कारोबार संवाददाता
बिहिवार, फाल्गुन १७, २०७४

नेपालले तत्काल विकासशील राष्ट्रको समूहमा स्तरोन्नति नहुने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सन् २०२१ भन्दा अघि विकासशील राष्ट्रमा जानसक्ने अवस्था नरहेको प्रष्टयाउँदै सोहीअनुसारको जानकारी संयुक्त राष्ट्र संघलाई गराउन परराष्ट्र मन्त्रालयलाई स्विकृति दिएको छ ।

1644
निरु अर्याल
बिहिवार, फाल्गुन १७, २०७४

सरकारले वैशाख १ गतेदेखि राजस्व संकलन र भुक्तानीको काम विद्युतीय माध्यमबाट गर्ने भएको छ । छैठौ करदाता दिवसका अवसरमा घोषणा गरिएको सरकारको महत्वाकांक्षी योजना वैशाखदेखि कार्यान्वयनमा आउने भएको हो ।

1570
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १७, २०७४

संविधानमै खाद्य अधिकार सुनिश्चित भए पनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको भन्दै खाद्य अधिकारकर्मीले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले संविधानको अधिकार प्रत्याभूति गराउन स्थानीय, प्रादेशिक र संघीय सरकार गम्भीर बन्नुपर्ने सुझाव दिएका छन् ।

917
कारोबार संवाददाता
बुधवार, फाल्गुन १६, २०७४

मुलुकभरका कृषक समूहहरूले संकलन गरेको कोष सञ्चालनका लागि नयाँ मोडेल अपनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । उनीहरूले सहकारी जस्तो औपचारिक नभएका तर जिल्ला कृषि तथा पशु कार्यालयमा दर्ता गरी सञ्चालनमा रहेका साना कृषकहरूको ‘समूह हितकोष’ सञ्चालनको विधिगत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

1408
लक्ष्मी सापकोटा
बुधवार, फाल्गुन १६, २०७४

नेपाल खाद्य संस्थानले यो वर्ष लक्ष्यअनुसार धान खरिद नगर्ने भएको छ । धानको मूल्य महँगो भएकाले संस्थानले यो वर्ष कम धान खरिद गर्न लागेको हो । महँगो मूल्यमा धान खरिद गर्दा उपभोक्तालाई सहुलियत मूल्यमा वितरण गर्न नसकिने भन्दै संस्थानले कम परिणाममा धान खरिद गर्न लागेको हो । संस्थानले अहिलेसम्म एक लाख क्विन्टल धान खरिद गरेको छ । संस्थानका विभागीय प्रवन्धक श्रीमणिराज खनालले धानको मूल्य बढेकाले यो वर्ष कम धान खरिद गरिने जानकारी दिए ।

1423
कारोबार संवाददाता
बुधवार, फाल्गुन १६, २०७४

अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रसँग मिलेर आर्थिक विकासको लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएका छन् । निजी क्षेत्रसँग मिलेर पूर्वाधारको विकासमा वार्षिक ६ खर्ब रुपैयाँ लगानी गर्ने उनले बताए । औद्योगिक क्षेत्रको विस्तारमार्फत रोजगारी सिर्जना र आर्थिक विकास सरकारको मुख्य लक्ष्य रहेको भन्दै उनले निजी क्षेत्रका समस्याबारे आफू जानकार रहेको र त्यसलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको जनाए ।

5687
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १५, २०७४

बर्दियामा आलु तथा केराको पूर्व मूलबीउ उत्पादन प्रयोगशाला सञ्चालनमा आएको छ । आलु, केरा तथा फलफूलको गुणस्तरिय पिविएस मूलबीउ उत्पादन गरी उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यले बर्दियाको बाँसगढी नगरपालिका–८ लक्ष्मणामा पूर्व मूलबीउ उत्पादन प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

1003
निरु अर्याल
सोमवार, फाल्गुन १४, २०७४

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू एनसेल र नेपाल टेलिकमलाई पछ्याउँदै दुई उत्पादनमूलक कम्पनी सूर्य नेपाल र गोरखा ब्रुअरीले चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी कर बुझाएका छन् । यस अवधिमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, र कृषि विकास बैंक पनि धेरै कर तिर्ने करदाताको सूचीमा परेका छन् । यस्तै, नेपाल वायुसेवा निगम पनि धेरै कर तिर्ने कम्पनीको सूचीमारहेको ठूला करदाताको कार्यालयले जनाएको छ ।

