कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

पूर्वी नाका काकरभिट्टाबाट बर्सेनि पेट्रोलियम पदार्थको आयात बढ्दै गएकोे छ । सवारी साधनको संख्या बढ्दै गएकाले पनि पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात बढेको मेची भन्सार कार्यालयले जनाएको छ ।

922
प्रगति ढकाल
बुधवार, माघ २४, २०७४

नेपालको वनजन्य उद्योगमा निजी क्षेत्रले हालसम्म करिव ८६ अर्ब लगानी रहेको पाइएको छ । पछिल्लो समय वन पैदावारको माग बढेसँगै वनजन्य उद्योगमा लगानी गर्न निजी क्षेत्र उत्साहित देखिएका छन् ।

1556
रासस
मंगलबार, माघ २३, २०७४

विद्युत्भार कटौतीको अन्त्यपछि मुलुकको औद्योगिक क्षमतामा ९ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको आर्थिक वर्ष २०७३-७४ को आर्थिक गतिविधिको अध्ययन प्रतिवेदनअनुसार आव २०७२-७३ भन्दा ९ दशमलव १ प्रतिशतले औद्योगिक क्षमतामा वृद्धि भएको पाइएको हो ।

1106
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

विभिन्न स्थानमा कारोबार गर्ने व्यवसायीलाई करको दायरामा ल्याएपछि पाल्पामा राजस्व संकलनसमेत बढेको छ । करदाता सेवा कार्यालय पाल्पाले करछलीसम्बन्धी कानुनी कारबाही, करदाता शिक्षा सञ्चालन, बजार अनुगमनलाई प्रभावकारी बनाएपछि करको संकलन वृद्धि भएको हो ।

2326
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

ठगहरूको एउटा गिरोहले म्याग्दीका चार दर्जनभन्दा बढी व्यक्तिलाई सित्तैमा घडेरी दिएर करोडौं ऋणमा डुबाएका छन् । सर्वसाधारण नागरिकलाई आफ्नो नामको जग्गा दिएर बैंकमा धितो राख्न लगाई ऋण निकालेर आफूले प्रयोग गरी ऋणमा डुबाएका हुन् ।सो गिरोहले मिलेमतो गरेर धितोमा राखेको कमसल घडेरी र जग्गालाई बढी मूल्यांकन गराई ऋण निकालेर कर्जा प्रवाह गर्ने वित्तीय संस्थालाई समेत हानी नोक्सानी पुर्याएको अभियोगमा बैंकिङ कसुरको मुद्दा परेको छ ।

4039
निरु अर्याल
सोमवार, माघ २२, २०७४

संघीय संरचनाअनुसार बजेट ल्याउने तयारी गरिरहेको सरकारलाई २ खर्ब ८० अर्ब रुपैयाँ बरारबरको स्रोत अपुग हुने देखिएको छ । संघीय संरचनामा मुलुक प्रवेश गरे पनि परम्परागत रूपमै सरकारले १४ खर्ब ९८ अर्बको बजेट ल्याउने गृहकार्य गरेको छ । चालू आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्बको बजेट ल्याएको सरकारले परम्परातगत स्रोतकै आधारमा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी थालेको हो । संघीय संरचनाअनुसार प्रत्येक वर्षको जेठ १५ मा बजेट ल्याउने संवैधानिक ब्यवस्था छ ।

2395
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

भैरहवा क्षेत्रका भन्सार एजेन्टहरूले भन्सारबाट हुने ढिला–सुस्तीका कारण आयात निर्यातमा समस्या देखिएको भन्दै त्यस्ता ढिला–सुस्ती समाधान गर्न सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

