कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

सरकारले बजेट खर्च गर्न नसकेपछि ढुकुटीमा जम्मा हुने क्रम बढेको छ । चालू आर्थिक वर्षको पुससम्ममा सरकारी ढुकुटीमा ३०३ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

1199
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि समयमै सेयर जारी हुन नसक्दा मासिक साढे २ करोड रुपैयाँभन्दा बढी व्ययभार थपिएको छ । आयोजनामा सर्वसाधरणको २५ प्रतिशत अर्थात २ अर्ब ६४ करोड ७५ लाख लगानी गर्नेगरी वित्तीय व्यवस्थापन भए पनि निर्माण सम्पन्न हुने बेलासम्म सेयर जारी हुन सकेको छैन ।

2023
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

नगारिक लगानी कोषलाई तत्काल लगानी विस्तार गर्न नागरिक लगानी कोष ऐन नै बाधक भएको छ । लगानी विस्तार गर्न नपाउँदा कोषले बचतकर्ताको रकम बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा राखेको छ ।

890
निरु अर्याल
आइतवार, माघ २८, २०७४

सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयले विनियोजित शीर्षकमा खर्च गर्न नसके पनि गैरबजेटरी माग गर्ने क्रममा भने ‘रेकर्ड’ नै कायम गरेका छन् । १२ खर्ब ७९ अर्बको बजेट ल्याएको सरकारसँग आर्थिक वर्षको ६ महिनामै ४ खर्ब रुपैयाँको गैरबजेटरी माग भएको छ ।

1886
लक्ष्मी सापकोटा
आइतवार, माघ २८, २०७४

नेपाललाई चीन सरकारले अनुदानमा उपलब्ध गराएको तोरीको तेल बिक्री नहुँदा गोदाममै थन्किएको छ । अनुदानको तेल न्यून गुणस्तरको पाइएपछि नेपाल खाद्य संस्थानले साबुन उद्योगलाई बिक्री गर्न पटक–पटक टेन्डर आह्वान गरेको थियो । तीन पटकसम्म टेन्डर आह्वान गरेर मूल्य घटाए पनि बिक्री नभएको संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । खान अयोग्य तेल साबुन बनाउन र बत्ती बाल्न प्रयोग हुन्छ ।

1317
कारोबार संवाददाता
शुक्रवार, माघ २६, २०७४

पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै १६ करोड रुपैयाँको लगानीमा होटल ताज सञ्चालनमा आएको छ । जिल्लामै पहिलो पटक लिफ्ट प्रविधिसहितको अत्याधुनिक होटल युवा व्यवसायी माधव जिसीले सञ्चालनमा ल्याएका हुन् । तानसेनको टुँडिखेल छेउमै पाल्पामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि होटल ताज सञ्चालनमा ल्याएको सञ्चालक मुक्तिराम जिसीले बताए ।

2037
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

२०७२ सालको भूकम्पदेखि बन्द रहेको नेपाल–चीनबीचको तातोपानी नाका नखुलेपछि आसपासका बासिन्दाले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न व्यावसायिक स्याउ खेती गर्न थालेका छन् । बाढी, पहिरो र नाकाबन्दीका कारण स्थानीयमा आर्थिक समस्या बढेपछि त्यसको समाधानका लागि स्थानीयले स्याउ खेती सुरु गरेका हुन् ।

1063
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

गुल्मीको चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर तोकिनुअघि नै प्रतिहात एक लाख रुपैयाँमा जग्गा किनबेच हुन्थ्यो । अहिले जग्गाको भाउ बढेर दोब्बर भएको छ । सिंगो गाउँपालिकाको पूर्वाधार र भवन निर्माणलाई अहिले पनि जग्गा अभाव छ । ‘किसानका लागि उन्नत बिउबिजन’ कार्यक्रमले भवन निर्माणका लागि रकम उपलब्ध गराएपछि गाउँपालिकाले तत्काल जग्गाको खोजी गरेको थियो ।

