सागर परियार
मंगलबार, असार ९, २०७७

जुम्लाका स्थानीयतह आगामी आर्थिक वर्षको बजेट ल्याउने चटारोमा छन् । एक नगरपालिका सहित सात गाउँपालिका कोरोनाले सृजित परिस्थिती अनूकुल नीति कार्यक्रम तथा बजेट ल्याउने कसरतमा जुटेका हुन् । असार १० गते अनिवार्य बजेट ल्याउनु पर्ने प्रावधान अनुसार स्थानीय तह विगत एक साता देखि बजेट ल्याउने तयारीमा जुटेको तातोपानी गाउँपालिकाका लेखा अधिकृत मिलन बुढ्थापाले बताए । उनका अनुसार तातोपानी गाउँपालिकाको बजेट ल्याउने अन्तिम तयारी भईरहेको छ ।

517
कारोबार संवाददाता
मंगलबार, असार ९, २०७७

निजी क्षेत्रमाथिको अख्तियारको तरवार हटाउन प्रधानमन्त्री तयार भएका छन् । सोमबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेश्रो संशोधन विधेयक, २०७६ ले उद्यमी व्यवसायीहरुलाई व्यवसाय सञ्चालनमा समस्या रहेको भए कुन दफामा के अप्ठेरो परेको हो त्यसको स्पष्ट जानकारी प्रस्तुत गर्न आग्रह गरेका छन् ।

650
कारोबार संवाददाता
मंगलबार, असार ९, २०७७

नेपालमा विद्युतीय सवारीसाधनमा सरकारले लगाएको कर हटाउन सरोकारवालाले माग गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्र्तरक्रियामा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

353
मनिषा चम्लागाईँ
मंगलबार, असार ९, २०७७

यस वर्ष मुलुकमा पर्याप्त पानी परेका कारण चैते धान निकै सप्रिएको थियो । किसानले पनि राम्रै उत्पादन हुन्छ भन्ने अनुमान गरेका थिए । झापाको शिवसताक्षी नगरपालिका –८ की गोमा भट्टराई धानको उत्पादन बढ्ने देखेर खुसी थिइन् । भट्टराईले स्थानीय अर्जुन राईको ३ बिघा जग्गा अधियाँमा लिएर धान खेती गर्दै आएकी छिन् । तर, धानको बाला लाग्ने बेलामा धानमा ‘नेक ब्लाष्ट’ नामक रोग देखिएपछि ३ बिघा धान सखाप भएको भट्टराई सुनाउँछिन् ।

728
मनोरञ्जन शर्मा
सोमवार, असार ८, २०७७

भन्सार कार्यालय भैरहवाले चालू आर्थिक वर्ष २०७६-०७७ को ११ महिनामा (श्रावण देखि असार ६ सम्म) ६२.५७ प्रतिशत राजस्व संकलन गरेको छ । यो कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०७६-०७७ मा १ खर्ब ६ अर्ब ८९ लाख राजस्व संकलनको लक्ष्य दिएकोमा असार ६ गतेसम्म ६६ अर्ब ३२ करोड ५८ लाख रुपैया मात्र राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले बताए ।

421
लक्ष्मी सापकोटा
सोमवार, असार ८, २०७७

साताको पहिलो दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेर ९० हजार नाघेको छ । शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य एकै दिन तोलामा सात सय बढेर ९० हजार ६ सय पुगेको हो ।

731
विप्लव काफ्ले
सोमवार, असार ८, २०७७

चितवनमा करिब ५ सय सुनचाँदी पसल छन् । आधा संख्याका सुनचाँदी पसल नारायणगढमै छन् । बाग्लुङ ज्वेलर्सका सञ्चालक अमिर सुनार व्यापार नभएको सुनाउँछन् । “ग्राहक आउने बाटो हेर्दै बस्यो, व्यापार छैन”, उनले भने, “भाउ बढेको छ, तर मोह बढेको छैन ।” तीन महिना बन्द भएको पसलले विगत जस्तो व्यापार गर्न नसकेको बताए । “सुन फिर्ता गर्न आउनेहरु नगण्य छन्”, उनले भने, “कारोबारनै शून्यजस्तो छ, लगानीनै जोखिममा पर्ने चिन्ता छ ।”

497
कारोबार संवाददाता
सोमवार, असार ८, २०७७

सेयर बजारमा अनलाइन कारोबार गर्दा कनेक्ट आईपिएसबाट गरिने भुक्तानीको सीमा हटाईनुपर्ने सुझाव दिएका छन् । आइतबार आगामी मौद्रिक नीतिमा पुँजीबजारको विकासका लागि समावेश हुनुपर्ने विषयमा आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको बेबिनारमा सहभागी लगानीकर्ताहरुले यस्तो सुझाव दिएका हुन् ।

