कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

कर्मचारी सञ्चय कोषको नाफा पौने २ अर्ब नाघेको छ । आर्थिक वर्ष २०७३-०७४ को अन्तिम लेखा परीक्षणपछि सञ्चय कोषको खुद मुनाफा १ अर्ब ८९ करोड पुगेको हो । यो अघिल्लो आर्थिक वर्षको भन्दा ३१ करोड रुपैयाँ बढी हो ।

1006
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले देशको आर्थिक विकासमा ढुवानी व्यवसायीको भूमिका उल्लेखनीय रहेको बताएका छन् । तराई यातायात व्यवसायी संघ सिमराको १३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले ढुवानी व्यवसायीलाई सरकारसँग हातेमालो गरेर अघि बढ्न आग्रह गरे ।

646
भगवान खनाल
बिहिवार, चैत्र १, २०७४

आगामी आर्थिक वर्षको बजेट तथा योजना तर्जुमाको प्रक्रियामा रहेका स्थानीय सरकारका लागि संघीय सरकारले परिमार्जनसहितको कार्यविधि सार्वजनिक गरेको छ । स्थानीय सरकारले निर्माण गर्ने तिनको बजेट तथा योजना प्रक्रियामा सजिलोपना र सहजीकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो कार्यविधि सार्वजनिक गरेको हो ।

2117
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४

पर्यटकीय नगरी पोखरामा ट्राफिक प्रहरीले सक्रियता बढाएसँगै राजस्व संकलनमा वृद्धि भएको छ । ट्राफिक प्रहरीले गत वर्षको ७ महिनाभन्दा यस आर्थिक वर्षको सोही अवधिमा ५३ लाख ३५ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

1412
निरु अर्याल
बुधवार, फाल्गुन ३०, २०७४

विश्व बैंकले नेपालको गरिवी निवारण र आर्थिक वृद्धिका लागि ६ वटा क्षेत्रलाई प्राथमिकता दिन सुझाव दिएको छ । मुलकले संघीय शासन व्यवस्थाको कार्यान्वयन सुरु गरेसँगै विश्व बैंकले आर्थिक वृद्धिका लागि ६ क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएको हो ।

1287
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २९, २०७४

बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने मेलौली नगरपालिकाका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य छन् । मेलौली नगरपालिका–८ का ४ सयभन्दा बढी घरपरिवार आफ्नो घर, जग्गा तथा सम्पत्तिको कर डडेल्धुरामा पुगेर तिर्दै आएका छन् । ०३२ सालभन्दा अगाडि उक्त क्षेत्र डडेल्धुरामा राखिएकाले राजस्व बुझाउन सोही जिल्लामा जानुपरेको मेलौली नगरपालिका–८ का वडा सदस्य प्रेमसिंह विष्टले बताए ।

849
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २९, २०७४

दुई-चार हजार रुपैयाँ आवश्यक पर्दा साहुकहाँ ऋण माग्न जानुपर्ने समस्याबाट मुक्त भएकोमा अन्नपूर्ण गाउँपालिका–६ कुटमुनीकी विष्णु खड्का दंग परेकी छन् । दशक अघि माइतीबाट दुइटा पाठापाठी ल्याएर बाख्रा पाल्न सुरु गरेकी खड्काले अहिले बाख्रा बेचेरै वार्षिक दुईदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेकी छिन् । “साहुले ऋण नपत्याएर माईतीबाट पाठापाठी ल्याएर बाख्रा पाल्न थालेकी थिएँ,” खड्काले भनिन्, “एक वर्षयता २३ वटा बाख्रा र १५ वटा खसीबोका बेचें । घरव्यवहार र छोराछोरीको पढाइ खर्च धानिएको छ ।”

