कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

मूल्यमा गिरावट आएको भन्दै पूर्वी नेपालका अलैंची कृषकले गुनासो गरिरहेका बेला चैनपुर नगरपालिका–२ मैयुमका सन्जय शेर्पा भने अलैंची खेती विस्तार गर्न व्यस्त छन् । ४ वर्षअघि परिक्षणका लागि धान खेती घटाएर अलैंची खेती गर्न थालेका उनले तीन वर्षभित्रै ७ मन अलैंची फलाए । प्रतिमन ४० हजारका दरले २ लाख ८० हजार आम्दानी भएपछि हौसिएका उनले यसपाली थप एक सय रोपनीमा अलैंची खेती गरेका छन् ।

816
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको बाग्लुङको काठेखोला गाउँपालिका–६ बिहुँलाई ‘सुन्तला गाउँ’ घोषणा गर्ने तयारी भएको छ । बिहुँका किम्बोट, धरमदास, चिरपानीलगायतका ठाउँलाई समेटेर सुन्तला गाउँ घोषणा गर्न लागिएको हो । जिल्ला कृषि विकास कार्यालय, काँठेखोला गाउँपालिका, वडा कार्यालय तथा स्थानीय कृषक समूहको पहलमा सुन्तला गाउँ घोषणा गरिने भएको हो ।

796
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

उपभोक्ताको चौतर्फी विरोधपछि उद्योगीहरुले सिमेन्टको मूल्य घटाएका छन् । उद्योगीहरुले सिमेन्टको मूल्य प्रतिबोरा २६ रुपैयाँसम्म घटाएका हुन् । आपूर्ति व्यस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनमा कडाई गरेपछि व्यवासायीले मूल्य घटाएका हुन् । विभागका निर्देशक लक्ष्मण श्रेष्ठले प्रतिबोरामा ११ रुपैयाँदेखि २६ रुपैयाँसम्म मूल्य घटाएको जानकारी दिए । “लागत मूल्य बढेर आएको भन्दै व्यवसायीले अस्वाभाविक रूपमा सिमेन्टको मूल्य बढाएका थिए,” उनले भने, “थोरै भए पनि मूल्य घटाउँदा उपभोक्तालाई राहत मिलेको छ ।”

2642
कारोबार संवाददाता
सोमवार, माघ १५, २०७४

सरकारले व्यवसायीको दबाबमा विदेशबाट चिनी आयात गर्न भन्सार शुल्क बढाउने तयारी गरेको छ । कृषि विकास मन्त्रालयले विदेशबाट आयात गरिने चिनीमा भन्सार शुल्क बढाउन विभिन्न निकायसँग छलफल गरेर अर्थ मन्त्रालयसमक्ष प्रस्ताव गरिसकेको छ । यसबाट स्वदेशी चिनी उद्योगको संरक्षण हुने व्यवसायीको तर्क छ ।

878
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

नेपालगन्ज भन्सार नाकाबाट निर्यातको तुलनामा आयात अत्यधिक धेरै हुने गरेको देखिएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म नेपालगन्ज नाकाबाट २० अर्ब रुपैयाँको सामान आयात हुँदा ८६ करोड रुपैयाँको मात्र निर्यात भएको छ ।भन्सार दिवसका अवसरमा गरिएको कार्यक्रममा नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले निर्यातभन्दा आयात अत्यधिक बढ्दै गएको बताए । निर्यात बढाउने विभिन्न प्रयास गरिए पनि सफल नभएको उनको भनाइ छ ।

1347
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ नाराका साथ चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव रुपन्देहीको देवदहमा सुरु भएको छ । उद्योग व्यापार संगठन देवदहको आयोजनामा सञ्चालित मेलाको पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरे ।

828
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार विकासका लागि पेट्रोलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन भएको छ । स्वदेशी लगानीमा बूढीगण्डकी आयोजनाको निर्माण गर्ने तयारी गरिरहेका बेला पेट्रोलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन गरिएको हो ।

