निरु अर्याल
शुक्रवार, चैत्र ७, २०७६

कोरना भाइरस (कोभिड–१९) का कारण अर्थतन्त्र शिथिल बन्दै गएपछि सरकारले यस वर्ष बजेटमार्फत लिएको र मध्यावधि समीक्षामार्फत संशोधन गरेका सबैजसो लक्ष्य हासिल नहुने देखिएको छ । सरकारी तथ्यांकको आयव्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म बजेट खर्चको अवस्था झनै कमजोर देखिएको छ भने करिब ७० प्रतिशत राजस्व उठाउने समयमा सरकार ८ महिनासम्म ४९ प्रतिशतमात्रै संकलन गर्न सक्षम देखिएको छ ।

460
लक्ष्मी सापकोटा
शुक्रवार, चैत्र ७, २०७६

बजारमा ग्यासको आपूर्ति व्यवस्था सहज गर्न पछिल्लो पाँच दिनमामात्रै ६ लाख ५७ हजार सिलिन्डर बजारमा पठाइएको छ । कोरोना भाइरसको संक्रमण विश्वमा फैलिँदै गएपछि बजारमा ग्यासको अभाव हुनसक्ने भन्दै नेपाल आयल निगमले विभिन्न् ग्यास उद्योगमार्फत पाँच दिनमा ६ लाख ५७ हजार पाँच सय सिलिन्डर बजारमा पठाएको हो ।

368
लक्ष्मी सापकोटा
बिहिवार, चैत्र ६, २०७६

बजारमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था असहज भइरहेको बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोल पम्पको छड्के अनुगमन गरेका छन् । सुरक्षाकर्मी बिना निजी गाडि चढेर बुधबार मन्त्री भट्ट बजार अनुगमनमा निस्केका थिए । मन्त्री भट्टले ललितपुरको पुल्चोकदेखि काठमाडौंको कालिमाटीसम्मका पेट्रोल पम्पहरुको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा अधिकांश पेट्रोल पम्पहरुले प्लास्टिकको जर्किन तथा ठूला ड्रममा समेत तेल भरेको भेटिएपछि वितरण नगर्न निर्देशन दिएका हुन् ।

489
कारोबार संवाददाता
बिहिवार, चैत्र ६, २०७६

व्यवसायीले पर्याप्त इन्धन नल्याउँदा झापाका बजारमा तेल अभाव देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेकोले नेपाली बाजरमा पनि मूल्य घट्ने आशंकामा व्यवसायीले पर्याप्त तेल नल्याउँदा तेल अभाव देखिएको हो । डिपोमा पर्याप्त तेल भएपनि अप्mनो पम्पबाट दैनिक बिक्री हुने परिमाणको आधारमा व्यसायीले तेल उठाउँदा समस्या देखिएको नेपाल आयल निगम चारआली डिपोका प्रमुख बिपिन श्रेष्ठले बताए । भारतले सीमा नाकामा कडाइ गरे पनि तेल ल्याउन भने अहिलेसम्म कुनै समस्या नभएकोले आवश्यक मात्रामा तेल आइरहेको प्रमुख श्रेष्ठ बताउँछन् ।

358
कारोबार संवाददाता
बिहिवार, चैत्र ६, २०७६

कोरोना भाइरसको कारण नेपाल भारत नाका बन्द भएर इन्धन अभाव हुने भ्रामक समाचारहरुका कारण बजारमा पेट्रोल पम्पहरुमा ग्राहकको भिड लाग्न थालेको छ । अहिले काठमाडौं उपत्यका तथा पहाडी जिल्लाहरुमा अघोषित हाहाकार गराइएको छ भने कतिपय पम्पहरुमा इन्धन नभएको सूचना टाँसिएको छ । तर नेपाल आयल निगमका अधिकारीहरुले भने इन्धन पर्याप्त रहेको र पहिला जस्तै सहज रुपमा भारतबाट आयात भइरहेको बताएका छन् ।

399
दीननाथ बराल
बिहिवार, चैत्र ६, २०७६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित अन्य मन्त्रीहरूको सम्पत्ति विवरण दुई वर्षपछि सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बुधबार पोखरामा पत्रकारमाझ प्रदेशका मुख्यमन्त्री गुरुङसहित अन्य ५ जना मन्त्रीहरूको सम्पत्ति वितरण सार्वजनिक गरेका हुन् ।

540
किरण आचार्य
बिहिवार, चैत्र ६, २०७६

माक्र्सवादी दर्शनका व्याख्याता मानिएका नेकपा नेता घनश्याम भुसालले नेपालको कृषि क्षेत्रको विकासको लागि नयाँ मार्गदर्शन अघि सारेका छन् । भुसालले कृषि तथा पशुपंक्षी विकास मन्त्रीको हैसियतमा कृषि विकासको नयाँ सूत्रको रूपमा ‘संरक्षित कृषि, सुनिश्चित वचत’ अवधारणा अघि सारेका हुन् ।

