कारोबार संवाददाता
सोमवार, आश्विन २०, २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानकालागि पहल गर्न भारत सरकारसंग अनुरोध गरेका छन् ।

1106
सागर परियार
शुक्रवार, आश्विन १७, २०७६

प्रदेश सरकार गठन भएको सुरुको आर्थिक वर्ष ०७४-७५ मा कर्णाली सरकारले ल्याएको ३४ अर्ब बजेटमा ७ प्रतिशतमात्र खर्च गरेको थियो । त्यसपछि दोस्रो आव ०७५-७६ मा कर्णाली प्रदेश सरकारले ल्याएको बजेटमध्ये ३५ प्रतिशत खर्च भएको छ । यो वर्षको बजेट पारित भएकै तीन महिना पुग्न लाग्दासमेत कार्यान्वयनको प्रक्रियाअघि बढेको छैन ।

560
मनिषा चम्लागाईँ
शुक्रवार, आश्विन १७, २०७६

सामान्तय दशैंमा फूलपातीको दिनदेखि देशै भर मासुको खपत बढ्छ । तर, झापामा खसीको मूल्य वृद्धिले मासुको अभाव सिर्जना भएको छ । खसीको मूल्य अत्याधिक बढेपछि झापाको बिर्तामोड नगरपालिका– ५स्थित कृषिथोक बजारमा सञ्चालित मासु पसल बन्द हुन थालेका छन् । जिल्ला मासु व्यवसायी संघ झापाका सदस्य गोविन्द तिम्सिना कृषिथोक बजारमा मासु पसल गर्छन् ।

1151
मेगराज खड्का
शुक्रवार, आश्विन १७, २०७६

दसैं तिहार नजिकिएसँगै बैंक तथा वित्तिय संस्थाहरुमा रेमिट्यान्सको दर बढेको छ । आन्तरिक तथा बाह्य दुवै प्रकारका रेमिट्यान्समार्फत् ठूलो मात्रमा रकम जिल्लामा भित्रिएको छ । जिल्लामा सबै बैंक तथा वित्तिय संस्थामार्फत् मासिक दरदर १० करोड भन्दा बढीको रेमिट्यान्स रकम भित्रिने आँकलन गरिएको छ ।

630
मनोरञ्जन शर्मा
शुक्रवार, आश्विन १७, २०७६

दसैंमा दक्षिणा दिँदा जतन नगर्दा नोट छिटै झुत्रो हुने भएकाले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले नोट संरक्षण गर्न आग्रह गरेको छ । “दर्सैंका बेलामा नयाँ नोट मात्र होइन सफा नोट पनि प्रयोगमा ल्याउनु पर्छ र नोटहरु जतन गर्नु पर्छ” निर्देशक भट्टराईले भने, “नोटहरु दसैंमा विभिन्न कारणले गर्दा झुत्रो हुने भएकाले अहिले हामीले नयाँ नोट सटही गर्दा नोट बचाउने उपाए सहितको कागज दिन थालेका छौं ।”

462
निरु अर्याल
शुक्रवार, आश्विन १७, २०७६

चाडपर्वको भीडभाडमा व्यापारीले बिलबिना नै कारोबार गर्न थालेको भन्दै सरकारले निगरानी बढाएको छ । राजधानीका फर्म तथा पसलहरूले बिना बिलमा कारोबार गर्न थालेको पत्ता लगाएपछि आन्तरिक राजस्व विभागले क्षेत्र छुट्ट्याएर निगरानी बढाएको हो । उद्योगीले नक्कली बिल बनाएर सामान राजधानी भिœयाउने र राजधानीका पसललाई बिना बिलमा सामान दिने प्रवृत्ति मौलाएपछि विभागले सक्रियाता देखाएको छ । “मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर छल्न उद्योगीले बिना बिलबाट कारोबार सुरु गरेको भन्ने गुनासो विभागका व्यापक आएको छ,” विभागका एक अधिकारीले भने ।

832
रासस
बिहिवार, आश्विन १६, २०७६

मंगलबार केही गिरावट आएको सुनको मूल्य बुधबार स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ ।  

