लक्ष्मी सापकोटा
आइतवार, मंसिर १५, २०७६

चालू आर्थिक वर्षको चौथो महिनामा पनिनेपालको निर्यात व्यापार सुधारकै गतिमा अघि बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा निर्यात २३.९ प्रतिशतले बढेको छ । पहिलो चार महिनामा ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँ बराबरको सामग्री निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत वर्षको सोही अवधिमा २९ अर्ब २८ करोड १७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । सोही अवधिमा आयातमा भने २४ प्रतिशतले कमी आएको हो । आयातमा कमी आएसँगै व्यापार घाटा स्वतः कम भएको छ ।

742
केशव समर्पण
बिहिवार, मंसिर १२, २०७६

आफ्नो तहमा संकलन भएको राजस्व बाँडफाँडको रकम प्रदेश सञ्चित कोषमा जम्मा नगर्ने स्थानीय तहलाई प्रदेश–३ सरकारले अनुदान रकम रोक्का गरेको छ । प्रदेशका १७ वटा स्थानीय तहको सबै खालका अनुदानको पहिलो किस्ताबापतको रकम प्रदेशले हालसम्म निकासा दिएको छैन । पटक पटक ताकेता गर्दा पनि स्थानीय तहले राजस्व संकलनको विवरण एवम् बाँडफाँडबापतको रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्न अटेर गरेपछि प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले ती स्थानीय तहमा चालु आर्थिक वर्षको लागि छुट्याइएको अनुदानको रकम पनि रोक्का गरेको हो ।

646
कारोबार संवाददाता
बिहिवार, मंसिर १२, २०७६

घरजग्गा धितोमा मात्र ऋण दिने बैंकहरु विस्तारै चालु सम्पति धितोमा समेत आकर्षित हुन थालेका छन् । सुरक्षित कारोबार दर्ताको व्यवस्था भएसँगै बैंकहरुले चालु सम्पति दर्ता गरेर ऋण दिन थालेका हुन् ।

909
लक्ष्मी सापकोटा
बिहिवार, मंसिर १२, २०७६

रेलमार्फत् बल्क कार्गाे ढुवानीका लागि वीरगन्ज– रक्सौल नाकाका अतिरिक्त विराटनगर–जोगवनी र भैरहवा–सुनौली नाकासमेत सञ्चालन गरिने भएको छ । नेपाल र भारतका वाणिज्य सहसचिव स्तरमा भएको पारवहन प्रोटोकल पुनरावलोकनसम्बन्धी बैठकले थप दुई पोर्टमा खुला गर्ने गरी पारवहन सन्धिको प्रोटोकलको मस्यौदा तयार भएको हो ।

751
लक्ष्मी सापकोटा
बुधवार, मंसिर ११, २०७६

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन लागि द्विपक्षीय पारवहन वार्ता मंगलबारदेखि सुरु भएको छ । पारवहन सुविधालाई व्यवस्थित र सरल बनाउनका लागि दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठक सुरु भएको हो । सन् २०१३ मा भएको पारवहन सन्धिको समयावधिअर्को महिनासम्म छ । सोही कारण पारवहन सन्धि पुनरावलोकन गर्नका लागि छलफल सुरु भएको हो ।

629
कारोबार संवाददाता
मंगलबार, मंसिर १०, २०७६

नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले चोरी नियन्त्रण अभियान सञ्चालन गरेपछि तीन दिनका अवधिमा २६ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

580
निरु अर्याल
मंगलबार, मंसिर १०, २०७६

राजस्व अनुसन्धान विभागले एक अर्ब २९ करोड कर छलेको अभियोगमा २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ । झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजकको प्रयोग गरी एक अर्ब २९ करोड ३६ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभागले २१ जनाविरुद्ध आइतबार काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

730
प्रकाश लम्साल
सोमवार, मंसिर ९, २०७६

सरकारले सरल ढंगबाट तरकारी बालीको बीउ उपलब्ध नगराएपछि बारालगायत तराइका जिल्लाहरुमा सूचीकृत नभएका भारतीय तरकारीका बीउ किसानले प्रयोग गर्न बाध्य भएका छन् । धान र गहुबाहेक सरकारले धेरै कम संख्यामा तरकारीको बीउ सूचीकृत गरेको र पर्याप्त उपलब्ध नहुँदा तराइका किसानहरु भारतीय बीउ प्रयोग गर्न बाध्य भएका हुन् । सरकारको सूचीमा नरहेको भारतीयय विजेता कम्पनीको तरकारी बालीको बीउ तराइका जिल्लाभरका किसानले प्रयोग गरेका छन् ।