442
कारोबार संवाददाता
बुधवार, चैत्र ५, २०७६

अर्घाखाँची जिल्लामा संघ, प्रदेश र स्थानीय तहको बजेट गत वर्ष भन्दा कम खर्च भएको पाइएको छ । आर्थिक वर्ष २०७६÷०७७ सालको स्वीकृत बजेट अनुसार फागुन मसान्तसम्म २० प्रतिशत मात्र पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीका प्रमुख कोष नियन्त्रक रामबहादुर केसीले जानकारी दिए ।

339
मनिषा चम्लागाईँ
बुधवार, चैत्र ५, २०७६

झापाको दमक नगरपालिका–८ बालुवाटारस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न नेकपा नेता गगन पुरीलगायतविरुद्ध मुद्दा दायर भएको छ । नेकपा नेता गगन पुरीलगायतलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय भद्रपुरले मुद्दा दायर गरेको हो । अदालतमा दायर गरिएको मुद्दामा संलग्न भएकाहरु विरुद्ध सरकारी छाप दस्तखत किर्तेमा सजायका साथै २ करोड ६९ लाख ५५ हजार रुपैयाँ भन्दा बढीको बिगो दावी गरिएको छ । पुरीले सरकारी कर्मचारीको मिलेमतोमा दमक –८ को सरकारी जग्गा गैरकानुनी रुपमा आफूलगायत आफू निकटका नाममा नामसारी गरेको अभियोग दावी गरिएको छ ।

507
कारोबार संवाददाता
बुधवार, चैत्र ५, २०७६

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको आयातमा कुनै बाधा तथा अवरोध (रेस्ट्रिक्शन) नभएको स्पष्ट पारेका छन् । उनले पाइपलाइनबाट पनि पेट्रोलियम पदार्थ आइरहेकाले सप्लाइमा बढि ध्यान दिएको बताए । मंगलबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै कार्यकारी निर्देशक पौडेलले आफूहरुले डिमाण्ड र सप्लाईको आवश्यकत्ता पूरा गरिरहेको बताए । उनले भने, “हामी अहिले यही कुरामा बढि फोकस छौं ।” उनले पेट्रोलियम पदार्थको पछिल्लो डाटा र स्टेस्टिक्स हेर्दा व्यापारीहरुले पनि किन्न कुनै कञ्जुस्याँइ नगरेको दावी गरे ।

386
रोशन थापा
बुधवार, चैत्र ५, २०७६

बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी बढेको भन्दै सरकारले बजार हस्तक्षेप गर्न सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैंतिहार लगायतका चाडपर्वमा सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल अहिले पनि सञ्चालन गर्ने तयारी गरेको हो । कोरोनाको त्राससँगै व्यापारीहरूले बजारमा दैनिक उपोभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी र अत्यधिक मूल्य असुली गरेका भन्दै व्यापक जनगुनासो बढेपछि मन्त्रालयले यस्तो तयारी गरेको हो । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको सहयोगमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तायरी गरेको जानकारी दिए ।

590
लक्ष्मी सापकोटा
बुधवार, चैत्र ५, २०७६

चीनबाट फलफूल बोकेर आएका दुई सय ट्रक रसुवाको केरुङ नाकामा एक महिनादेखि रोकिएका छन् । चीनमा देखिएको कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सरकारले केरुङ नाका बन्द गरेसँगै फलफूल लिएर आएका ट्रक अलपत्र परेका हुन् ।

783
कारोबार संवाददाता
मंगलबार, चैत्र ४, २०७६

इलामको सन्दकपुर गाउँपालिकाले कृषि ऐन निर्माण गरेको छ । स्थानीय सरकारले कृषि ऐन निर्माण र लगानीमा चासो नदिएको गुनासो बढिरहेको बेलामा सन्दकपुर गाउँपालिकाले कृषि ऐन निर्माण गरेको हो ।

370
किरण आचार्य
मंगलबार, चैत्र ४, २०७६

विकास र आयआर्जनको नाममा प्रकृतिको विनास गर्नसमेत पछि नपर्ने मानसिकता विकसित भइरहको यथार्थताबीच केही युवाहरू भने पर्यावरण संरक्षणमा पनि उत्तिकै सक्रिय भएर लागिरहेका पाइन्छन् । आफ्नो आम्दानीसमेत बढाउदै पर्यावरणीय संरक्षणमा लागेका यस्तै उदाहरणीय युवा हुन्– रोल्पाका प्रेमबहादुर महरा । आफ्नो नामका सार्थकता दिंदै उनी पर्यावरण जोगाउने पेशालाई प्रेम

532
कारोबार संवाददाता
मंगलबार, चैत्र ४, २०७६

विश्व बजारमा कच्चा तेलको मूल्य उल्लेख्य घटे पनि नेपालमा भने पेट्रोलियम पदार्थको न्यूनमात्र मूल्य समायोजन गरेको छ । नेपाल नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । यससँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १०६ रुपैयाँ र डिजेल र मटीतेल प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । यसैगरी, आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ४ रुपैयाँ ५० पैसाले घटाइ प्रतिलिटर ९० कायम गरिएको छ ।

441