सागर परियार
शुक्रवार, भदौ २२, २०७५

कर्णाली प्रदेशमै पहिलो पटक जुम्लामा हुन लागेको लगानी सम्मेलनको तयारी तिव्र पारिएको छ । लगानी सम्मेलनको मुख्य प्राथमिकता कृषि, पर्यटन तथा जडिबुटीमा छ । प्रदेश सरकारको प्रमुख प्राथमिकतामा कृषि, पर्यटन तथा जडिबुटी परेपछि त्यसलाई नै लगानी सम्मेलनको पनि प्राथमिकतामा राखिएको हो । यही भदौ २९ गते जुम्लामा पहिलो पटक लगानी सम्मेलन हुँदै छ ।

1289
लक्ष्मी सापकोटा
शुक्रवार, भदौ २२, २०७५

नेपाल आयल निगमले हवाई इन्धनबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरे पनि भारतको तुलनामा नेपालमा अझै सस्तो रहेको छ । डिजेल र पेट्रोलमा भारतमाभन्दा नेपालमा प्रतिलिटर २५ रुपैयाँ सस्तो पर्ने निगमले जनाएको छ ।

1107
निरु अर्याल
शुक्रवार, भदौ २२, २०७५

सरकारले बंगलादेशसँग दोहोरो कर उन्मुक्तिको सम्झौता (डीटीए) गर्ने भएको छ । सम्झौताको लागि सबै प्रक्रिया पूरा भएर हस्ताक्षरको चरणमा रहेको अर्थ मन्त्रालयले जनाएको छ । केही अघि मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग दोहोरो कर सम्झौता गर्ने निर्णय गरेर यस्तो सम्झौतामा हस्ताक्षर गर्नको लागि अर्थमन्त्री डा. युवराज खतिवडालाई अख्तियारी दिएको थियो । यस विषयमा गहन अध्ययन र छलफल भइरहेको तथा छिट्टै सम्झौता हुने मन्त्रालयको भनाइ छ ।

1520
कारोबार संवाददाता
शुक्रवार, भदौ २२, २०७५

अमेरीकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैं महँगो हुने भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुदा दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने भएपछि नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैं नै महँगोे हुने भएको हो

1045
कारोबार संवाददाता
बिहिवार, भदौ २१, २०७५

नुवाकोटमा तरकारी र आलुको उत्पादन वृद्धि गर्न चालू आर्थिक वर्षमा रु पाँच करोड खर्च गरिने भएको छ । यहाँ सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु र तरकारी क्षेत्र कार्यक्रमले चालू आवको लागि रु पाँच करोड बढी खर्चिने भएको हो ।

1831
कारोबार संवाददाता
बिहिवार, भदौ २१, २०७५

बाराको जितपुर–सिमरा उपमहानगरपालिकाले विभिन्न सिफारिशहरू निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । देशभरका स्थानीय तहले मनपरी ढंगले कर असुलेको आरोप लागिरहेका बेला जितपुर–सिमरा उपमहानगरपालिकाले भने जन्मदर्तासहित २३ प्रकारका सिफारिशहरू निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो । ज

1008
लक्ष्मी सापकोटा
बिहिवार, भदौ २१, २०७५

नेपाललाई आवश्यक पर्ने सबै बन्दरगाह उपलब्ध गराउन चिनियाँ पक्ष तयार देखिएको छ । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिन राजधानीमा सुरु दुवै देशका अधिकारीहरूको तेस्रो बैठकमा चिनियाँ पक्ष सबै बन्दरगाह उपलब्ध गराउन चिनियाँ प्रतिनिधि सकारात्मक भएका हुन् ।

2940
निरु अर्याल
बिहिवार, भदौ २१, २०७५

राजस्वको मुख्य स्रोत अटोमोबाइलमा बढाइएको अन्तःशुल्ककै कारण चालू आर्थिक वर्षको पहिलो महिनामै भन्सार राजस्व ६७ प्रतिशतले वृद्धि भएको छ । सरकारले चालू आर्थिक वर्षदेखि लागू हुनेगरी चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीमा इन्जिन क्षमताका आधारमा ५ प्रतिशतदेखि ४० प्रतिशतसम्म अन्तःशुल्क बढाउँदा त्यसको प्रभाव समग्र राजस्व संकलनमा देखिएको हो ।

1162
कारोबार संवाददाता
बुधवार, भदौ २०, २०७५

नेपाल आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ । खाना पकाउने ग्यासको नयाँ मूल्य प्रतिसिलिण्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि बढाएको छ ।

2342
रासस
बुधवार, भदौ २०, २०७५

सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ ।

1015
कारोबार संवाददाता
बुधवार, भदौ २०, २०७५

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा दैनिक उपभोग्य सामानको मूल्य मनपरि ढंगले तोकिएको गुनासो उपभोक्ताले गरेका छन् । नगरका अधिकांश व्यवसायीले दैनिक उपभोग्यका सामान आ–आफ्नै इच्छाले मनपरी मूल्यमा बिक्री गरेको गुनासो उपभोक्ताको छ ।

917
कारोबार संवाददाता
बुधवार, भदौ २०, २०७५

राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्यांक विभागले झापामा सबैभन्दा धेरै चिया उत्पादन हुने गरेको जनाएको छ । बिर्तामोडमा व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ को प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्यांक विभागले मुलुकका अन्य जिल्लाको तुलनामा झापामा सबैभन्दा बढी चिया उत्पादन हुने गरेको जनाएको हो ।

1515
लक्ष्मी सापकोटा
बुधवार, भदौ २०, २०७५

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिबाट भाडामा लिइएका सटर पुनः अर्काे व्यक्तिलाई सञ्चालन गर्न दिन नपाइने भएको छ । समितिबाट लिएका सटर व्यापारीले अन्य व्यक्तिलाई महँगोमा बेच्ने गरेको फेलापरेपछि त्यसलाई रोक्न अरूलाई दिन नपाइने व्यवस्था गरिएको हो ।

1045
रासस
मंगलबार, भदौ १९, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन दूरगामी निर्णय गर्दै कूशलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।

1997
कारोबार संवाददाता
मंगलबार, भदौ १९, २०७५

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले करलाई जनताको सेवासँग जोड्न आग्रह गरेका छन् । प्रदेश नं १ को प्रदेशसभामा कर तथा गैरकर लगाउने सम्बन्धमा प्रस्तावित विधेयकमा प्रदेशसभाका सदस्यले उठाएको प्रश्नको जवाफमा आज उनले सो कुरा बताएका हुन्  । 

1954