प्रकाश लम्साल
मंगलबार, असार ३१, २०७६

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट रोक्नका लागि साउन १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागेको ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ’ सिस्टम प्रभावकारी रहे पनि आर्थिक अपराध र सामान तस्करी भने नरोकिने देखिएको छ । आर्थिक पारदर्शितामा रहने आयात–निर्यातकर्ता, उद्योगी, वितरक तथा थोक बिक्रेता यो प्रणालीप्रति सकारात्मक देखिए पनि अवैध प्रकृतिमा सक्रिय भन्सार एजेन्ट र ढुवानी व्यवसायीबाट आर्थिक अपराध र तस्करी नरोकिने देखिएको हो ।

307
प्रकाश लम्साल
मंगलबार, असार ३१, २०७६

प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १ सयले आगामी आर्थिक वर्ष ०७६÷७७ को वार्षिक बजेट सभामा पेस गरिसकेका छन् भने ३६ स्थानीय तहले सभा आयोजना गर्न सकेका छैनन् ।

246
भगवान खनाल
मंगलबार, असार ३१, २०७६

आगामी आर्थिक वर्ष २०७६-७७ का लागि १ सय ९२ वटा स्थानीय तह आन्तरिक ऋण उठाउन तयार देखिएका छन् । असार २९ गते बिहानसम्मको तथ्यांकअनुसार १ सय ९२ वटा स्थानीय तहले आन्तरिक ऋणसमेत उठाउने गरी आगामी आवको लागि बजेट प्रस्तुत गरेका हुन् ।

308
लक्ष्मण ढुंगाना
सोमवार, असार ३०, २०७६

चालू आर्थिक वर्षको ११ महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट करिव साढे १५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । आर्थिक वर्ष २०७५-७६ को जेठसम्म पेट्रोल, डिजल र एलपी ग्यास गरी कुल १५ अर्ब ६६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । कार्यालयले सो अवधिमा पेट्रोलियम पदार्थ आयात गरेवापत ४ अर्ब ६८ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालगन्ज नाका हुँदै आउने सामग्रीमा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थ आयातबाट हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

279
प्रकाश पाक्साँवा
सोमवार, असार ३०, २०७६

परम्परागत खाद्यान्न बालीले परिवार धान्ने समस्या थियो छथर गाउँपालिका–१ आङदिमका बासिन्दालाई । वर्ष दिनमा लगाएको बाली पाक्दा परिवारलाई खान ३ महिनासम्म पनि मुस्किल नै थियो । लेकाली क्षेत्रमा रहेका यहाँका स्थानीयलाई बर्सेनि एकपेट खानकै चिन्तामा जीवन बिताउनुको कुनै विकल्प थिएन ।

248
विप्लव काफ्ले
सोमवार, असार ३०, २०७६

चितवनको माडी नगरपालिकाले आगामी वर्ष उत्पादनका आधारमा किसानलाई अनुदान दिने भएको छ । नगरपालिकाले तेस्रो नगरसभाबाट कृषि शाखालाई १ करोड ३५ लाख रुपैयाँ बराबरका योजना स्वीकृत गरेको छ । २४ लाख बजेटबाहेक सबै अनुदानका लागि विनियोजन गरिएको हो । मेयर ठाकुरप्रसाद ढकालले माडीका किसानलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान दिन लागिएको बताए । प्रतिकेजीका आधारमा केही उत्पादनमा अनुदान दिन लागिएको हो ।

233
प्रकाश पाक्साँवा
सोमवार, असार ३०, २०७६

परम्परागत खाद्यान्न बालीले परिवार धान्ने समस्या थियो छथर गाउँपालिका–१ आङदिमका बासिन्दालाई । वर्ष दिनमा लगाएको बाली पाक्दा परिवारलाई खान ३ महिनासम्म पनि मुस्किल नै थियो । लेकाली क्षेत्रमा रहेका यहाँका स्थानीयलाई बर्सेनि एकपेट खानकै चिन्तामा जीवन बिताउनुको कुनै विकल्प थिएन ।

481
किरण कर्ण
सोमवार, असार ३०, २०७६

बुधबार देखि परेको अविरल वर्षाका कारण आएको बाढीले गर्दा प्रदेश २ मा जनधनको व्यापक क्षति भएको छ । बाढीका कारण सयौँ घर डुबानमा परेको छ भने सर्वसाधारणको जनजीवनसमेत कष्टकर बनेको छ । बाढीका कारण सबैभन्दा बढी माछापालन व्यवसायमा क्षति भएको छ । प्रदेश नम्बर २ मा हुने कुल मत्स्यपालन व्यवसायको ७० प्रतिशत भन्दा बढी पोखरीमा बाढीले क्षति पुगेको छ ।

