दीपेन्द्र थापा
आइतवार, कार्तिक ३, २०७६

नेपालको पहिलो सुरुङमार्गको सिलान्यास सोमबार हुने भएको छ । नेपाल र जापान सरकारको करिब २२ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेका यो सुरुङमार्गले थानकोटदेखि धादिङको सिस्ने खोलासम्म जोड्ने छ ।

1822
प्रकाश लम्साल
शुक्रवार, कार्तिक १, २०७६

मुलुककै प्रमुख औद्योगिक क्षेत्र र मार्ग पथलैया–वीरगञ्ज व्यापारिक मार्ग विस्तार योजनाको निर्माण सन्तोषजनक नभए कम्पनीहरुलाई कार्बाही गरीने भएको छ । समयमै काम सम्पन्न नगरेर पटक पटक म्याद थपेपनि कामले गति लिन नसकेपछि प्रशासनले अनुगमन गरी कारवाही थाल्ने भएको हो पाँचवटा योजनाको दुई पटक थपिएको म्याद पनि सकिएको र तेस्रो पटकको म्याद थप गर्न निवेदन दिएपछि मन्त्रालयको निर्देशनमा बारा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुगमन थालेका हुन् ।

830
निरु अर्याल
शुक्रवार, कार्तिक १, २०७६

चालू आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वर्ष हासिल गर्ने लक्ष्य लिएको सरकारले तीन महिनामा १६.४३ प्रतिशतमात्रै राजस्व असुली गरेको छ । यसलाई आधार मान्ने हो भने चालू आर्थिक वर्षका लागि राखेको राजस्वको लक्ष्य भेटाउन सरकारलाई कठिन छ । सरकारले चालू आर्थिक वर्षमा ९ खर्ब ८१ अर्ब राजस्व असुलीको लक्ष्य लिएको छ । स्थानीय सरकार र प्रादेशिक सरकारबीच करको विषयमा अन्योल रहँदा त्यसको असर सरकारको ढुकुटीमै पर्ने गरेको सरोकारवालाहरू बताउँछन् ।

569
लक्ष्मी सापकोटा
शुक्रवार, कार्तिक १, २०७६

पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याउँदा एक महिनामा ढुवानी भाडावापत १० करोड रुपैयाँ बचत भएको छ । मोतिहारी–अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट पछिल्लो एक महिनाको अवधिमा झन्डै ५ करोड लिटर डिजेल आयात भएको छ । सो परिमाणमा डिजेल आयात गर्दा १० करोड रुपैयाँ बचत भएको नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले जानकारी दिएको छ ।

734
कारोबार संवाददाता
बिहिवार, आश्विन ३०, २०७६

वन क्षेत्रमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई आश्वान गरिने सरकारले योजना बनाएको छ । गैरआवासी नेपाली संघ (एनआरएनए) को नवौं महादिवेशनको अवसरमा आयोजना गरिएको कार्यक्रकममा अर्थमन्त्री डा. युवराज खतिवडाले वन क्षेत्रमा निजी लगाउन बढाउन आह्वान गरिने बताएका हुन् ।

466
कारोबार संवाददाता
बिहिवार, आश्विन ३०, २०७६

शहरीकरणका कारण गाउँ बस्ती नै खाली हुँदै खेतियोग्य जमिन बाँझो हुन थालेपछि गाउँका रहेका केही युवाहरु भने सामुहिक खेतीमा आकर्षित भएका छन् । पोखरा महानगरपालिका १९ स्थित पैंयु साविक पुरुन्चौर गाविस १ मा करिब १७ घर परिवार बसाई सरी अनेत्र गएसँगै उक्त बस्तीको बाँझो खेतवारीमा स्थानीय युवाको अग्रसरतामा अलैंची खेती सुरु गरेका हुन् ।

501
विप्लव काफ्ले
बिहिवार, आश्विन ३०, २०७६

किसानले अनुदान लिन सहज पहुँच नभएको दुखेसो गरेका छन् । भरतपुर–६ केशरबागमा अवस्थित भण्डारी गाईफर्मका सञ्चालक उपेन्द्र भण्डारी साना किसानलाई अनुदान लिन निकै सकस भएको बताउँछन् । “राजनीतिक पहुँच भएकाले पाएकै छन्, राजनीति गर्न नसक्नेले अनुदान नपाउने अवस्था छ”, उनले भने, “उत्पादनका आधारमा अनुदानको व्यवस्था भए सबै किसान लाभान्वित हुन्थे ।” उनी ३० वर्षदेखि व्यवसायीक गाईपालमा सक्रिय छन् ।

424
कारोबार संवाददाता
बिहिवार, आश्विन ३०, २०७६

ठूलाठूला परिवर्तन पछि गरिबी निवारण होला भन्ने आशा गरेका स्थानीयको जिवनशैली हाल पनि उस्तै छ । खास नीति र कार्यक्रम ल्याउन नसक्दा किसानहरुको जिवनशैली आज पनि उस्तै भएको हो । इलामको माई नगरपालिका जिल्लाको दक्षिणी क्षेत्रमा पर्दछ । चुरे क्षेत्रमा रहेको यस नगरपालिकामा प्रसस्तै सम्भावनाहरु छन् । तर खास गरिबी न्यूनिकरणका लागि काम नै हुन नसकेको नगरपालिकाका प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे बताउँछन् ।

