कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

इलाममा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ३१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ३१ करोड ९६ लाख ५० हजार ५ सय ९४ रुपैयाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको हो ।

760
मनोरञ्जन शर्मा
शुक्रवार, जेठ ११, २०७५

मत्स्य विकास केन्द्र रुपन्देहीले वार्षिक करोडौं माछाका भुरा उत्पादन गरेर बिक्री वितरण गर्ने गरेको छ । केन्द्रले माछाका भुरा उत्पादनमा वर्सेनि वृद्धि गर्दै लगेको छ । गत आर्थिक वर्ष ०७३/७४ मा ४ करोड २० लाख ह्याचलिङ (चामलका दानाभन्दा साना माछाका भुरा) उत्पादन गरी बिक्री वितरण गरेको केन्द्रले जनाएको छ ।

1572
केदार दाहाल
शुक्रवार, जेठ ११, २०७५

बाराको निजगढमा प्रस्तावित राष्ट्रिय गौरवको आयोजना दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनलाई वन मन्त्रालयले स्वीकृति दिएको छ । दक्षिण एसियाकै हब विमानस्थलको रूपमा विकास गर्ने लक्ष्य राखिएको निजगढ विमानस्थलको ईआईए प्रतिवेदन स्वीकृत भएसंगै निर्माणका लागि बाटो खुलेको छ ।

5517
रासस
बिहिवार, जेठ १०, २०७५

भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ ।

1370
दीननाथ बराल
बिहिवार, जेठ १०, २०७५

प्रदेश नम्बर ४ को सरकारले समयमै विभिन्न करसम्बन्धी कानुन बनाउन नसक्दा त्यसको प्रभाव स्थानीय तहमा परेको छ । प्रदेश सरकारले समयमै कर संकलनसम्बन्धी केही कानुन बनाउन नसक्दा कर संकलनमा आफूहरूलाई असर परेको पोखरा–लेखनाथ महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले बताइन् ।

1056
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

भारतले आफ्नो सरकारी नीति देखाएर नेपालमा उत्पादित चिया निर्यात ठप्प पारेको छ । भारतले भारतीय पानीट्यांकी भन्सारमा तयारी चियाको ‘स्याम्पल’ प्रयोगशाला परीक्षणमा कडाइ गरेपछि चिया निर्यात ठप्प भएको हो ।

1210
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम चुनाव घोषणापत्र जस्तो मात्र भएको टिप्पणी गरेका छन् ।

955
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

मुलुक दुग्ध उत्पादनमा आत्मनिर्भरको नजिक पुग्दै गर्दा मिल्क होलिडे सुरु भएको छ । उद्योगले दूध किन्न कम गरेपछि कम्तिमा छ जिल्लाका किसानले मिल्क होलिडेको समस्या भोग्न थालेको केन्द्रीय दुग्ध सहकारी संघले जनाएको छ । दूधको खपत कम हुँदा वा अन्य कारण देखाइ उद्योगले दूध खरिद घटाइ कुनै दिन वा निश्चित कोटामा दूध खरिद नहुने अवस्था आउनु दुग्ध होलिडे (दूध बिदा) को अवस्था हो ।

1336
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

नेपाल उद्योग वाणिज्य महासंघले सरकारको आगामी आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रमलाई सकारात्मक रहेको जनाएको छ । लोकतन्त्रका आधारभूत मूल्यमान्यता, बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त, सन्तुलन र नियन्त्रण, स्वतन्त्र न्यायालय, मानव अधिकार र मौलिक हकप्रतिको सरकारको प्रतिबद्धताको महासंघले प्रशंसा गरेको छ ।

969
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख आर्थिक समृद्धिको नारा पूरा गर्न खुला सरकार (ओपन गभर्मेन्ट) मा जानुपर्नेमा जोड दिइएको छ ।

998
कारोबार संवाददाता
मंगलबार, जेठ ८, २०७५

सरकार आगामी आर्थिक वर्षमा सम्पत्ति शुद्धीकरणविरुद्ध झनै कठोर हुने भएको छ । सोमबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममार्फत नै सम्पत्ति शुद्धीकरणविरुद्ध कठोर हुने घोषण सरकारले गरेको हो ।

1428
किरण आचार्य
मंगलबार, जेठ ८, २०७५

सोमबार सार्वजनिक सरकारको नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई आर्थिक विकासको पहिलो संवाहकका रूपमा लिएको छ । पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको सरकारले यसको पूर्तिका लागि कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिएको हो ।

963
कारोबार संवाददाता
मंगलबार, जेठ ८, २०७५

बाँकेमा चालू आर्थिक वर्षको करिब ३ करोड विकास बजेट बाँकी दुई महिनामा सक्नुपर्ने देखिएको छ । समयमै विकासका काम नहुँदा यस आवको अन्तिममा पनि जबरजस्ती बजेट सक्नुपर्ने परम्पराले निरन्तरता पाउने निश्चित छ ।

1073
निरु अर्याल
मंगलबार, जेठ ८, २०७५

सरकारले आगामी आर्थिक वर्षलाई समृद्धिको इतिहास रच्ने आधार वर्षको दावीसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिक र पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल हुने बताइन् ।

1940
कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५

सरकारले देशभित्रै रोजगारी सिर्जनामा जोड दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसदमा आर्थिक वर्ष २०७५-०७६ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी ५ वर्षभित्र रोजगारीका लागि कुनैपनि नेपाली विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएकी हुन् ।

1840