3386
कारोबार संवाददाता
सोमवार, फाल्गुन १४, २०७४

रामपुर–६ विजयपुरका एक कृषक भैंसीपालनबाट मासिक डेढ लाख कमाउँछन् । स्थानीय कृषक कृष्ण अर्यालले २२ वटा भैंसीमार्फत दैनिक ९० लिटर दूध बिक्री गरेर मासिक एक लाख ६० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन् । अर्याल श्रीकृष्ण उन्नत भैंसी विकास तथा बीउबिजन उत्पादन स्रोतकेन्द्र स्थापना गरी केन्द्रका प्रमुखसमेत हुन् । १० वर्षदेखि व्यावसायिक रूपमा पशुपालनमा लागेका अर्याललाई बजारको समेत कुनै चिन्ता छैन । उनले अहिले २२ वटा भैंसी र ३ गाई पालेका छन् । गोठमा रहेका भैंसीबाट आउने दैनिक ९० लिटर दूध प्रतिलिटर ६५ रुपियाँमा रामपुर बजारमा बिक्री गर्दै आएको अर्यालले जानकारी दिए । दैनिक ९० लिटर दूध स्थानीय रामपुर बजारमै बिक्री भएको, र यसले गर्दा आम्दानी पनि राम्रै भएको उनको भनाइ छ । उनले आफ्नो फार्ममा दूध बिक्रीबाट भएको आम्दानीले थप भैंसी थप्ने योजना रहेको बताए ।

2213
कारोबार संवाददाता
आइतवार, फाल्गुन १३, २०७४

स्थानीय तहको निर्वाचनपछि नेपालगन्ज उपमहानगरपालिकाले आन्तरिक आम्दानी वृद्धि गरेको छ । चालू आर्थिक वर्षको ७ महिनामा उपमहानगरपालिकाले गत आर्थिक वर्षभन्दा ७४ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

917
लक्ष्मी सापकोटा
शुक्रवार, फाल्गुन ११, २०७४

पेट्रोलियम पदार्थको ढुवानी गर्दा ट्यांकर चालकले बाटोमै मिसावट गर्ने गरेको पाइएको छ । इन्धन बोकेर आएका ट्यांकरको गुणस्तर परीक्षण गर्दा समस्या देखिएको नेपाल आयल निगमले जानकारी दिएको छ । इन्धनको गुणस्तरमा कैफियत भेटिएपछि निगमले दुइटा ट्यांकरलाई कारबाही गरेको छ ।

1222
निरु अर्याल
शुक्रवार, फाल्गुन ११, २०७४

सार्वजनिक संस्थानमा भएको सरकारी लगानीको साँवा र ब्याज समयमै चुक्ता नगरे सेवा र सुविधा रोकिने भएको छ । सार्वजनिक संस्थानहरूले समयमै विवरण नबुझाउने तर आफूखुसी सुविधा थप्दै जाने प्रवृत्ति देखिएपछि सरकारले यसलाई कडाइ गर्न लागेको हो । कतिपय संस्थानले राज्यमाथि अत्यधिक दायित्वसमेत थप्दै गएपछि सरकारले यस्तो चेतावनी दिएको छ ।

1301
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १०, २०७४

सरकारले समयमै बजेट ल्याएर स्थानीय तहमा पठाए पनि बजेट खर्च गर्न निकै जटिलता देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिले आफूलाई सर्वशक्तिमान सम्झिँदा बजेट खर्च गर्न जटिलता देखिएको हो । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयले स्थानीय तहका कतिपय जनप्रतिनिधिले कानुनी व्यवस्था र प्राविधिक विषयलाई बेवास्ता गर्दा जटिलता देखा परेको बताएको छ । सचिवालयका अनुसार कतिपय स्थानीय तहले शिक्षक र स्वास्थ्यका कर्मचारीको तलव बाटो खन्न खर्च गरेका छन् ।

1146
लक्ष्मी सापकोटा
बुधवार, फाल्गुन ९, २०७४

नेपालले पछिल्लो ६ महिनामा कुल वस्तु निर्यातबाट प्राप्त रकमभन्दा करिब दोब्बर रकम बराबरको इन्धनमात्र आयात गरेको छ । नेपालले पुस मसान्तसम्ममा कुल ४१ अर्ब १४ करोडको वस्तु निर्यात गरेको थियो भने पेट्रोलियम पदार्थमात्र झन्डै दोब्बर अर्थात ७५ अर्ब २० करोड रुपैयाँ बराबरको आयात गरेको नेपाल आयल निगमले जनाएको छ ।

1477
भगवान खनाल
मंगलबार, फाल्गुन ८, २०७४

आगामी आर्थिक वर्षको बजेटमा प्रदेश र स्थानीय सरकारलाई नेपालको संविधानले प्रदत्त गरेका चारै किसिमका वित्तीय हस्तान्तरण हुने सम्भावना देखिएको छ । आगामी वर्षको बजेट निर्माणका प्रारम्भिक कार्यहरू चल्दै गर्दा प्रदेश र स्थानीय सरकारलाई संविधानबमोजिम वित्तीय हस्तान्तरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

2500