दीननाथ बराल
बिहिवार, कार्तिक १४, २०७६

यस वर्ष तिहारमा पोखरामा गत वर्षको तुलनामा करिब ६० प्रतिशत भारतीय फूल कम आयात भएको छ । गत वर्षको तुलनामा यस वर्ष पोखरा क्षेत्रमा भारतीय फूल करिब ६० प्रतिशत भन्दा कम फूल आयात भएको एक पुष्प व्यवसायी तपन रोयले बताए । तिहारको अवसरमा गत वर्ष फूलको व्यापारमा डेढ लाख घाटा व्यहोरेका रोयले यस वर्ष भने पोखरामा कम फूल भित्रिएसँगै केही मुनाफा गर्न सफल भएको बताए । यस वर्ष उनले एक लाख भन्दा कम लगानीमा फूल खरिद गर्दै बिक्री गर्न सफल भएका हुन् ।

246
दीननाथ बराल
बुधवार, कार्तिक २०, २०७६

पोखरामा सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत तरकारी खेती हाइटेक प्रोजेक्ट प्रविधि र प्राविधिक अभावले स्थानीय कृषक मर्कामा परेका छन् । पोखरा महानगरपालिका २५ हेमजा, देवीस्थान कृषि सहकारी संस्था लिमिटेडको नेतृत्वमा स्थानीय १२ वटा सहकारीहरुको संयुक्त पहलमा विगत दुई वर्षदेखि सञ्चालनमा आएको हाइटेक प्रविधिको तरकारी खेतीबाट स्थानीय कृषकहरुले राम्रो प्रतिफल लिन नसक्दा हाल उनीहरु मर्कामा परेका हुन् ।

366
मनिषा चम्लागाईँ
बुधवार, कार्तिक २०, २०७६

राष्ट्रिय गौरवको हुलाकी राजमार्गको झापा सडक खण्डमा पुल निर्माण अलपत्र छ । झापादेखि दाङसम्म निर्माणधीन सडक खण्डमा विगत ८ वर्षदेखि निर्माण सुरु गरिएको पुल अलपत्र परेको हो । पुल नहुँदा बाह्रदशी र झापा गाउँपालिकाका स्थानीय वर्षौदेखि विरिङ नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बाह्रदर्शी गाउँपालिका–२का रामप्रसाद पण्डित घर बनाउने सिमेन्टको पिलर निर्माण तथा बिक्री गर्छन् ।

560
सागर परियार
बुधवार, कार्तिक २०, २०७६

तातोपानी गाउँपालिका–३ का २५ वर्षीया युवा अम्मर कठायत बिहानको ७ नबज्दै पूर्वको उम्गाड र पश्चिमको नाग्म बजार चाउमिनको बेच्न पुग्छन् । सधैं दिनमा ताजा चाउमिन उत्पादन गर्ने र भोलि बिहानपख गाउँगाउँका स्थानीयदेखि होटल व्यवसायीकहरूलाई घरमै पुगेर चाउमिन बेच्दै उनको दैनिकी बित्छ ।किलोदेखि सय क्विइन्टल चाउमिन बजारमा जान्छ । पछिल्लो समय समूहमा भोज खाने, पिक्निक खानेहरूले पनि अर्डर दिन थालेका छन् । श्रीमती आफू र भाइ मात्रै भएकाले मागअनुसार पराउन ग्राहो भएको उल्लेख गरे ।

618
कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६

नुवाकोट निर्वाचन क्षेत्र नं १ का सांसद हितबहादुर तामाङले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत प्राप्त छ करोड बजेट विभिन्न २९ योजनामा बाँडफाँट गरेका छन् । निर्वाचन क्षेत्र नं १ का विभिन्न सात वटा गाँउपालिकाबाट माग भएर आएका तथा आवश्यकताको आधारमा विनियोजन हुने गरेर ती योजनामा बजेट तर्जुमा गरिएको सांसद् तामाङले बताए ।

406
अनुपमा खनाल
मंगलबार, कार्तिक १९, २०७६

जडिबुटीका लागि गोरखा सम्भावित जिल्ला भएपनि त्यस अनुसार आम्दानी हुन सकेको छैन । हावापानी तथा भौगोलिक विविधताका कारण जिल्लामा जडिबुटी उत्पादनको प्रचुर सम्भावना भएपनि यसबाट आम्दानी लिन नसकिएको हो । जिल्लामा गत आर्थिक वर्ष विभिन्न प्रजातीका २० हजार नौ सय ८८ किलो मात्रै जडिबुटी बिक्री भएको डिभिजन वन कार्यालयको तथ्यांक छ ।

