लक्ष्मी सापकोटा
मंगलबार, जेठ १५, २०७५

सरकारले निर्यात बढाउनका लागि औद्योगिक उत्पादनको निर्यातमा पाँच प्रतिशतसम्म अनुदान दिने भएको छ ।

1573
कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५

आर्थिक, भौतिक र सामाजिक विकास गरी समुन्नत, सुदृढ, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने विषय बजेटको मुख्य उद्देश्य र प्राथमिकतामा राख्दै सरकारले पूर्वाधार विकासका क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

2114
मातृका दाहाल
मंगलबार, जेठ १५, २०७५

सुरक्षा निकायको आधुनिकीकरण र क्षमता अभिवृद्धिलाई प्रमुख प्राथमिकतामा राख्दै सरकारले रक्षा र शान्तिसुरक्षा व्यवस्थापनमा करिव १ खर्ब रुपैयाँ विनियोजन गरेको छ ।

1524
कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५

सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ब्यवस्थापिका संसदमा बजेट पेश गर्दै आगामी आर्थिक बर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएका हुन् । यस्तो रकमको खर्चबाट आगामी आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक बृद्धि हुने अर्थमन्त्रीको भनाइ छ ।

3011
निरु अर्याल
मंगलबार, जेठ १५, २०७५

आगामी ५ वर्षमा नेपालीको आय दोब्बर बनाउन ८ प्रतिशत हाराहारीको आर्थिक वृद्धिको लक्ष्यसहित संघीय गणतन्त्र नेपालको पूर्ण संघीय बजेट मंगलबार (आज) आउने भएको छ । संघीयता कार्यान्वयन, बाम गठबन्धनको घोषणापत्र, दिगो विकासको लक्ष्यलाई प्राथमिकता राख्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५-०७६ को बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।

1441
कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले एक बर्षको अवधीमा ८५ लाख बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले जनप्रतिनिधीको सपथग्रहण भएको एक बर्ष पुगेको अवसरमा सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार भेटघाट मार्फत प्रगति सार्बजनिक कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

1179
कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानीजहाज चलाउने सपना आफूले निदाएको बेला नभइ दिउँसै देखेको भन्दै पाँच वर्ष पर्खन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूलाई आग्रह गरेका छन् ।

1157
निरु अर्याल
सोमवार, जेठ १४, २०७५

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार सञ्चालनमा रहेका ३७ संस्थानमध्ये २६ वटा नाफामा छन् । ११ वटा संस्थान अझै घाटामा रहेको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले देखाएको छ । नाफा सञ्चालित संस्थानहरूको खुद नाफा ४२ अर्ब ६८ करोड रुपैयाँ रहेको छ भने नोक्सानीमा रहेकाहरूको खुद नोक्सानी १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २३ वटा संस्थान नाफामा थिए ।

1371
निरु अर्याल
सोमवार, जेठ १४, २०७५

सरकार बनेको सयदिनमा चारपल्टसम्म पेट्रोलियम पदार्थको मूल्य बढेपछि पछिल्लो समयमा मुद्रास्फीतिमा चाप पर्न थालेको छ । संसद्मा नीति तथा कार्यक्रम पास भएपछि आइतबार चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मूल्यवृद्धिमा चाप पर्न थालेको बताएका हुन् ।

1479
किरण आचार्य
सोमवार, जेठ १४, २०७५

गत आर्थिक वर्षमा दशकयताकै सबैभन्दा बढी उत्पादन वृद्धिदर कायम भएको कृषि क्षेत्रको उत्पादनदर चालू आर्थिक वर्षमा करिब आधा घटेको छ । गत वर्ष धान उत्पादनमा भएको वृद्धिका कारण ५.३२ प्रतिशत कायम भएको उत्पादन वृद्धिदर यो वर्ष भने २.४ प्रतिशतमा कायम हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

1327
भगवान खनाल
सोमवार, जेठ १४, २०७५

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०७५-०७६ को लागि राजस्व (भ्याट र अन्तःशुल्क) बाँडफाँटसम्बन्धी सूचककांक सरकारलाई सिफारिस गरेको छ । सूचकका आधारमा कुन प्रदेश र स्थानीय तहले कति बजेट पाउँछन् भन्ने रकमभारबारे अर्थ मन्त्रालयलाई सिफारिस पनि गरिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

1065
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

तीन बर्ष अघिसम्म बार्षिक ७५ करोड रुपैयाँको कारोबार गर्दै आएको मुलुककै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको कारोबार २ अर्ब रुपैयाँ नाघेको छ । पछिल्लो समय व्यवस्थापकीय सवलताले उत्पादनसँगै बार्षिक कारोबारमा पनि फड्को मारेको हो ।

2394
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

सरकारले खाना पकाउने एलपी ग्यासमा कमिसन वृद्धि नगरे व्यवसाय सञ्चालन गर्न कठिन हुने विक्रेताहरूले बताएका छन् । लामो समयदेखि ग्यासमा डिलर कमिसन वृद्धि नगर्दा प्रतिसिलिन्डर २८ रुपैयाँ कमिसन लिएर व्यवसाय सञ्चालन गर्न कठिन भएको गुनासो उनीहरूले गरेका हुन् । बिक्रेताहरूले तत्काल कमिसन रकम बढाउन माग गरेका छन् ।

1349
निरु अर्याल
आइतवार, जेठ १३, २०७५

सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट तेब्बर बढाउन ‘लबिङ’ गरिरहेका बेला तिनै सांसदले लैजाने रकमको चरम दुरुपयोग हुने गरेको पाइएको छ ।

1248
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

नेपाली कांग्रेसका सांसद एवं वरिष्ठ उद्यमी विनोद चौधरीले सरकारको नीति तथा कार्यक्रम मुलुकको शासकीय प्रणालीको व्यवस्थापन पक्षमा कमजोर रहेको बताएका छन् ।

954