290
अनिश शर्मा गैरे
आइतवार, असार २९, २०७६

गुल्मीका दुई गाउँपालिका मासुमा आत्मनिर्भर बनेका छन् । सत्यवती र धुर्काेट गाउँपालिका मासुमा आत्मनिर्भर बनेका हुन् । सत्यवती गाउँपालिका दूधमा पनि आत्मनिर्भर बनेको छ ।

274
लक्ष्मण ढुंगाना
आइतवार, असार २९, २०७६

सरकारले आयात प्रतिस्थापन गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन विभिन्न किसिमका अनुदानका कार्यक्रम ल्याएको छ । तर, ती अनुदानमा आकर्षित हुन नसक्दा बाँके र बर्दियाका कृषक अनुदान नै लिन आएका छैनन् । विभिन्न जिल्लामा कृषकले अनुदान नपाएको गुनासो आइरहेका बेला चालू आर्थिक वर्षमा यहाँका कृषक अनुदान लिन नआएरै कृषि अनुदानको करिव १ करोड रुपैयाँ फ्रिज हुने भएको हो । प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत दुवै जिल्लामा विभिन्न कार्यक्रमका लागि आएको १ करोड १० लाख रुपैयाँ फ्रिज हुने भएको हो ।

214
लक्ष्मी सापकोटा
आइतवार, असार २९, २०७६

सरकारले बाढीप्रभावित क्षेत्रमा खाद्यान्न पठाउने तयारी गरेको छ । शुक्रबारदेखि आएको वर्षाका कारण विभिन्न जिल्ला प्रभावित भएपछि खाद्यान्नको अभाव हुनसक्ने भन्दै प्रभावित क्षेत्रमा खाद्यान्न पठाउने तयारी गरिएको हो । खाद्यान्नको आपूर्ति व्यवस्था सहज बनाउन प्रभावित जिल्लामा खाद्यान्न पठाउने तयारी गरिएको हो । प्रभावित क्षेत्रबाट माग आएपछि गृह मन्त्रालयमार्फत खाद्यान्न पठाउने तयारी गरिएको हो । यसैगरी, विपद् व्यवस्थापन केन्द्रीय कार्यकारी समितिको बैठकले प्रभावित क्षेत्रमा खाद्यान्न वितरणको व्यवस्था खाद्य संस्थानमार्फत गर्ने निर्णय गरेको छ ।

325
भगवान खनाल
आइतवार, असार २९, २०७६

विपद् जोखिमको न्यूनीकरण र रोकथाम गर्न, पीडितहरूको शीघ्र उद्धार गरी राहत प्रदान गर्न स्थानीय तहले अब कुनै पनि शीर्षकको बजेट खर्चनसक्ने भएका छन् । संघीय सरकारले स्थानीय तह तहलाई जुनसुकै शीर्षकको बनेट विपद् व्यवस्थापनमा खर्चन आग्रह गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरूले विपद् व्यवस्थापन कोषमा स्रोत साधनको अभाव भए जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी केन्द्रमा अनुरोध गरी पठाउन आग्रह गरेका छन् ।

220
कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

सत्ता र प्रतिपक्षका सांसदहरूको कडा विरोधकाबीच सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को बजेट पारित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलले सत्तापक्षका सांसदमाथि ह्वीप जारी गरेपछि प्रदेश सरकारको बजेट सुदूरपश्चिम प्रदेशसभाबाट सर्वसम्मतिमा पारित भएको हो ।

224
मनिषा चम्लागाईँ
बिहिवार, असार २६, २०७६

झापाभर धान सुपर जोन कार्यक्रम विस्तार हुने भएको छ । झापाको कचनकवल गाउँपालिकामा सञ्चालित धान सुपर जोन कार्यक्रम जिल्लाभर विस्तार हुने भएको हो । झापाका १५ वटै स्थानीय तहमा आगामी आर्थिक वर्षदेखि धान सुपर जोन कार्यक्रम सञ्चालन हुन लागेको हो । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाका सबै तहमा सुपर जोन कार्यान्वयनका लागि बजेट विनियोजन गरिसकेको छ । तथ्यांकलार्ई हेर्ने हो भने मुलुकमै सबैभन्दा बढी धान उत्पादन झापामा हुने गर्दछ ।

372
कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६

मापदण्डविपरीतको गुणस्तरहीन लिपिस्टिक बिक्री गर्न र आयात गर्न नपाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको गुणस्तर तथा नापतौल विभागले तयार पारेको लिपिस्टिक, स्किन क्रिम र स्किन लोसनको मापदण्ड तयार गरी गुणस्तरहीन लिपिस्टक वितरण गर्नेलाई तीन महिना कैदको व्यवस्था गरेको हो ।

430