397
कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६

पाल्पा- सुन्तला तथा फलफूल विकास केन्द्र पाल्पाले वार्षिक ४० हजार सुन्तलाका विरुवा उत्पादन गर्दै आएको छ । नेपाली बजारमा भारतीय सुन्तलाको प्रभाव बढेपछि नेपाली सुन्तला उत्पादन बढाउन विरुवा उत्पादनमा केन्द्र जुटेको हो । पाल्पामा उत्पादित सुन्तलाका विरुवा म्याग्दी, पर्वत, बाग्लुङ लगायतका जिल्लामा अधिक मात्रामा निर्यात हुँदै आएको छ । गत आर्थिक वर्ष २०७५-०७६ मा सुन्तला तथा फलफूल विकास केन्द्र, पाल्पाले जिल्ला बाहिर निर्यात गरी ८ लाख आम्दानी गरेको थियो ।

308
कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६

अर्थमन्त्री डा. युवराव खतिवडा र नर्वेजियन अन्तर्राष्ट्रिय विकास मन्त्री डाग इंग उल्स्टाइनबीच शिष्ट्राचार भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा नर्भेजियन विकास मन्त्रीले नेपालले मिलिनियम डेभ्लोपमेण्ट गोल्ड (एमडीजी) प्राप्त गरेको भन्दै सरकारलाई धन्यवाद दिए ।

379
सागर परियार
सोमवार, कार्तिक १८, २०७६

जुम्लामा कृषिजन्य अन्नबाली उत्पादनका हिसाबले आत्मनिर्भर मानिन्छ । स्याउ, सिमी, कोदो, फापर, तरकारी लगायतका कृषिजन्य उत्पादन प्रशस्त हुन्छ । सिंजा, पानसय, असी चौधबीस गरी चार भेगमा विभाजित जुम्लामा स्याउ, सिमी, ओखर र तरकारी उत्पादनका हिसाबले पकेट क्षेत्र समेत निर्धाण गरिएका छन् ।

483
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

साठी वर्षभन्दा माथि उमेर समूहका आश्रित समूहमा रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका ८१ वर्षीय हुमलाल अधिकारी पर्छन् । अन्य सक्रिय समूहका सदस्य जस्तै जुझारु उहाँको काश्यप कृषि तथा पशु विकास फार्म पनि फस्टाएको छ ।

497
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

कमलामाई नगरपालिका १० भिमानका जीवनाथ बराल व्यावसायिक मौरी पालनबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले ३० वटा आधुनिक घारबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेका हुन् ।

429
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्नो क्षेत्रमा संसद् कोषको रकमबाट योजना छनोट गरेका छन् । इलाम क्षेत्र नं– १ का सांसद नेम्वाङको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको बजेट बाँडफाँड गरिएको हो । सांसद विकास कोष अन्तर्गतको छ करोड रुपैयाँबाट इलाम नगरपालिकामा एक करोड ५० लाख बराबरका तीन योजनामा रकम विनियोजन गरिएको छ । सेतीदेवी मार्ग फटुक सडक स्तरोन्नति गर्न वडा नं–६ का लागि ७० लाख, भगवती मावि सडक कालोपत्र ५० लाख, चुम्लुङहीम सामुदायिक भवन निर्माणका लागि ३० लाख विनियोजन गरिएको छ ।

348
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

लमजुङमा गत आर्थिक वर्षमा मात्रै वन पैदावरबाट झण्डै २३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । डिभिजन वन कार्यालय लमजुङका अनुसार जिल्लामा आर्थिक वर्ष २०७५-०७६मा मात्रै वन पैदावरवाट २२ लाख ९१ हजार ३७ रुपैयाँ राजस्व संकलन भएको हो । जिल्ला अन्तरगतका सरकारी, सामुदायिक र कवुलियती वनका पैदावरबाट सो रकम राजस्व संकलन भएको डिभिजन वन कार्यालय लमजुङले जनाएको हो ।

363
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

सरकारी स्वामित्वको गुठी संस्थान आर्थिक रुपमा टाट पल्टिंदै गएको छ । गुठी संस्थान आफू मातहतका जग्गाको भाडा उठाउन नसकेपछि आर्थिक रुपमा टाट पल्टिंदै गएको हो । सरकारले ५५ वर्ष पुरानो संस्थानलाई प्रशासनिक खर्च दिन बन्द गरेको झण्डै २८ वर्ष भइसकेको छ ।

396
मनिषा चम्लागाईँ
सोमवार, कार्तिक १८, २०७६

झापा गाउँपालिका–५का गुनेश्वर मण्डलको खेतमा लटरम्म धान पाकेको छ । धान पाक्न सुरु भएसँगै उनी धान काट्नेतरखरमा छन् ।तर, यतिबेला मण्डललाई पाकेको धान कसरी बिक्री गर्ने भन्ने चिन्ताछ ।उनले प्रत्येक वर्ष अढाईबिघामा धान खेती गर्दै आएका छन् ।अढाईबिघामा २ सय ५० मन धान उत्पादन हुने उनी बताउँछन् । तर, सस्तोमा धान बेच्न उनी बाध्य छन् । गत वर्ष उनलेप्रतिमन ६ सय रुपैयाँले २ सय मन बढी धान बिक्री गरे । यस वर्ष पनि खाद्यान्न व्यापारीले सस्तोमा धान माग्न सुरु गरेको उनी सुनाउँछन् ।

521