कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३०, २०७६

जिल्ला ट्राफिक कार्यालय मुगुले चालू आर्थिक वर्षको ७ महीनामा ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आवको माघ मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरी उक्त रकम संकलन गरेको हो । गत आर्थिक वर्षहरुमा यो वर्षमा मात्र न्यून राजस्व संकलन भएको जनाइएको छ ।

393
प्रकाश पाक्साँवा
शुक्रवार, फाल्गुन ३०, २०७६

निरन्तर मूल्यमा गिरावट आएको अम्लिसोले मूल्य पाउन थालेपछि किसानहरु खुसी भएका छन् । राम्रो मूल्य पाउने आशाले खेती विस्तार गर्दै आएका किसानहरु अम्लिसोको मूल्यमा केही वर्ष गिरावट आएपछि निराश बन्दै आएका थिए । बाझो,पाखाबारी तथा खेतीयोग्य जमिनमा समेत खेतीलाई बिस्तार गरी ब्याबशायिक रुपमा अम्लिसो खेतीमा हौसिएका किसानहरुलाई बिगतका केहीवर्ष निल्नु न ओकल्नु झै बनेको थियो । किसानले उत्पादन गरेको अम्लिसोको मूल्यमा गिरावट आएपछि गाईभैसीको घाँसमा मात्रै सिमीत बनेको थियो । पछिल्लो समय अम्लिसोको मूल्यमा सुधार आएपछि यतीबेला किसानहरुमा खुशी थपिएको छ ।

392
कारोबार संवाददाता
बुधवार, फाल्गुन २८, २०७६

साना तथा मझौला करदाताहरूलाई लक्षित गरी आन्तरिक राजस्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघबीच मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी एक समझारीपत्रमा हस्ताक्षर भएको छ । अघिल्लो आर्थिक वर्षमा पनि विभाग र महासंघ बीच सोही उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा महासंघका अध्यक्ष भवानी राणा र विभागका महानिर्देशक विनोद बहादुर कुंवरले हस्ताक्षर गरे ।

461
कारोबार संवाददाता
बुधवार, फाल्गुन २८, २०७६

उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले खाना पकाउने ग्यासको नयाँ सिलिन्डर बिक्री नगर्न व्यवसायीहरूसँग आग्रह गरेका छन् । बजारमा ग्यासको कृत्रिम अभाव गराएर पुराना सिलिन्डर नसाट्ने र नयाँ सिलिन्डरमात्र बिक्री गर्नेगरेको गुनासो आएपछि नयाँ सिलिन्डर बिक्री नगर्न आग्रह गरिएको हो । कोरोना भाइरसको त्रासले गर्दा बजारमा ग्यासको अभाव हुन सक्ने भन्दै उपभोक्ताले ग्यास भर्न थालेपछि बजारमा सामान्य अभाव देखिएको छ । व्यवसायीले पुराना सिलिन्डर नसाट्ने नयाँ सिलिन्डर बिक्री गर्न थालेपछि आपुर्ति सचिव अर्यालले उद्योगी व्यवसायीलाई नयाँ सिलिन्डर बिक्री नर्गन निर्देशन दिएका हुन ।

475
कारोबार संवाददाता
बुधवार, फाल्गुन २८, २०७६

सरकारले भारतका कुनै पनि नाकाबाट हुने व्यापारमा अवरोध नभएको भन्दै दैनिक उपभोग्य सामाग्री अनावश्यक रूपमा घरमा नथुपार्न आग्रह गरेको छ । मंगलबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समिति रट निजी क्षेत्रसँगको छलफलपछि सरकारले दैनिक उपभोग्य सामाग्री अनावश्यक रूपमा घरमा नथुपार्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

432
लक्ष्मण ढुंगाना
सोमवार, फाल्गुन २६, २०७६

नेपालगन्जमा ‘फोहोरबाट मोहर आर्जन गर्ने’ लक्ष्यका साथ निर्माण गरिएकोे ल्यान्डफिलसाइट सञ्चालनमा चुनौती देखिएको छ । लक्ष्यअनुसार ७० प्रतिशत कुहिने फोहोरबाट मल उत्पादन गरी बिक्री गरिने भए पनि मल उत्पादन ज्यादै न्यून हुँदा सञ्चालन खर्च धान्न उपमहानगरलाई आर्थिक भार थपिने भएको हो ।

311
दीननाथ बराल
सोमवार, फाल्गुन २६, २०७६

गण्डकी प्रदेशमा विगत दुई महिना देखि कफीका बोट सुकेर मर्ने समस्याले गर्दा व्यावसायिक कफीका किसानहरू ठूलो मारमा परेका छन् । जलवायू परिवर्तको कारण अत्यधिक चिसोको कारणले दिन र रातको तापक्रम बढी हुदा कफीका वोटहरू मर्न थालेसंगै व्यवसायीक किसानहरू ठुलो मर्कामा परेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले बताए ।

305
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २७, २०७६

नेपाली बजारमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च भएको छ । पछिल्लो दुई सातामा डलरको भाउ ४ रुपैयाँले उक्लिसकेको छ । सोमबारका लागि नेपाल राष्ट्र बैंकले डलरको आधार मूल्य १ सय १८ रुपैयाँ २८ पैसा तोकेको छ । यसअघि डलरले १ सय १८ रुपैयाँलाई छोएको मात्र थियो । लामो समय १ सय १४ रुपैयाँको हाराहारीमा रहेको डलर अघिल्लो सातादेखि निरन्तर बढ्न थालेको हो ।

