कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६

नेपालको अनुरोधमा नेपालका विभिन्न सरकारी निकायका २० अधिकारीहरूलाई ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धमा भारतले तालिम दिएको छ । उक्त विशेष ६ दिने तालिम सोमबारबाट भारतको फरीदावादस्थित नेसनल एकाडेमि अफ कस्टम्स, इन्डाइरेक्ट टयाक्सेस् एन्ड नार्कोटिक्स (नासिन)मा सञ्चालन भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । प्रशिक्षण भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको हो ।

971
कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६

नेपालको अन्नभण्डार मानिने तराई क्षेत्रका ९५.१३ प्रतिशत धानखेतमा रोपाइँँ सम्पन्न भएको छ । कषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार भदौ १ गतेसम्म उच्च पहाडमा ९७.९३ प्रतिशत र मध्य पहाडमा ९१.९५ प्रतिशत रोपाइँ भएको छ । यो वर्ष हालसम्म मुलुकभर ९४.४३ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ । रोपाइँको यो प्रतिशत गत वर्षकै हाराहारीमा हो । गत वर्ष यही समयमा ९५.३ प्रतिशत रोपाइँँ भएको थियो ।

430
किरण आचार्य
मंगलबार, भदौ ३, २०७६

दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले गठन गरेको कार्यदलले दूध उत्पादन बढी उत्पादन हुने (फ्लस सिजन) र कम उत्पादन हुने (लिन) सिजनमा फरक फरक मूल्य निर्धारणको सिफारिस गरेको हो । नेपालमा असोजदेखि फागुनसम्म फ्लस सिजन र चैतदेखि भदौसम्म लिन सिजन चल्ने गर्छ ।

457
टिका खतिवडा
मंगलबार, भदौ ३, २०७६

चियाको पर्यायका रूपमा परिचित इलाम पछिल्लो समय कफी खेतीमा पनि अब्बल बन्दैछ । धेरै क्षेत्र चिया भएकै कारण चियाको राजधानी पनि भनेर चिनिने इलाममा व्यावसायिक कफी खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । पछिल्लो समय कफी खेतीमा धेरै युवाहरूले भविष्य खोज्न थालेका छन् ।

392
कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६

सांसदहरुले राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालयमातहत नै राख्नु पर्ने धारणा राखेका छन् । संघीय संसद्अन्तर्गत अर्थ समितिमा बोल्दै सोमबार उनीहरूले यस्तो माग गरेका हुन् । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा विपक्षी सांसदहरुको समितिमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत पु¥याइएको उक्त विभागलाई अर्थ मन्त्रालय मातहत नै ल्याउनुपर्ने धारणा राखेका हुन् ।

398
कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकसँग कर नउठाइ देशको विकास गर्न नसकिने बताएका छन् । आन्तरिक राजस्व कार्यालय धुलिखेलको शुक्रबार कार्यालय उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले करको आधारमा देशको विकास गर्ने बताएका हुन् । “सरकारले कर नउठाइ विकास गर्नै सक्दैन”, उनले भने, “सरकारले कर उठायो भनेर कराउनुको कुनै अर्थ छैन ।” उनले उठाएको करबाट सही काम भयो की भएन भनेर खबरदारी गर्न भने जरुरी रहेको बताए ।

313
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

व्यावसायिक रूपमै गाजर खेतीमा लागेका धनकुटाको भीरगाउँका किसानले आकर्षक आम्दानी गरिरहेका छन् । उत्पादन राम्रो भए पनि व्यापारीकै भाउमा बिक्रि गर्नु पर्ने बाध्यताले अन्य किसानजस्तै गाजर उत्पादक पनि मारमा परेका छन् । चार रोपनी क्षेत्रफलमा खेती गरिरहेका धनकुटाको भीरगाउँका नवीन कार्की गाजर बेचेरै वार्षिक तीन लाख रुपैयाँ आम्दानी गर्छन् । नवीन जस्तै भीरगाउँको बस्नेतटोल, चोक्रोक र किन्ताङका एक सय भन्दा बढी किसान व्यावसायिक गाजर खेतीमा संलग्न छन् ।