563
सागर परियार
सोमवार, मंसिर ९, २०७६

क्यानेडियन नागरिक (एन्ड्रो) गएको वर्ष जुम्लामा पिएचडी गर्न आएका थिए । उनले धेरै लामो समय जुम्लामा बस्दा टर्की पालन, विदेशी जातको चरा लौकाट पालन र मौरी पालनका बारेमा सिकाउँथे । युटुबको माध्यमबाट नै टर्की पालनको प्राविधिक तथा सैद्धान्तिक कुरा सिक्न सकिने समेत उनले उल्लेख गरेका थिए ।

869
कारोबार संवाददाता
सोमवार, मंसिर ९, २०७६

उपत्यका पर्यटन कार्यालयले स्थापनाको दुई महिनामा २७ लाख राजस्व संकलन गरेको छ । पर्यटन क्षेत्र सम्बन्धी एजेन्सीको दर्ता तथा पथप्रदर्शकको नवीकरण गरेबापत उक्त राजस्व संकलन भएको हो ।

511
कारोबार संवाददाता
सोमवार, मंसिर ९, २०७६

स्थानीय तहमा पहिलो चौमासिकका लागि विनियोजित बजेटको खर्चको अवस्था निराशाजनक देखिएको छ । स्थानीय तहले गत वर्षको सार्वजनिक सुनुवाइमा पहिलो चौमासिक अवधिमा प्राविधिकमार्फत योजना छनौट, उपभोक्ता समिति गठन, ठेक्का प्रक्रियाको थालनीका लागि गरेका प्रतिबद्धता पूरा गर्न सकेका छैनन् ।

475
कारोबार संवाददाता
सोमवार, मंसिर ९, २०७६

सुदूरपश्चिम प्रदेश सरकारले चालू वर्षमा गर्न लागेको लगानी सम्मेलनलाई टेवा पु¥याउन यही मंसिर २० गते वित्तीय सम्मेलनको तयारी गरेको छ । प्रदेश सरकारको चालू वर्षको नीति कार्यक्रममा लगानी सम्मेलन गर्ने उल्लेख गरेको थियो । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशका जनतामा वित्तीय पहुँच बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत् प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यका साथ यो वित्तीय सम्मेलन गर्न लागिएको प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपससचिव दिनेश पाण्डेले जानकारी दिए ।

477
दीननाथ बराल
आइतवार, मंसिर ८, २०७६

गण्डकी प्रदेश सरकारले राजस्व बढी संकलन गर्ने उद्देश्यले सार्वजनिक बाटोको नक्शांकन गर्ने भएको छ । मंसिर ४ गते बसेको क्याबिनेटको निर्णण शुक्रबार सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले धेरै ठाउँमा बाटो पुगे पनि हालसम्म अध्यावधिक नभएकाले राजस्व बढी संकलन गर्ने गरी अब बाटोको नक्शांकन गरिने भएको बताएका हुन् ।

603
कारोबार संवाददाता
आइतवार, मंसिर ८, २०७६

आन्तरिक राजस्व कार्यालय धनगढीले पहिलो चौमासिकमै लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७६-०७७ को कात्तिकसम्म एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेपनि लक्ष्य भेटाउन नसकेको हो । कार्यालयले पहिलो चौमासिकमा कुल लक्ष्य पाँच अर्ब १५ करोडको ३० प्रतिशत मात्रै राजस्व संकलन भएको जनाएको छ । कार्यालयका प्रमुख चन्द्रकुमार श्रेष्ठले चार महिनामा तोकिएको लक्ष्य भने भेटाउन नसकेको बताए । उनका अनुसार कात्तिकसम्म एक अर्ब ६१ करोड दुई लाख ९७ हजार रुपैयाँको लक्ष्य तोकिएको थियो ।

545
कारोबार संवाददाता
आइतवार, मंसिर ८, २०७६

म्याग्दी र मुस्ताङ जिल्लामा प्राङ्गारिक रुपमा रैथाने बाली संरक्षणमा कृषि प्रर्वद्धन कार्यक्रममा जोड दिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्दै प्राङ्गगारिक रुपमा रैथाने बाली संरक्षणमा जोड दिँदै बजेट विनियोजन भएर आएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले बताए ।

557