741
रासस
मंगलबार, फाल्गुन २७, २०७६

कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी शुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन् । चक्रपथ सफाइ अभियानले सोमबार सीतापाइला चोकमा खबरदारी -यालीसहित सभाको आयोजना ग-यो । -यालीमा पीडित स्थानीयवासी सहभागी भएका थिए । कोरोनाको सन्त्राससँगै मास्क, पञ्जा, ग्यासलगायत खाद्य सामग्रीमा कालोबजारी मूल्यवृद्धि भए पनि सरोकार भएका सरकारी निकायले ध्यान नदिएको भन्दै स्थानीयवासी सडकमा उत्रिएको अभियानका संयोजक ताराबहादुर कुँवरले राससलाई जानकारी दिए । कोरोनाको उच्च जोखिममा नेपाल भए पनि हालसम्म यसका बिरामी देखिएको छैन ।

389
मनिषा चम्लागाईँ
मंगलबार, फाल्गुन २७, २०७६

झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गौरादह नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाको क्षेत्रलाई व्यावसायिक मत्स्यपालन ब्लक तोकिएको छ । मत्स्य विकास शाखाको सहयोगमा ब्लग सञ्चालन गरिएको हो । ब्लक सञ्चालनका गर्न शाखाले प्रत्येक पालिकालाई ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

382
मनोरञ्जन शर्मा
मंगलबार, फाल्गुन २७, २०७६

रंगको पर्व फागु अर्थात होलीमा प्रयोग हुने अबिर र अन्य रंगहरू, वेलुन तथा पिचकारी लगायतका सामग्रीहरूमा समेत परनिर्भर छ नेपाल । अबिरलगायत केसरी, अन्य रंगहरू, वेलुन, पिचकारी वनाउने उद्योगहरू नेपालमा नहुदा वार्षिक करोडौ रुपैया वाहिरीने गरेको छ । त्यस्ता सामग्रीहरू व्यवसायीले भारतवाट आयात गरी विक्री वितरण गर्दै आएका छन् ।

371
निरु अर्याल
मंगलबार, फाल्गुन २७, २०७६

आर्थिक वर्षको अन्तिममा आएर खर्च गर्ने प्रवृत्तिलाई रोक्न सरकार सक्रिय देखिएको छ । चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत फागुन मसान्तसम्म काम सुरु नगर्ने आयोजनाको सबै बजेट खोस्ने बताएको सरकारले फेरि त्यसतर्फ सचेत गराउँदै १४ बुँदे निर्देशन जारी गरेको छ । अर्थले आफ्नो सहमतिबिना कसैले खर्च गरेमा त्यसको जिम्मेवार आफू नहुने चेतावनी दिँदै बजेट खर्च गर्ने उद्देश्यले हुने सभा, सेमिनार, अवलोकन, भ्रमण, गोष्ठीजस्ता कार्यक्रमसमेत तेस्रो चौमासिकमा नगर्न सुझाएको छ । चालू आर्थिक वर्षमा कूल ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले लक्ष्य अनुसार पुँजीगत खर्च हुन नसकेपछि गत माघमा मध्यावधि समीक्षामार्फत बजेटको आकार राजस्वको लक्ष्यमा संशोधन गरेको छ ।

609
किरण आचार्य
सोमवार, फाल्गुन २६, २०७६

कृषि क्षेत्रका अधिकांश नीति, कार्यक्रम तथा ठूला योजनासमेतको पुनर्संरचना गरिने भएको छ । कृषिका कार्यक्रमहरू नतिजामुखी नभएको आलोचना भइरहँदा संघ तथा प्रदेशका कृषि मन्त्रीहरू पुनर्संरचनामा सहमत भएका हुन् । आइतबारदेखि राजधानीमा सुरु भएको संघीय कृषि तथा पशुपंक्षी विकासमन्त्री र सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरूको दुई दिने संयुक्त बैठकको पहिलो दिन मन्त्रीहरू नीतिगत रूपमा सहमत भएका हुन् ।

719
निरु अर्याल
आइतवार, फाल्गुन २५, २०७६

कोरना भाइरस (कोभिड–१९) को त्रासले नेपाली अर्थतन्त्र संकटमा पर्ने देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अहिलेसम्म कोरोनामुक्त भएको बताएपनि दुई ठूला छिमेकी मुलुक भारत र चीन सँग नेपालको अर्थतन्त्र निर्भर रहेको र ती मुलुकहरूमा कोरोना महामारी फैलिदा त्यसको असर नेपाली अर्थतन्त्रमा देखिएको हो । कोरोनाको त्रास लामो समयसम्म रहे नेपालको अर्थतन्त्र थेग्नै नसक्नेगरीथला पर्ने विश्लेषकहरू बताउँछन् । उनीहरूका अनुसार कोरोनाकै कारण विगत तीन वर्षदेखि ६ प्रतिशत माथि रहेको आर्थिक वृद्धिखुम्चिने, पुँजीगत खर्च झन कमजोर हुने तथा राजस्व असुलीमा समेत गम्भीर धक्का लाग्ने देखिएको छ ।

1918
लक्ष्मी सापकोटा
आइतवार, फाल्गुन २५, २०७६

कोरोना भाइरसको सन्त्रास बढ्न थालेपछि बजारमा अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव हुन थालेको छ । छिमेकी मुलुक चीन हुँँदै विश्वका ८० मुलुकमा कोरोना भाइरस फैलिएसँगै बजारमा खाना पकाउने एलपी ग्यास, मास्क, सेनिटाइजरलगायतका अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव हुन थालेको हो । बजारमा खपत बढेसँगै व्यवसायीले अभाव देखाएर बढी मूल्यमा बिक्री गर्ने गरेका हुन् ।

589