445
कारोबार संवाददाता
बिहिवार, आश्विन ३०, २०७६

सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । सिँचाइको अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको ढिलाइलगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र भीमदत्तनगर निमित्त प्रमुख रामचन्द्र भट्टले यस वर्ष कञ्चनपुरमा ४८ हजार ८९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको बताए । उनले यहाँ किसानले लगाएको गरिमा जातको धान नफलेकाले पनि उत्पादन घट्ने बताए ।

367
कारोबार संवाददाता
बिहिवार, आश्विन ३०, २०७६

विश्वव्यापी भोकमरी सूचकांकमा विश्वका ११७ देशमध्ये नेपाल ७३ औं स्थानमा रहेको एक प्रतिवेदनले जनाएको छ । नेपालको स्थिति विगत १९ वर्षमा सुधार भएर अति गम्भीर भोकमरीग्रस्त देशको सूचीबाट गम्भीर भोकमरीग्रस्त देशको सूचीमा झरेको प्रतिवेदनले देखाएको छ । यस्तै, ग्लोबल हंगर इन्डेक्स (जीएचआई) अर्थात् विश्वव्यापी भोकमरी सूचकका अनुसार नेपाल भारतभन्दा २९ स्थान माथि रहेको छ । सूचकका अनुसार १ सय १७ देशको सूचीमा भारत १०२ औं स्थानमा रहँदा नेपाल २०.८ अंकसहित ७३ औं स्थानमा रहेको छ । प्रतिवेदनले नेपाल अझै गम्भीर भोकमरी भएका मुलुकको सूचीमा रहेको जनाएको छ ।

401
कारोबार संवाददाता
बिहिवार, आश्विन ३०, २०७६

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐन र निर्देशन पालना नगरेपछि सहकारी विभागले ललितपुरस्थित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारीलाई १० लाख रुपैयाँ जरिवाना गरेको छ ।संस्थाले सम्पत्तिशुद्धीकरण निवारणसम्बन्धी ऐन र निर्देशनका व्यवस्था पालना नगरेपछि विभागले बुधबार जरिवाना गर्ने निर्णय गरेको हो ।

1526
प्रकाश लम्साल
बिहिवार, आश्विन ३०, २०७६

चिनी मिललाई उखु बेचेको एक वर्ष पुग्नै लाग्दा पनि बारा–पर्साका उखु किसानहरूले भुक्तानी पाउन सकेका छैनन् । बाराको श्रीपुरमा रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले बारा र पर्साका उखु किसानको ५३ करोड भुक्तानी गर्न बाँकी छ । सरकारले विदेशी चिनी आयातको बाटो खोलेपछि आफ्नो चिनी बजारमा बिक्री नहुँदा किसानको रकम तिर्न नसकेको र विदेशी चिनी सस्तोमा बजारमा बिक्री भइरहँदा आफूले घाटा खाएर बेच्ने अवस्थासमेत नभएको उद्योग प्रशासनले जनाएको छ ।

390
रासस
बुधवार, आश्विन २९, २०७६

सामाजिक सुरक्षा कोषमा करीब ८० हजार श्रमिक आवद्ध भएका छन् । अनलाइन सेवामार्फत असोज दोस्रो सातासम्म पाँच हजार १७० रोजगारदाता कम्पनी कोषमा दर्ता भइ ७९ हजार ६५५ श्रमिकलाई दर्ता गरिएको छ ।

432
सागर परियार
बुधवार, आश्विन २९, २०७६

कर्णाली प्रदेशको आर्थिक तथा प्राकृतिक स्रोतको सम्भावानालाई उच्चतम उपयोगको लागि प्रतिनिधिसभा अर्थ समितिको टोली कर्णालीको स्थलगत अध्यायन अवलोकन गरेको छ । साविक कर्णालीका मुगु र जुम्लामा गरिएको वृहत्त आर्थिक बहसमा संघीय अर्थ व्यवस्था समितिले स्रोत परिचालन नहुँदा कर्णालीको आर्थिक विकास कमजोर भएको निष्कर्ष निकालेको छ ।

353
कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा २५ लाख मालाको व्यवसायीक कारोबार हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसनले यो वर्ष करिव १३ करोड ५० लाख रकम बराबरको माला खपत हुने जनाएको छ । गत वर्षको कारोबारको आधारमा यो वर्षको कारोबारको अनुमान गरिएको हो । गत वर्ष करिव २२ लाख माला खपत भएको थियो । “२५ लाख माला मध्ये १८ लाख सयपत्री फूलका मात्र हुनेछन् भने बाँकी अरु फूलका माला हुनेछन्,” एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले १३ औं गोदावरी मेला बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा भने, “तिहारमा हुने फूलको कारोबारमध्ये माला गोदावरी फूलका हुनेछन् भने २ करोड ५० लाख बराबरको माला बाहिर बाट आयात गर्नुपर्ने हुन्छ ।”

455