504
कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६

सेयर लगानीकर्ताले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर बजारका समस्या अवगत गराएका छन् । नेपाल पुँजी बजार लगानीकर्ता संघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बजेटमार्फत् गैरआवासिय नेपाली संघलाई नेपालको पुँजी बजारमा लगानी गर्ने दायरा फराकिलो बनाइने घोषणा गरेकाले तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने, सेयर लोनमा लगाइएको चर्काे बैंक ब्याज घटाउनु पर्ने, सेयर धितो कर्जाको सिमा ६५ प्रतिशतबाट ८० प्रतिशतसम्म पु-याउनु पर्ने, सबै लगानीकर्ताको हातमा सर्बसुलभ तरिकाले अनलाइन ट्रेडिङ सिस्टम पु-याइनु पर्ने जनाएको छ ।

450
दीननाथ बराल
बिहिवार, आश्विन १६, २०७६

नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा पोखरामा दैनिक साढे पाँच करोड रुपैयाँको नयाँ नोट सटही हुने गरेको छ । नेपाल राष्ट्र बैंक पोखरा शाखाले गत शुक्रबारदेखि नयाँ नोट साट्न सुरु गरेसँगै दैनिक एक हजार ५० जना भन्दा बढीले ५ करोड ५० लाख भन्दा बढी नयाँ नोट सटही गर्दै आएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका सूचना अधिकारी रामकुमार कार्कीले बताए ।

512
केशव समर्पण
बिहिवार, आश्विन १६, २०७६

पाँच वर्षभित्र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना अघि सारेको प्रदेश–३ सरकारले कृषि यन्त्र खरिदमा किसानलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । चालु आर्थिक वर्षमा कृषकलाई आवश्यक विभिन्न किसिमका साना तथा ठूला कृषि उपकरण खरिद गर्न अनुदान दिने गरी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले योजना बनाएको छ ।

539
लक्ष्मी सापकोटा
बिहिवार, आश्विन १६, २०७६

रुपन्देहीको भैरहवामा इन्धन भण्डारण क्षमता न्युन हुँदा बजार माग धान्न मुस्किल परेको छ । इन्धनको माग दिनप्रतिदिन बढ्दै गएपनि भण्डारण क्षमता बढाउन नसक्दा बजारमा आपूर्ति व्यवस्था सहज बनाउन कठिन भएको हो ।

431
कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६

विद्युत् नियमन आयोगले विद्युत् खरिद बिक्रि तथा अनुमतिप्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्तहरू सम्बन्धी विनियमावली २०७६ जारी गरेको छ । विनियमावलीको मस्यौदा तयार पारेर सरोकारवालाहरूको सुझावसमेत लिएको आयोगको बुधबार बसेको बैठकले विनियमावली पारित गरेको हो ।

474
कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६

राष्ट्रिय किसान आयोगले कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा गत आर्थिक वर्षमा गरेको गतिधि, आयोगको अवसर, चुनौति तथा कृषकहरुबाट आएको उजुरीहरुको कार्यान्वयनको सिफारिसलगायत समेटिएको छ । आयोगले गत वर्ष चितवन, राष्ट्रिय किसान आयोग गठन कार्यकारी आदेश २०७३ अनुरुप गठित आयोगले वार्षिक रुपमा कृषि मन्त्रीलाई प्रतिवेदन बुझाउनु पर्ने प्रावधान छ ।

428
कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६

छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ ।

625
कृञ्जला पुलामी
मंगलबार, आश्विन १४, २०७६

सिन्धुलीको सुनकोशी गाँउपालिका–३ बोहोरेटारको सडक छेउमा बसेर फलफूल बेच्दै गर्दा भेटिएका सीताताराम विसंखे सडक बिस्तारसँगै आफूहरुको जीवनस्तर फेरिएको बताउँछन् । पहिले त्यसै कुहिएर जाने अम्बा, आँटी, कागती लगायतका अन्य मौमसी तथा बेमौसमी फलफूलले बजार पाएको बताए । ‘पहिले हाम्रो बारीमा फलेका फलहरु त्यसै कुहिएर जान्थ्यो ।’ उनले भने, ‘अहिले त फल्ने वित्तिकै यी यसरी ल्यायो बेच्यो, यहिबाट नुन भुटुन जोहो गर्न सजिलो भएको छ ।’

743

सातामा धेरै पढिएको