522
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेका छैनन् । रुकुमपूर्वमा सिस्ने गाउँपालिकाले लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गर्न सफल भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाले भने लक्ष्यको आधा पनि राजस्व संकलन गर्न नसकेको हो । ३६ लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष लिएकोमा सिस्ने गाउँपालिकाले ७५ लाख ६ हजार ६०० राजस्व संकलन गरेको जनाएको छ ।

476
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट देखिएको छ । शुक्रबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ५ सयले घटेर ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ५ सयले घटेर ७० हजार ७ सय कायम भएको छ । शनिबार तेजाबी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।

521
प्रगति ढकाल
सोमवार, भदौ २, २०७६

बागमती, विष्णुमतीलगायतका उपत्यकाभित्रका मुख्य नदी र अन्य सहायक नदी नियन्त्रणका लागि मात्रैकरिब ५० अर्ब १० करोड लागत लाग्ने देखिएको छ । बागमती, विष्णुमती तथा अन्य प्रमुख सहायक नदीलाई सफा, सुन्दर र हरियाली बनाउने उद्देश्यले नदी नियन्त्रण, ढल व्यवस्थापन र करिडोर सडक निर्माणका लागि ५० अर्बभन्दा बढी लागत लाग्ने सरकारी अध्ययनले देखाएको छ ।

520
लक्ष्मी सापकोटा
सोमवार, भदौ २, २०७६

नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ। निगमले चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत विभिन्न तीन स्थानमा ग्यासको भण्डारणगृह निर्माण गरी ग्यास सिलिन्डर उत्पादन गर्ने तयारी गरेको हो । यसका लागि निगमले कार्यक्रमसमेत स्वीकृत गरिसकेकोे छ ।

448
कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

नेपालबाट निर्यात गरिने चिया परीक्षणमा झन्झट हुने गरेको छ । नेपाली ‘ट्रेडमार्क’ मा भारत जाने चियामा सिमानादेखि नै झन्झट सुरु हुने गरेको व्यवसायीहरूको भनाइ छ । भारतले नेपालको तयारी चियाको गुणस्तर परीक्षणका क्रममा झन्झट दिइरहेको भन्दै व्यवसायीहरूले यसका सम्बन्धित निकायले चासो नदिएको गुनासो गरेका छन् ।

588
कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६

नेपाल र बंगलादेशबीच विद्युत् व्यापार गर्न अन्तरदेशीय प्रसारणलाइन निर्माण नभएसम्म भारतका पूर्वाधार प्रयोग गर्ने विषयमा त्रिदेशीय छलफल हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुइ देशबीच विद्युत् व्यापार गर्न त्रिदेशीय छलफल गर्न लागिएको जानकारी दिएका हुन् । बंगलादेश सरकार नेपालमा उत्पादित विजुली खरिद गर्न तयार भइसकेको छ । तर, नेपाल र बंगलादेशबीच सिधै विद्युत् व्यापार गर्न प्रसारणलाइन निर्माण भइसकेको छैन ।

518
कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच थाँती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको ‘नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्तक्र्रियामा मन्त्री ज्ञवालीले सम्झौता भएको दशकौंसम्म कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नु नै दुवै देशको हितमा रहेको बताए ।

374
कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्सलाई आग्रह गरेका छन् । संयुक्त अरब इमिरेट्सका राजदूत साइद हमदास अलनाकवीसँगको शिष्टाचार भेटवार्तामा अर्थमन्त्री डा. खतिवडाले नेपालमा लगानीको उचित अवसर र वातावरण भएको भन्दै पूर्वाधारमा लगानी गर्न आग्रह गरेका हुन् ।

340