1287
कारोबार संवाददाता
सोमवार, फाल्गुन २८, २०७४

मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् । मिडिया इन्टरनेसनलको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा गरिएको कार्यक्रममा सरोकारवालाहरूले मुलुकमा राजनीतिक स्थायित्व भइसकेकाले अब उद्यमशीलताको विकासमा लाग्नुपर्ने बताएका हुन् ।

1053
निरु अर्याल
सोमवार, फाल्गुन २८, २०७४

चालू आर्थिक वर्षमा खर्च गर्न रकम अभाव हुने भएपछि सरकारलाई विभिन्न शीर्षकका खर्च कटौती गर्ने भएको छ । विनियोजित बजेटमै स्रोत जुटाउन कठिन भइरहेको सरकारलाई ४ खर्ब बढीको गैरबजेटरी माग आएपछि उसले विभिन्न शीर्षकमा खर्च कटौती गर्ने भएको हो । अर्थ मन्त्रालयले इन्धन, मर्मत, कार्यालय सामग्री, सेवा तथा परामर्श र भ्रमणलगायतका खर्चमा नियन्त्रण गर्ने तयारी गरेको छ ।

2005
शिव बोहरा
सोमवार, फाल्गुन २८, २०७४

वाणिज्य बैंकहरूमा तरलता अभावको असर अटो बजारमा परेको छ । लगानीयोग्य पुँजी अभावले उत्पादनशील क्षेत्रमात्र नभइ सरकारले अनुत्पादक मानेको सवारीसाधन कर्जा समेत खुम्चिँदा यसको व्यापार खस्किएको छ ।

3280
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

पश्चिम नेपालकै प्रमुख नाकाको रुपमा रहेको नेपालगन्ज भन्सार कार्यालयबाट बर्सेनि आयात वृद्धि हुँदै गएको छ । सरकारले आयात घटाउने र निर्यात बढाउने नीति लिए पनि यो नाकाबाट आयात र निर्यातको अन्तर धेरै नै फरक देखिएको छ ।

683
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निस्कासनको अन्तिम तयारी गरेको छ । धितोपत्र बोर्डबाट स्वीकृत पाए लगत्तै सेयर निष्कासनका लागि कम्पनीको सेयर निष्कासनकर्ता नागरिक लगानी कोष र सनराइज क्यापिटल पनि तयारी अवस्थामा छन् ।

3032
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

सिन्धुलीका भूकम्प प्रभावितले अझैसम्म सहुलियत कर्जा पाउन सकेका छैनन् । विभिन्न बहाना देखाउँदै बंैकहरूले कर्जा नदिएपछि प्रभावितहरू समस्यामा परेका छन् ।

1605
निरु अर्याल
बिहिवार, फाल्गुन २४, २०७४

सरकारले चालू आर्थिक वर्षमा लिइएको आर्थिक वृद्धिको लक्ष्य घटाएको छ । अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत आर्थिक वृद्धिको लक्ष्य संशोधन गरी ६ प्रतिशतमा झारेको हो । गत जेठ १५ गते सार्वजनिक गरिएको बजेटमा ७.२ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य थियो । मध्यावधि समीक्षामा सरकार निर्वाचनमा केन्द्रित भइ विकास खर्च हुन नसक्दा तथा चालू खर्च अनपेक्षित रूपमा बढ्दा लक्ष्यअनुसार आर्थिक वृद्धि नहुने देखिएको उल्लेख गरिएको छ ।

2123
नीरज पिठाकोटे
बुधवार, फाल्गुन २३, २०७४

तेस्रो मुलुकसँगको व्यापारमा बिचौलियाहरूको दबदबाले आयातकर्ताको लागत बढ्दा त्यसको सीधा भार नेपाली उपभोक्ताको थाप्लोमा परिरहेको छ । भू–परिवेष्ठित मुलुक नेपालको आयातमुखी व्यापार बर्सेनि बढे पनि व्यापार सहजीकरणसमेत नहुँदा नेपालमा आयातित वस्तुको मूल्य अस्वभाविक देखिएको छ ।

1575