सरस्वती ढकाल
मंगलबार, पुष १०, २०७५

सरकारले आगामी चैतमा गर्न लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई आकर्षित गर्न विभिन्न परियोजना शोकेसका रूपमा राख्ने भएको छ । २०७३ सालमा निकै तामझामका साथ गरिएको सम्मेलनमा लगानी प्रतिवद्धता अपेक्षाभन्दा निकै धेरै आए पनि वास्तविक लगानी आउन नसकेपछि यसपटक भने परियोजना शोकेसका रूपमा राख्न लागिएको हो ।

1149
कारोबार संवाददाता
सोमवार, पुष ९, २०७५

संघीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको चर्चा सुन्दा गज्जव लागे पनि उखु किसानका समस्या भने सिंहदरबारमै अड्किएको छ । उखु किसानले पाउनुपर्ने बक्यौता उठाउन र उखु क्षेत्रका समस्या समाधानको माग गर्दै किसान प्रतिनिधिमण्डलले सिंहदरबारभित्रका सरोकारवाला निकायलाई भेटेर आफ्ना समस्याबारे ध्यानाकर्षण गराउन थालेको छ । उखु कृषक सिंहरदबारको ढोका ढक्ढक्याउन थालेको यो पहिलो पल्ट भने होइन ।

1518
रासस
आइतवार, पुष ८, २०७५

कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी रु दुई ५० पैसाका दरले मूल्य बढाएको हो ।

1836
अमरराज आचार्य
आइतवार, पुष ८, २०७५

दाङका ६ वटा गाउँलाई समेटेर ‘स्मार्ट कृषि गाउँ’ निर्माण गरिने भएको छ । स्मार्ट कृषि गाउँ निर्माणको प्रक्रियासमेत सुरु भएको छ । कृषि व्यवसायका माध्यमबाट कृषकको आयस्तरवृद्धि गर्ने उद्देश्यले प्रदेश सरकार भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको ‘एक सांसद एक स्मार्ट कृषि गाउँ’ कार्यक्रमअन्तर्गत जिल्लाका ६ वटा गाउँलाई समेटर स्मार्ट कृषि गाउँ बनाउन लागिएको हो । त्यसका लागि चालू आर्थिक वर्षको बजेटमा प्रदेश सरकाले बजेटसमेत विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा गाउँ छनोट गरेर कार्यक्रम लागू गरिने छ ।

2150
रेशमराज रोकाया
आइतवार, पुष ८, २०७५

कर्णाली प्रदेश योजना आयोगले ५ वर्षमा कर्णाली प्रदेशका जनताको प्रतिव्यक्ति आय २१ सय अमेरिकी डलर पु¥याउने महत्वाकांक्षी योजना बनाएको छ । कर्णाली प्रदेशका नागरिकको हाल प्रतिव्यक्ति आय ८ सय डलर रहेकोमा यसलाई बढाउने गरी योजनाहरू बनाइने प्रदेश योजना आयोगले जनाएको छ ।

1098
कारोबार संवाददाता
आइतवार, पुष ८, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली अर्थतन्त्र सधैं विदेशी पुँजीमा निर्भर रहन नहुने बताएका छन् । उनले पूँजी निर्माणको अभिन्न अंग राजस्व भएकाले राजस्व बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

909
कारोबार संवाददाता
शुक्रवार, पुष ६, २०७५

‘संविधानमा सम्पत्तिमाथिको अधिकार : पारिवारिक निजी वन महिलाको समृद्घिको आधार’ भन्ने नाराका साथ दुई दिने राष्ट्रिय महिला वन किसान सम्मेलन काठमाडौंमा सुरु भएको छ । पारिवारिक निजी वन भएका महिलाको हक अधिकार स्थापित, क्षमता अभिवृद्धि र प्राकृतिक स्रोत व्यवस्थापनमा अब्बल बनाउनका लागि यो सम्मेलन गरिएको हो ।

