लक्ष्मी सापकोटा
बुधवार, असार २०, २०७५

नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यास बिक्री गर्दा प्रतिसिलिन्डर २ सय ३३ रुपैयाँ घाटा हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय ग्यासको मूल्य लगातार बढ्दै गएपछि निगमलाई सबैभन्दा धेरै घाटा ग्यासमा भएको हो । ग्यासको मूल्य बढेर आए पनि निगमले उपभोक्तालाई असर पर्ने भन्दै मूल्य समायोजन गरेको छैन ।

1085
कारोबार संवाददाता
बुधवार, असार २०, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले घरजग्गा कारोबारीलाई सट्टेबाजको संज्ञा दिएका छन् । उनले घरजग्गामा सट्टेबाजी सरकारलाई सह्य नहुने चेतावनी पनि दिए ।

3171
कारोबार संवाददाता
बुधवार, असार २०, २०७५

अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विक्रीदर १ सय १० रुपैयाँ ३८ पैसा तोकेको छ । मंगलबार डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै सबैभन्दा कमजोर हो ।

2024
किरण आचार्य
बुधवार, असार २०, २०७५

काठमाडौं उपत्यकामा आँपको खपत यो वर्ष दोब्बरले बढेको छ भने मूल्य आधा घटेको छ । नेपालमा उत्पादन बढेका कारण यो सिजनमा भित्रने भारतीय आँप भित्रनै नपाएको व्यवसायीहरू बताउँछन् ।

1883
रासस
मंगलबार, असार १९, २०७५

चालू आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदा पूँजीगत खर्च ५३ प्रतिशतमात्र भएको छ । विकास निर्माणका कार्यले गति लिन नसक्दा विकास खर्चले अपेक्षित गति लिन नसकेको हो ।

871
लक्ष्मी सापकोटा
मंगलबार, असार १९, २०७५

सरकारले इन्धनका उपभोक्ताबाट विभिन्न शीर्षकमा पछिल्ला १० महिनामा ४३ अर्ब रुपैयाँ कर संकलन गरेको छ । सरकारले उपभोक्ताबाट विभिन्न शीर्षकमा १० महिनामा ४२ अर्ब ६३ करोड रुपैयाँ कर संकलन गरेको हो ।

1196
सरस्वती ढकाल
मंगलबार, असार १९, २०७५

सरकारले आगामी आर्थिक वर्ष (२०७५-७६) मा १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गर्ने लक्ष्य लिए पनि सरोकारवालाहरूले भने यसलाई असम्भव रहेको बताएका छन् । निकासी व्यापार वृद्धिका लागि ठोस र संरचनागत सुधार नगरी महत्वाकांक्षी लक्ष्य निर्धारण गरिएको भन्दै उनीहरूले यसलाई पूरा गर्ने कुनै आधार नरहेको टिप्पणी गरेका हुन् ।

1191
कारोबार संवाददाता
सोमवार, असार १८, २०७५

चालु आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदा पूँजीगत खर्च ५३ प्रतिशतमात्र भएको छ । विकास निर्माणका कार्यले गति लिन नसक्दा विकास खर्चले अपेक्षित गति लिन नसकेको हो ।

914
कारोबार संवाददाता
सोमवार, असार १८, २०७५

कृषि र पशुपालन क्षेत्रलाई व्यवस्थित र आत्मनिर्भर हुन संसद्ले ऐन र मन्त्रालयले नीति, नियमावली, निर्देशिका, कार्यविधि र रणनीति बनाएको छ ।

909
कारोबार संवाददाता
सोमवार, असार १८, २०७५

मध्य र सुदूरका १० जिल्ला हेर्ने आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा एक वर्षमा १३ हजार बढी करदाता थपिएका छन् । यसले संघीयतासँगै मुलुकमा करको दायरामा आउने र नयाँ व्यावसायिक प्रतिष्ठान थपिएको देखाउँछ ।

1505
केशव समर्पण
सोमवार, असार १८, २०७५

प्रदेश ३ मा आगामी आर्थिक वर्ष २०७५-०७६ को विनियोजन विधेयकमाथि शनिबारबाट छलफल सुरु भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आव ०७५-७६ को बजेटमा समावेश योजनाको सूची (कार्यक्रम पुस्तिका) प्रदेशसभा सदस्यलाई वितरण गर्न नसकेपछि सदनमा बजेट प्रस्तुत भएको करिब आधा महिनापछि बजेटमाथि छलफल सुरु भएको हो ।

762
निरु अर्याल
सोमवार, असार १८, २०७५

भन्सार नाकामा हुने अवैध कारोबारका कारण राज्यले कपडा आयातबाट मात्रै वार्षिक २० अर्ब रुपैयाँ बराबरको राजस्व गुमाउने गरेको एक अध्ययनले देखाएको छ ।

1088
कारोबार संवाददाता
आइतवार, असार १७, २०७५

नेपाल कृषिप्रधान मुलुक भए पनि खाद्यवस्तु भने निर्यातभन्दा आयात दोब्बरले वृद्वि भएको छ । नेपालमा भारतलगायतका तेस्रो देशबाट खाद्यवस्तुको निर्यातभन्दा आयात दोब्बरले वृद्वि भएको हो ।

1027
मीनकुमार नवोदित
आइतवार, असार १७, २०७५

सरकारले निकै तामझामका साथ राष्ट्रिय धान दिवस मनाए पनि सिँचाइ र रासायनिक मलको अभावका कारण प्रदेश–१ मा असार दोस्रो साता बितिसक्दा पनि ११ प्रतिशतमात्रै धान रोपाइँ भएको छ । साथै कृषिलाई राज्यले समेत व्यवहारमा महत्व नदिएका कारण एक दशकमा साविकको पूर्वाञ्चलमा २४ प्रतिशतले खेतीयोग्य जमिनमा ह्रास आएको छ ।

798
कारोबार संवाददाता
आइतवार, असार १७, २०७५

रुकुम पश्चिमका ६ स्थानीय तहमध्ये दुईले बजेट तथा नीति कार्यक्रम ल्याएका छन् । मुसिकोट नगरपालिकाले ६५ करोड ६४ लाख र चौरजहारीले ३६ करोड ५ लाख रुपैयाँको बजेट ल्याएका छन् ।

619