1765
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

सरकारले भन्सारमा मूल्यांकनमा नभइ वर्गीकरणमा समस्या रहेको भन्दै व्यापारीहरूमाथि पूर्ण रूपमा विश्वास गर्न सकिने अवस्था नरहेको वताएको छ । व्यवसायीहरूले दोहोरो बिल देखाउने गरेका कारण उनीहरूमाथि पूर्ण रूपमा विश्वास गर्ने अवस्था नरहेको र यसमा सुधार आवश्यक रहेको वताएको हो ।

1584
कारोबार संवाददाता
बिहिवार, माघ ११, २०७४

सरकारले चालू आर्थिक वर्षको ६ महिनामा सोचेअनुसारको राजस्व संकलन नभएको भन्दै चिन्ता व्यक्त गरेको छ । अर्थतन्त्र र ब्यापारको आकार बढेसँगै उपभोग पनि बढेको तर सो अनुरूप राजस्व संकलनमा बढोत्तरी हुन नसकेको भन्दै अहिले देखिएको ट्याक्स ग्यापको खोजी गर्नुपर्ने बताएको हो ।

901
रासस
बुधवार, माघ १०, २०७४

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले नेपालमा पहिलो पटक आलुको जात विकास गरेको छ । अरू जातका बीउलाई क्रस गरेर नयाँ जातको आलुको बीउको विकास गरिएको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक सञ्जीव गौतमले बताए ।

1331
कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

जुम्लामा स्याउ खेती गर्नेहरुको संख्या बढ्दै गएको छ । पछिल्लो समय यातायातको सुविधा विस्तार हुँदै जान थालेपछि स्याउको बजारसमेत बढ्दै जाँदा यसप्रति किसान आकर्षित भएका हुन् । जुम्लामा रहेका झन्डै १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरीलो स्याउ खेती गरेका छन् ।

1546
प्रगति ढकाल
मंगलबार, माघ ९, २०७४

सरकारले वनबाटै मुलुकले आर्थिक समृद्धि गर्न कृषि वन खेती विस्तारको अवधारणा अघि सारेको छ । वनको आधुनिक विकास गर्दै आगामी दिनमा वनबाटै आर्थिक समृद्धि बढाउनका लागि कृषि वन खेती विस्तारको योजना ल्याइएको हो ।

1930
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

कर्णाली क्षेत्र विकासमा धेरै पछाडि छ । केन्द्रको कर्णालीलाई हेर्ने दृष्टि पनि भिन्न छ । त्यही भएर सम्भावना बोकेर पनि ओझेलमा परेका कर्णालीबासीले सदियौंदेखिको नुनको राजनीति भोग्दै आउनुपरेको छ ।मुलुक गणतन्त्रात्मक व्यवस्था हुँदै संघीयतामा गइसके पनि कर्णालीलाई नुनको राजनीतिले अझै छोडेको छैन । जीवनमा अत्यावश्यक नुन खान पनि कर्णालबासीलाई महाभारतको युद्ध लड्नु सरह भएको छ । ग्रामीण वस्तीका बासिन्दा नुन खानबाट बञ्चित हुँदै आएका छन् ।

1189
निरु अर्याल
मंगलबार, माघ ९, २०७४

सरकारले सात दिनको समय दिएर सबै स्थानीय तहसँग खर्च र राजस्वको विवरण माग गरेको छ । पुस मसान्तसम्म अधिकांश प्रदेश तथा स्थानीय तहले आगामी अर्थिक वर्षको आयव्यय प्रक्षेपणको तथ्यांकसहितको विवरण नबुझाएको भन्दै सात दिनभित्र राजस्व र व्ययको विवरण बुझाउन पत्राचार गरेको हो । अर्थ मन्त्रालयले सवै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका नाममा सोमबार पत्र काटेको हो ।

1015
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

वर्षातको पानी संकलन गरेर अर्घाखाँचीका एक किसानले व्यावसायिक तरकारी खेती गरेका छन् । पहाडी भेगका अधिकांश किसानले पानी नभएर तरकारी खेती गर्न नपाएको गुनासो गरिरहँदा सन्धिखर्क नगरपालिका–८ किमडाँडाका पुष्कर बन्जाडेले नमूना काम गरेका हुन् ।

1578