कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

दुई करोड रुपैयाँमा ठेक्का लागेको निकासी कर नउठाउन अदालतको आदेशपछि अन्योल छाएको छ । उच्च अदालत विराटनगरको इलामस्थित इजलासले जिल्ला समन्वय समिति इलामका नाममा जिल्ला निकासी कर नलिन अन्तरिम आदेश गरेपछि अन्योल छाएको हो ।

2396
लक्ष्मी सापकोटा
शुक्रवार, श्रावण २५, २०७५

तीन वर्षको अवधिमा बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट २२ अर्ब रुपैयाँ संकलन भएको छ । उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाल आयल निगमले ३ वर्षको अवधिमा सो रकम संकलन गरेको हो ।

5729
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

धनुषामा विनियोजित बजेटमध्ये १८ करोड २१ लाख ३६ हजार १६३ रुपैयाँ फ्रिज भएको छ । गत आव ०७४÷७५ मा चालू खर्चतर्फ विनियोजित कुल बजेट ११ अर्ब १६ करोड ६१ लाख ४५ हजार ९२७ रुपैयाँमा १० अर्ब ९८ करोड ४० लाख ९ हजार ७६४ रुपैयाँमात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय धनुषाले जनाएको छ ।

810
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन नमान्ने बैंकमाथि कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अनिवार्य नगद मौज्दात (सीआरआर) २ प्रतिशतले घटाएसँगै बजारमा पर्याप्त तरलता रहेको भन्दै बैंकहरूले अब कर्जाको ब्याजदर घटाउनुपर्ने र घटाउन नमान्नेमाथि कठोररूपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।

2999
रासस
बिहिवार, श्रावण २४, २०७५

जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७४-७५ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारवाही गरी रु ५१ लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ ।

1087
लक्ष्मी सापकोटा
बिहिवार, श्रावण २४, २०७५

नेपाल आयल निगमले गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थ बिक्रीवितरण गरेर सरकारलाई ५५ अर्ब रुपैयाँ राजस्व बुझाएको छ ।

1534
लक्ष्मी सापकोटा
बिहिवार, श्रावण २४, २०७५

मुलुकमा बर्सेनि व्यापारघाटा बढ्दै गएपछि दुई मुलुकबीच हुन लागेको वैठकमा पनि यसैसम्बन्धी एजेण्डाले प्रवेश पाएको छ । बिहीबारदेखि नयाँ दिल्लीमा सुरु हुने वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी दुवै देशका सहसचिवस्तीय बैठकमा व्यापारघाटा न्यूनीकरण गर्ने मुख्य एजेन्डाको रूपमा प्रस्तुत गरिने भएको छ । बैठक बिहीबार र शुक्रबार चल्नेछ ।

1011
रासस
बुधवार, श्रावण २३, २०७५

सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ ।

1997
किरण आचार्य
बुधवार, श्रावण २३, २०७५

चालू आर्थिक वर्षमा धानको उत्पादन करिब १५ प्रतिशतले बढ्ने भएको छ । गत वर्षमा तराई क्षेत्रको डुबानका बाबजुद पनि ५१ लाख ५२ हजार टन धान उत्पादन भएकोमा यो वर्ष वर्षा अनुकुल भएकाले ५८ लाख टनभन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको हो ।

1509
सागर परियार
बुधवार, श्रावण २३, २०७५

भेडाबाख्रापालन जुम्लाका बासिन्दाको पुख्र्यौली पेसा हो । बाउबाजेको पालादेखि सुरु भएको भेडाबाख्रा पालनलाई छोरानातीले पनि निरन्तरता दिएका छन् । तर बेलाबेलामा लाग्ने रोग, उपयुक्त खोरको अभाव र दाना व्यवस्थापनको समस्याले केही वर्षअघि यो व्यवसाय नै संकटमा पर्ने अवस्था आएको थियो ।

1075
निरु अर्याल
बुधवार, श्रावण २३, २०७५

अर्थमन्त्री डा.युवराज खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग दोब्बर पार्न विकास साझेदारहरूसँग आग्रह गरेका छन् ।

860
नीरज पिठाकोटे
बुधवार, श्रावण २३, २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि राष्ट्रिय पुँजीको वृद्धि गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् ।

691
सरस्वती ढकाल
मंगलबार, श्रावण २२, २०७५

सरकारले आर्थिक समृद्धिको नारा अगाडि सारेको छ । दुईतिहाई बहुमतप्राप्त सरकारबाट हामी निजी क्षेत्रले धेरै अपेक्षा गरेका छौं । लामो समयपछि स्थिर सरकार गठन भएको पनि अहिलेसम्म भाषण बढी र व्यावहारिक काम निकै कम पाएका छौं ।

1439
कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमाथि अधिनायकवादी भएको आरोप लगाइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद्ले भने अर्थ मन्त्रालयका कर्मचारीमाथि अधिनायकवादी र सामन्तीको आरोप लगाएका छन् ।

1413
लक्ष्मी सापकोटा
मंगलबार, श्रावण २२, २०७५

चालू आर्थिक वर्षको बजेट हाराहारीमा विभिन्न मुलुकबाट वस्तु तथा सेवा आयात भएको छ । सरकारले चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । बजेटकै हाराहारीमा गएको एक वर्षमा १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ ।

1608