1081
लक्ष्मी सापकोटा
आइतवार, माघ २१, २०७४

साल्ट ट्रेडिङ कर्पाेरेसनले भूकम्पका बेला खरिद गरेका जस्तापाता बिक्री गर्न टेन्डर आह्वान गरेको छ । सरकारले जस्तापाता बिक्री गर्न स्वीकृत दिएपछि कर्पाेरेसनले ३० दिने सूचना सार्वजनिक गरेर बिक्री खुला गरेको हो । लामो समय बिक्री नभई गोदाममा थन्किएपछि अहिले आएर बजार मूल्यअनुसार बिक्री गर्न कर्पाेरेसनले सूचना सार्वजनिक गरेको हो ।

2144
लक्ष्मी सापकोटा
आइतवार, माघ २१, २०७४

कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ६ महिनामा १४ अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो । तर, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको छ ।

2327
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

सातै प्रदेशका अस्थायी राजधानीमा मन्त्रालयलगायत अत्यावश्यकीय सरकारी कार्यालयको सजावट तथा रंगरोगन र व्यवस्थापनमा जथाभावी खर्च भइरहेको पाइएको छ । प्रदेशसभा, मन्त्रालय तथा सरकारी अधिकारीको निवासको लागि अस्थायी राजधानी तोकिएका विराटनगर, पोखरा, हेटौंडा, बुटवल, धनगढी, जनकपुर र सुर्खेतस्थित केही सरकारी कार्यालय सजावट तथा रंगरोगनको काम तीब्रताका साथ गरिएको छ । प्रादेशिक सरकारी कार्यालयहरू व्यवस्थापन गर्ने काम हतारकासाथ गर्दा खर्चमा मितव्ययिता नभएको स्थानीय सरोकारवालाले बताएका छन् ।

1500
निरु अर्याल
शनिवार, माघ २०, २०७४

मन्त्रिपरिषद्ले घोषणा गरेका पपुलिष्ट कार्यक्रमले यस वर्ष बजेट नपाउने भएका छन् । चालू आर्थिक वर्षको बजेटमा समावेश गरिएभन्दा बाहेकका कार्यक्रममा बजेट खर्च गर्न नपाइने प्रावधानका कारण मन्त्रिपरिषद्ले घोषणा गरेका पपुलिष्ट कार्यक्रमले चालू आवमा बजेट नपाउने भएका हुन् ।

914
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

निर्माण व्यवसायीहरूले सिमेन्ट, छडलगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । उद्योगहरूले एकतर्फीरुपमा सिमेन्ट, छडलगायतका निर्माण सामग्रीमा अप्रत्यासित ढंगले चर्को मूल्यवृद्धि गरेको भन्दै व्यवसायीहरूले तत्काल फिर्ता लिन माग गरेका हुन् ।

1051
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी खाना पकाउने एलपी ग्यासबाहेक सवै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले डिजेल र मटीतेल प्रतिलिटर २-२ रूपैयाँ, पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर पाँच रूपैयाँ र बाह्यमा प्रतिकिलोलिटर एक सय डलर गरिएकोे प्रवक्ता वीरेन्द गोइतले जानकारी दिए ।

1195
कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले प्रदेश नं ७ का पहाडी जिल्लाका लागि वार्षिक १५ करोड रुपैयाँको खाद्यान्न खरिद गरेर बिक्री वितरण गर्दै आएको छ ।

1176
कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

अर्थविद्हरुले अवैध धनलाई प्रोत्साहन गर्न नहुने बताएका छन् । रिपोर्टर्स क्लबले मंगलबार काठमाडौंमा गरेको अन्तक्र्रियामा अर्थविद्हरुले अवैध धनलाई प्रोत्साहन गरेमा मुलुकमा भ्रष्टाचार मौलाउने दाबी गरेका हुन् ।अर्थविद् डा. शंकर शर्माले अवैध धनलाई प्रोत्साहन गर्न थालिए राजनीतिज्ञ र कर्मचारीले गर्ने भ्रष्टाचार, गुण्डागर्दी र धम्क्याएर आर्जन गरेको पैसा पनि बैंकिङ प्रणालीमा सहजै आउने भएकाले त्यस्तो गर्नै नहुने बताए ।

1089