1002
दीननाथ बराल
शुक्रवार, पुष ६, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको इतिहासमै आर्थिक वृद्धिदर उच्चरूपमा बढेको दाबी गरेका छन् । पोखराको तालचोकमा बिहीबारदेखि सुरु भएको १५ औं संस्करणको लेखनाथ महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले नेपालको आर्थिक बृद्धिदर ६.६३ प्रतिशत पुग्न लागेको भन्दै यो इतिहासकै उच्च भएको दाबी गरेका हुन् ।

2394
निरु अर्याल
शुक्रवार, पुष ६, २०७५

मेलम्ची खानेपानीको इटालियन ठेकेदार भाग्न खोजेपछि यस विषयलाई संसदीय समितिले पनि गम्भीर रुपमा प्रश्न उठाएको छ । प्रतिनिधि सभाको अर्थ समितिमा बिहीबार यस सम्बन्धमा चर्काचर्की नै भएको छ ।

1147
रासस
शुक्रवार, पुष ६, २०७५

कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरिरहनुभएकी दाङ लालमटीयाका दुर्गा सार्कीले व्यवसायलाई निन्तरता दिएका कारण आम्दानी गर्नाका साथै पक्की घरसमेत निर्माण गर्न सफल हुनुभएको छ ।ग्रामीण महिला उत्थान केन्द्रबाट ऋण लिएर बङ्गुरपालन शुरु गरेपछि दुर्गाको आम्दानीको स्रोत बढ्दै गएकाले पक्की घर निर्माण गर्नुभएको हो। अहिले उहाँसंग ६० वटा बङ्गुर छन् ।

930
कारोबार संवाददाता
बिहिवार, पुष ५, २०७५

चिनी उद्योगीहरूले गत आर्थिक वर्षमा मागभन्दा धेरै चिनी आयात भएकाले किसानको बक्यौता रकम तिर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकमा चिनी उद्योगीहरूले सरकारले गत आर्थिक वर्षमा अन्तर्राष्ट्रिय बजारबाट मागभन्दा धेरै चिनी आयात गरेका कारण कृषकहरूको बक्यौता रकम तिर्न नसकेको बताएका हुन् ।

812
अनुपमा खनाल
बिहिवार, पुष ५, २०७५

यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित भएका छन् । धमाधम सुन्तला बिक्री गरिरहेका किसान उत्पादनसँगै आम्दानी बढ्ने भएपछि उत्साहित भएका हुन् । सुन्तलाका बोटमा स्याहार पुग्नुका साथै पर्याप्त सिँचाइ पुगेकाले उत्पादन बढेको किसानहरूले बताएका छन् ।

1001
कारोबार संवाददाता
बिहिवार, पुष ५, २०७५

भोजपुर नगरपालिका–१० भैंसीपंखका २७ घरपरिवारले चियाको व्यावसायिक खेती सुरु गरे । भैंसीपंखका किसानले प्रसस्त बजार पाउने आशमा ढुक्क भई करिब ८ वर्ष अघि ६६ रोपनी जग्गामा व्यावसायिक चिया खेती सुरु गरेका थिए ।

1082
लक्ष्मी सापकोटा
बिहिवार, पुष ५, २०७५

नेपाल खाद्य संस्थानले विभिन्न जिल्लाका किसानबाट धान खरिद गर्न सुरु गरेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार संस्थानले धान खरिद प्रक्रिया थालेको हो ।

894
कारोबार संवाददाता
बिहिवार, पुष ५, २०७५

भूकम्प प्रभावित तीन जिल्लामा कृषि अनुसन्धान तथा प्रविधि विस्तारका लागि चीन सरकारले २ करोड ७० लाख युवान सहयोग गर्ने भएको छ । दुई देशका अधिकारीबीच गरिएको सम्झौताअनुरूपको यो रकम हालको मूल्यमा करिव ४४ करोड रूपैयाँ हो ।

957