कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार विकासका लागि पेट्रोलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन भएको छ । स्वदेशी लगानीमा बूढीगण्डकी आयोजनाको निर्माण गर्ने तयारी गरिरहेका बेला पेट्रोलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन गरिएको हो ।

1992
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

सरकारले भन्सारमा मूल्यांकनमा नभइ वर्गीकरणमा समस्या रहेको भन्दै व्यापारीहरूमाथि पूर्ण रूपमा विश्वास गर्न सकिने अवस्था नरहेको वताएको छ । व्यवसायीहरूले दोहोरो बिल देखाउने गरेका कारण उनीहरूमाथि पूर्ण रूपमा विश्वास गर्ने अवस्था नरहेको र यसमा सुधार आवश्यक रहेको वताएको हो ।

1841
कारोबार संवाददाता
बिहिवार, माघ ११, २०७४

सरकारले चालू आर्थिक वर्षको ६ महिनामा सोचेअनुसारको राजस्व संकलन नभएको भन्दै चिन्ता व्यक्त गरेको छ । अर्थतन्त्र र ब्यापारको आकार बढेसँगै उपभोग पनि बढेको तर सो अनुरूप राजस्व संकलनमा बढोत्तरी हुन नसकेको भन्दै अहिले देखिएको ट्याक्स ग्यापको खोजी गर्नुपर्ने बताएको हो ।

1048
रासस
बुधवार, माघ १०, २०७४

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले नेपालमा पहिलो पटक आलुको जात विकास गरेको छ । अरू जातका बीउलाई क्रस गरेर नयाँ जातको आलुको बीउको विकास गरिएको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक सञ्जीव गौतमले बताए ।

1659
कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

जुम्लामा स्याउ खेती गर्नेहरुको संख्या बढ्दै गएको छ । पछिल्लो समय यातायातको सुविधा विस्तार हुँदै जान थालेपछि स्याउको बजारसमेत बढ्दै जाँदा यसप्रति किसान आकर्षित भएका हुन् । जुम्लामा रहेका झन्डै १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरीलो स्याउ खेती गरेका छन् ।

1751
प्रगति ढकाल
मंगलबार, माघ ९, २०७४

सरकारले वनबाटै मुलुकले आर्थिक समृद्धि गर्न कृषि वन खेती विस्तारको अवधारणा अघि सारेको छ । वनको आधुनिक विकास गर्दै आगामी दिनमा वनबाटै आर्थिक समृद्धि बढाउनका लागि कृषि वन खेती विस्तारको योजना ल्याइएको हो ।

2752
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

कर्णाली क्षेत्र विकासमा धेरै पछाडि छ । केन्द्रको कर्णालीलाई हेर्ने दृष्टि पनि भिन्न छ । त्यही भएर सम्भावना बोकेर पनि ओझेलमा परेका कर्णालीबासीले सदियौंदेखिको नुनको राजनीति भोग्दै आउनुपरेको छ ।मुलुक गणतन्त्रात्मक व्यवस्था हुँदै संघीयतामा गइसके पनि कर्णालीलाई नुनको राजनीतिले अझै छोडेको छैन । जीवनमा अत्यावश्यक नुन खान पनि कर्णालबासीलाई महाभारतको युद्ध लड्नु सरह भएको छ । ग्रामीण वस्तीका बासिन्दा नुन खानबाट बञ्चित हुँदै आएका छन् ।

1544
निरु अर्याल
मंगलबार, माघ ९, २०७४

सरकारले सात दिनको समय दिएर सबै स्थानीय तहसँग खर्च र राजस्वको विवरण माग गरेको छ । पुस मसान्तसम्म अधिकांश प्रदेश तथा स्थानीय तहले आगामी अर्थिक वर्षको आयव्यय प्रक्षेपणको तथ्यांकसहितको विवरण नबुझाएको भन्दै सात दिनभित्र राजस्व र व्ययको विवरण बुझाउन पत्राचार गरेको हो । अर्थ मन्त्रालयले सवै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका नाममा सोमबार पत्र काटेको हो ।

1151
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

वर्षातको पानी संकलन गरेर अर्घाखाँचीका एक किसानले व्यावसायिक तरकारी खेती गरेका छन् । पहाडी भेगका अधिकांश किसानले पानी नभएर तरकारी खेती गर्न नपाएको गुनासो गरिरहँदा सन्धिखर्क नगरपालिका–८ किमडाँडाका पुष्कर बन्जाडेले नमूना काम गरेका हुन् ।

1931
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यअनुसार राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७४-७५ को प्रथम अर्धबार्षिक अवधिका लागि तोकिएको राजश्व संकलन लक्ष्यअनुसार असुली गरेको कार्यालयका प्रमुख कर अधिकृत अर्जुन ढुंगानाले बताए ।

1289
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

नेपाललाई विश्व बैंकले ४४ अर्ब ८१ करोड ८४ लाख रूपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ । विश्व बैंकले विभिन्न तीन वटा परियोजनाका लागि ४४ अर्ब ८१ करोड ८४ लाख रूपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको हो । सरकार र विश्व बैंकबीच ऋण सहायतासम्बन्धी आइतबार सम्झौता भएको छ । अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र विश्व बैंकका नेपाल निर्देशक किमिआओ फ्यानले अर्थ मन्त्रालयमा विश्व बैंकका एसिया उपाध्यक्ष एन्नेट डिक्सनको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।

1248
लक्ष्मी सापकोटा
सोमवार, माघ ८, २०७४

मुलुकको कुल निर्यातमा एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रम अन्तर्गतका उत्पादनको ४८ प्रतिशत योगदान रहेको पाइएको छ । सरकारले निर्यातयोग्य वस्तु पहिचान गरेर निर्यात बढाउनका लागि सन् २०१० मा एनटीआईएस कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रमअन्तर्गत उत्पादित वस्तुको निर्यात बढ्दै गएपछि यसको कुल वस्तु निर्यातमा समेत योगदान बढ्दै गएको हो ।

1307
निरु अर्याल
सोमवार, माघ ८, २०७४

सरकारलाई आवश्यक पर्ने आन्तरिक ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन विभाग (पीडीएमओ) स्थापना हुने भएको छ । उक्त विभाग गठनको प्रक्रिया अघि बढेको र यसका लागि सफ्टवेयर निर्माणको काम भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । विभाग गठनपछि आन्तरिक ऋण उठाउने, परिचालन गर्ने तथा वैदेशिक ऋण अद्यावधिक गर्नेलगायतका सवै काम एकै ठाउँबाट हुने छ ।

2336
कारोबार संवाददाता
आइतवार, माघ ७, २०७४

उपभोक्ता अधिकारकर्मीहरूले चिनीमा भन्सार महसुल दर यथावत राख्न सरकारसँग माग गरेका छन् । सरकारले उद्योगीहरूको दबाबमा चिनी आयातमा भन्सार महसुल दर बढाउने तयारी गरिरहेका बेला उपभोक्ता अधिकारीकर्मीले त्यसको विरोध गर्दै भन्सार दर यथावत राख्न माग गरेका हुन् ।

771
कारोबार संवाददाता
आइतवार, माघ ७, २०७४

सरकारले हुम्लाका लागि पठाएको नुन सुर्खेत र जुम्ला विमानस्थलमा अलपत्र परेको छ । नुनको हवाई ढुवानी गर्न साल्ट ट्रेडिङ कर्पोरेसनले ठेक्का दिए पनि ठेकेदारले ढुवानी नगर्दा सुर्खेत र जुम्ला विमानस्थलमै अलपत्र अवस्थामा पुगेको हो ।

1748