438
कारोबार संवाददाता
सोमवार, असार ८, २०७७

नेपालमा वि.स. १९६८ बाट जनगणना गर्न सुरु गरियो । यो बीचमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना भइरहेको छ भने अरू दर्जनौं सर्भेहरू सञ्चालनमा छन् । पछिल्लो समय संघीयतामा गएसँगै प्रदेश र स्थानीय तहहरूले पनि आफ्नो क्षेत्रको तथ्यांक संकलन गर्ने प्रयास गरिरहेका छन् । केन्द्रीय तथ्यांक विभागले इकोनोमिक सेन्सस, एग्रिकल्चर स्याम्पल सेन्सस लगायत सर्भेहरू पनि गरिरहेको हुन्छ । तर, सरकारले योजना बनाउँदा तथ्यांकहरूलाई ध्यान नदिएकाले योजनाहरू असफल भइरहेको विज्ञहरूले बताएका छन् । शनिबार आयोजना भएको डिजिटल संवाद कार्यक्रममा वक्ताहरूले तथ्यांक नै देशको शक्ति भएको र संकलनदेखि प्रयोगसम्म वैज्ञानिक ढंगले अघि बढाउनुपर्ने बताए ।

413
कारोबार संवाददाता
सोमवार, असार ८, २०७७

सुदूरपश्चिम प्रदेश सरकारले समयमै रातो किताब छाप्न नसक्दा प्रदेश सभामा आर्थिक वर्ष २०७७-०७८ को बजेटमाथि छलफल गर्न ढिलाई भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गरिएको लकडाउनका कारण बजेट प्रस्तुत भएको एक सातासम्म आर्थिक मामिला तथा योजना मन्त्रालयले रातो किताब छापेर ल्याउन नसकेपछि प्रदेश सभाको बैठक नबसेको हो ।

410
कारोबार संवाददाता
सोमवार, असार ८, २०७७

कोरोना भाइरसका कारण कृषि, पर्यटन, उद्योग कलकारखाना ठप्प हुँदा अर्थतन्त्र नै धरासायी भएको छ । यतिबेला संघ र प्रदेश सरकारले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरी सकेको छन् ।

510
दीननाथ बराल
सोमवार, असार ८, २०७७

आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७६÷०७७ को जेठ मसान्तरसम्म ३ अर्ब २६ करोड राजस्व संकलन गरेको छ । कास्की र स्याङजा जिल्ला क्षेत्र अधिकार रहेको आन्तरिक राजस्व कार्यालय पोखराले जेठसम्म ६८ प्रतिशत मात्र लक्ष्य पूरा गर्दा ३ अर्ब २६ करोड राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए ।

384
कारोबार संवाददाता
आइतवार, असार ७, २०७७

कर्जा ऋणी संघर्ष समितिले कोरोना भाइरसको महामारी समाप्त भइ सहज रुपमा व्यापार–व्यवसाय, उद्योगधन्दा, कलकारखाना सञ्चालन नहुन्जेल कुनै पनि व्यक्ति तथा संस्थासँग अनिवार्य व्याज, किस्ता तिर्न बाध्य नगराई, लकडाउनको समयको व्याज, किस्ता तिर्ने

442
कारोबार संवाददाता
आइतवार, असार ७, २०७७

कोरोना भाइरसका कारण कृषि, पर्यटन, उद्योग कलकारखाना ठप्प हुँदा अर्थतन्त्र नै धरासायी भएको छ । यतिबेला संघ र प्रदेश सरकारले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरी सकेको छन् । यता स्थानीय सरकारलाई असार १० गतेभित्र अनिवार्य बजेट ल्याई सक्ने प्रावधान छ । आर्थिक वर्ष २०७७÷०७८ को बजेट ल्याउने कसरतमा स्थानीय सरकार जुटेका छन् ।

451
अमरराज आचार्य
आइतवार, असार ७, २०७७

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रममार्फत् जनताको जीवन जोगाउने, आर्थिक विकास, समृद्धि र समावेशी विकासका लागि केन्द्रित भएर कार्य गर्ने भएको छ । उपमहानगरको ७औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख घनश्याम पाण्डेले यस्तो घोषणा गरेका हुन् । उनले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए । कोरोनाको विश्वव्यापी महासंकट अहिले पनि विद्यमान रहेको भन्दै जीवन रहे भविष्यमा विकास र समृद्धि देख्न पाइने भएकाले संघ, प्रदेश र स्थानीय सरकार सबैको ध्यान जनताको जीवन रक्षा नै भएको उल्लेख गरे ।

472