1242
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको रकम नरोक्न अन्तरिम आदेश दिएको छ । नेपाल राष्ट्र बैंकले रोक्का गरेको झन्डै ४ अर्ब रकम निकासा गर्न पाउँ भन्दै व्यवसायी सुमार्गीले अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । राष्ट्र बैंकविरुद्ध नेपाल स्याटलाइट टेलिकम कम्पनीका तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले रकम निकासा माग गर्दै रिट दर्ता गराएका थिए ।

844
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

पूर्वी नाका काकरभिट्टाबाट बर्सेनि पेट्रोलियम पदार्थको आयात बढ्दै गएकोे छ । सवारी साधनको संख्या बढ्दै गएकाले पनि पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात बढेको मेची भन्सार कार्यालयले जनाएको छ ।

921
प्रगति ढकाल
बुधवार, माघ २४, २०७४

नेपालको वनजन्य उद्योगमा निजी क्षेत्रले हालसम्म करिव ८६ अर्ब लगानी रहेको पाइएको छ । पछिल्लो समय वन पैदावारको माग बढेसँगै वनजन्य उद्योगमा लगानी गर्न निजी क्षेत्र उत्साहित देखिएका छन् ।

1554
रासस
मंगलबार, माघ २३, २०७४

विद्युत्भार कटौतीको अन्त्यपछि मुलुकको औद्योगिक क्षमतामा ९ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको आर्थिक वर्ष २०७३-७४ को आर्थिक गतिविधिको अध्ययन प्रतिवेदनअनुसार आव २०७२-७३ भन्दा ९ दशमलव १ प्रतिशतले औद्योगिक क्षमतामा वृद्धि भएको पाइएको हो ।

1106
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

विभिन्न स्थानमा कारोबार गर्ने व्यवसायीलाई करको दायरामा ल्याएपछि पाल्पामा राजस्व संकलनसमेत बढेको छ । करदाता सेवा कार्यालय पाल्पाले करछलीसम्बन्धी कानुनी कारबाही, करदाता शिक्षा सञ्चालन, बजार अनुगमनलाई प्रभावकारी बनाएपछि करको संकलन वृद्धि भएको हो ।

2325
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

ठगहरूको एउटा गिरोहले म्याग्दीका चार दर्जनभन्दा बढी व्यक्तिलाई सित्तैमा घडेरी दिएर करोडौं ऋणमा डुबाएका छन् । सर्वसाधारण नागरिकलाई आफ्नो नामको जग्गा दिएर बैंकमा धितो राख्न लगाई ऋण निकालेर आफूले प्रयोग गरी ऋणमा डुबाएका हुन् ।सो गिरोहले मिलेमतो गरेर धितोमा राखेको कमसल घडेरी र जग्गालाई बढी मूल्यांकन गराई ऋण निकालेर कर्जा प्रवाह गर्ने वित्तीय संस्थालाई समेत हानी नोक्सानी पुर्याएको अभियोगमा बैंकिङ कसुरको मुद्दा परेको छ ।

4038
निरु अर्याल
सोमवार, माघ २२, २०७४

संघीय संरचनाअनुसार बजेट ल्याउने तयारी गरिरहेको सरकारलाई २ खर्ब ८० अर्ब रुपैयाँ बरारबरको स्रोत अपुग हुने देखिएको छ । संघीय संरचनामा मुलुक प्रवेश गरे पनि परम्परागत रूपमै सरकारले १४ खर्ब ९८ अर्बको बजेट ल्याउने गृहकार्य गरेको छ । चालू आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्बको बजेट ल्याएको सरकारले परम्परातगत स्रोतकै आधारमा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी थालेको हो । संघीय संरचनाअनुसार प्रत्येक वर्षको जेठ १५ मा बजेट ल्याउने संवैधानिक ब्यवस्था छ ।

2394