-७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड रूपैयाँ रहेको थियो । गत वर्ष व्यापार घाटामा १६.७१ प्रतिशतको सुधार देखिए पनि अवस्थालाई सुधार भएको मान्न सकिँदैन । यस वर्ष निर्यात ९६ अर्ब १५ करोडमा सीमित छ । त्यसो त नेपालले निर्यात बढाउन विभिन्न सहयोग र अनुदानको व्यवस्था गरे पनि निर्यात बढ्न सकेको छैन । यस्तो अवस्थामा हस्तकलाका सामानको भए पनि निर्यात बढ्नु निकै सकारात्मक हो । तर, जतिमात्रामा र जुन गतिमा निर्यात बढ्नु पर्ने हो तथा त्यसको जति मूल्य अभिवृद्धि हुनपर्ने हो त्यो भने हुन सकेको छैन । त्यसैले निर्यात व्यापारमा उल्लेख्य वृद्धि गर्न तुलनात्मक प्रतिस्पर्धा बढी भएको नेपाली हस्तकलाका सामानको निर्यात बढाउनु पर्छ र यसका लागि यसको मौलिकताको संरक्षण र प्रचार गर्नु पनि उत्तिकै जरुरी छ ।

271
कारोबार संवाददाता
सोमवार, श्रावण १२, २०७७

मुलुकको निकासी व्यापार आफैंमा उत्साहजनक छैन । वार्षिक १ खर्ब निकासीको लक्ष्य राखिएको एक दशक पुग्नै लागे पनि लक्ष्य हासिल गर्न नै चुनौती छ । गत आर्थिक वर्षमा पनि कोरोना महामारी र लकडाउनका कारण समग्र वैदेशिक व्यापार नै खुम्चिएको छ । त्यसमाथि निकासी व्यापारको फेरिँदो प्रवृत्ति अर्को चुनौती भएको छ । कृषिजन्य वस्तुमा चियाको निकासी उत्साहजनक रहे पनि पछिल्ला दुई वर्षमा चियालाई अलैंचीले उछिनेको छ । अर्थात कृषिजन्य वस्तुमा सबैभन्दा धेरै अलैंची निर्यात भएको छ ।

476
कारोबार संवाददाता
आइतवार, श्रावण ११, २०७७

राजधानीका सडकमा राजनीतिक विषयमा प्रदर्शन हुनु सामान्य हो । सरकारले गर्ने विभिन्न निर्णयविरुद्ध मात्र नभइ आधारभूत आवश्यकता पूर्तिका लागि आम सर्वसाधारण र राजनीतिक कार्यकर्ता सडकमा आइरहेका हुन्छन् । निर्मला बलात्कार, रुकुम हत्याकाण्डलगायत विभिन्न सामाजिक बेथितिविरुद्ध पनि पनि सडकमा प्रदर्शन भइरहेकै हुन्छ । माइतीघरमा दिनहुँजसो हुने प्रदर्शनमध्ये कतिपयले सर्वसाधारण जनताको ध्यानसमेत खिच्न सकेको पाइँदैन भने गुठी विधेयकविरुद्ध भएजस्ता शक्तिशाली प्रदर्शनले सत्ताको जगसमेत हल्लाएको दृष्टान्त छन् । यसैले सडक आन्दोलनमा संख्याभन्दा विषयको महत्व बढी देखिन्छ । संख्यात्मक उपस्थितिले त्यति ठूलो प्रभाव नपारे पनि विषयका आधारमा देशव्यापी र अझ नेपालबाहिर पनि चर्चा हुने गरेको पाइन्छ ।

469