कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

सरकारी स्वामित्वको गुठी संस्थान आर्थिक रुपमा टाट पल्टिंदै गएको छ । गुठी संस्थान आफू मातहतका जग्गाको भाडा उठाउन नसकेपछि आर्थिक रुपमा टाट पल्टिंदै गएको हो । सरकारले ५५ वर्ष पुरानो संस्थानलाई प्रशासनिक खर्च दिन बन्द गरेको झण्डै २८ वर्ष भइसकेको छ ।

270
मनिषा चम्लागाईँ
सोमवार, कार्तिक १८, २०७६

झापा गाउँपालिका–५का गुनेश्वर मण्डलको खेतमा लटरम्म धान पाकेको छ । धान पाक्न सुरु भएसँगै उनी धान काट्नेतरखरमा छन् ।तर, यतिबेला मण्डललाई पाकेको धान कसरी बिक्री गर्ने भन्ने चिन्ताछ ।उनले प्रत्येक वर्ष अढाईबिघामा धान खेती गर्दै आएका छन् ।अढाईबिघामा २ सय ५० मन धान उत्पादन हुने उनी बताउँछन् । तर, सस्तोमा धान बेच्न उनी बाध्य छन् । गत वर्ष उनलेप्रतिमन ६ सय रुपैयाँले २ सय मन बढी धान बिक्री गरे । यस वर्ष पनि खाद्यान्न व्यापारीले सस्तोमा धान माग्न सुरु गरेको उनी सुनाउँछन् ।

313
लक्ष्मी सापकोटा
सोमवार, कार्तिक १८, २०७६

नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ । बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा १० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउन लागेको हो । यसका लागि टेन्डर समेत आह्वान गरिसकेको निगमले जानकारी दिएको छ ।

370
निरु अर्याल
सोमवार, कार्तिक १८, २०७६

सरकारले विदेशी मुद्रा अपचलन गरेर राजस्व छली गरेको अभियोगमा तीन नेपालीसहित पाँच जना भारतीय नागरिकलाई ३३ करोड ३८ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर गरेको छ ।

298
दिलबहादुर केसी
आइतवार, कार्तिक १७, २०७६

कालिञ्चोक गाउँपालिका वडा नं. ९ सुन्द्रावतीका जगनाथ पकुवालको होटलमा शुद्ध दूध पिउनेहरूको संख्या बढ्दो छ । सुन्द्रावतीकै कटुवाचौर बजारमा खाजा र नास्ताको लागि धेरैको रोजाइमा पर्ने पकुवाल होटलमा केही वर्ष अघिसम्म मासु र रक्सी खोजी गर्नेहरू आजभोली दूधदहीको खोजी गर्छन् ।

630
लक्ष्मी सापकोटा
आइतवार, कार्तिक १७, २०७६

पछिल्लो पाँच वर्षमा मुलुकको निर्यात व्यापारमा तीव्र उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७१-७२ पछि बल्ल गत आर्थिक वर्षदेखि निकासीले लय समातेको छ । आयातको तुलनामा निर्यात वृद्धि नभएपनि निर्यात अनुपात हेर्दा बढ्दो क्रममा देखिएको छ ।

2112
लक्ष्मी सापकोटा
शुक्रवार, कार्तिक १५, २०७६

तिज र दसंैमा सुनसान बनेको सुनचाँदीको कारोबार तिहारमा आएर ह्वात्तै बढेको छ । तिहारमा झण्डै ११ अर्ब रुपैयाँ बराबरको सुनचाँदीको कारोबार भएको छ । तिहारमा सुनको माग बढेपछि १० अर्ब रुपैयाँ बराबरको सात सय केजी सुन र झन्डै एक अर्ब रुपैयाँ बराबरको पाँच हजार किलो चाँदी बिक्री भएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिए ।

667
सरस्वती ढकाल
शुक्रवार, कार्तिक १५, २०७६

नेपालमा उत्तर कोरियाली लगानी प्रतिबन्ध गरिए पनि लगानीकर्ताहरूले अटेरी गरेका छन् । विदेशी लगानीका लागि स्वीकृति दिने सरकारी निकाय उद्योग विभागले तीन पटक ताकेतापत्र काटिसक्दा पनि कोरियाली लगानीका व्यवसाय बन्द भएका छैनन् । विभागले अन्तिम ताकेतापत्र काटी समय दिएको बिहीबार अन्तिम दिन हो । तर, कुनै पनि व्यवसाय बन्द गरेको जानकारी विभागलाई आएको छैन ।

691
निरु अर्याल
शुक्रवार, कार्तिक १५, २०७६

संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरूलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ ।

1692
मनिषा चम्लागाईँ
शुक्रवार, कार्तिक १५, २०७६

झापाको झापा गाउँपालिका–२का श्याम राजवंशीले बिरिङ खोलामा लगाइएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गरेका छन् । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो ।

1610
प्रकाश लम्साल
शुक्रवार, कार्तिक १५, २०७६

नेपाल आयल निगमले क्रस बोर्डर पाइपलाइन सञ्चालनपछि थप दुई महत्वपूर्ण आयोजनाको निर्माण थालेको छ ।

581
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १५, २०७६

मुग्लिन–पोखरा सडक चार लेनको बनाउन एसियाली विकास बैंक (एडीबी)ले सहयोग गर्ने भएको छ ।

551
निरु अर्याल
शुक्रवार, कार्तिक १५, २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले बिश्व बैंकले प्रकासित गरेको पछिल्लो बर्षको डुइङ विजनेश रिपोर्टमा आफ्नो असहमति जनाएका छन् । नेपाल भ्रमणमा रहेको बिश्व बैंकको १३ सदस्यीय प्रतिनिधिमण्डल सँगको भेटवार्तामा अर्थमन्त्री खतिवडाले बिहिबार घुमाउरो पारामा असहमति राखेका हुन् ।

601
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

केहि वर्ष अघिसम्म रुखो देखिने जमिन आजभोली हरियो भएको छ । इलामको चुरे क्षेत्र मानिने रोङ गाउँपालिका २ का बासिन्दाले केरा लगाएर सुख्खा क्षेत्रलाई हरियाली बनाएका हुन् । सिँचाई अभावमा बाँझो रहेको जमिनबाट हाल केरा खेती गरेर यहाँका स्थानीयले मनग्ये आम्दानी गर्न थालेका छन् । यतिबेला त्यस क्षेत्रका स्थानीयको प्रमुख आम्दानीको श्रोत नै केरा खेती भएको छ ।

321
केशव समर्पण
बिहिवार, कार्तिक १४, २०७६

कृषिको पकेट क्षेत्रको लागि प्रदेश–३ ले चालु आर्थिक वर्षमा करिब ६७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १३ जिल्लामा घोषित नयाँ र पुराना गरी ४ सय ९५ वटा पकेटक्षेत्र र ५६ वटा ब्लकलाई ६६ करोड ९५ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ । भक्तपुर, काठमाडौंमा तरकारी र आलुको पकेट तथा ब्लक क्षेत्र घोषणा गरिने मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख पाण्डेले बताए ।

346