कारोबार संवाददाता
बुधवार, मंसिर ६, २०७४
786

भारतको कोलकाता बन्दरगाहमा पटकपटक समस्या बेहोर्दै आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या वेहोर्नु परेको छ । भारतीय रेलवेको अवरोधका कारण कोलकाताबाट वीरगन्ज सुख्खा बन्दरगाहमा आउने मल लोड गरिएको रेल नआउँदा नेपाली बजारमा मलको अभाव भएको छ । मल अभावका कारण हिउँदे बाली लगाउने किसानहरूलाई भने समस्या भएको छ । भारतको कोलकाता बन्दरगाहमा पटकपटक समस्या बेहोर्दै आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या वेहोर्नु परेको छ । भारतीय रेलवेको अवरोधका कारण कोलकाताबाट वीरगन्ज सुख्खा बन्दरगाहमा आउने मल लोड गरिएको रेल नआउँदा नेपाली बजारमा मलको अभाव भएको छ । मल अभावका कारण हिउँदे बाली लगाउने किसानहरूलाई भने समस्या भएको छ । यद्यपि, कोलकाता बन्दरगाहमा हुने यो समस्या नौलो भने होइन । तेस्रो मुलुकबाट आउने सबै मालवस्तुहरू वीरगन्जस्थित सुख्खा बन्दरगाहसम्म ल्याउन नेपाली आयाताकर्ताहरूले पटक पटक समस्या बेहोर्नु परिरहेको छ । कोलकातामा रेलवे ¥याक उपलब्ध नराउँदा ढुवानीमा समस्या भएको ढुवानीको ठेक्का लिएका ठेकेदार सुशील जोशीले बताए । उनका अनुसार अहिले कोलकातामा मागअनुसारको रेल ¥याक उपलब्ध नभएको साथै बीचबाटो र अन्तिम गन्तब्य वीरगन्ज सुख्खा बन्दरगाहमा पनि जाम भएको भन्दै भारतीय रेलवेले कन्टेनर बोक्ने रेल कोलकाता जान रोक लगाएको छ । “सुख्खा बन्दरगाहमा समेत जाम भएको सूचना कोलकातासम्म पुगेपछि यहाँ कुनै किसिमको जाम नभएको फोटोसमेत खिचेर पठाएका छौं, भारतीय रेलवेले नै जाम छ भनेर कन्टेनर बोक्ने ¥याक नदिएको हो,” उनले भने । केही दिनअघि मात्रै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीको २५ हजार मेट्रिक टन मल सुख्खा बन्दरगाहमा आइपुगेको छ । बाँकी १५ हजार मेट्रिक टन मल कोलकातामै रहेको र थप १० मेट्रिक टनको जहाज कोलकाता बन्दरगाहमा अन्लोडका लागि लाइनमा बसेको ठेकेदार जोशीले जानकारी दिए । कोलकाता बन्दरगाहबाट मल ल्याउदा वीरगन्जको सुख्खा बन्दरगाह एउटा मात्रै बाटो प्रयोग गर्नुुपर्ने बाध्यताका कारणले पनि ढुवानीमा समस्या हुने गरेको जोशीको भनाइ छ । सुख्खा बन्दरगाह मात्रै नभएर भैरहवा र जोगवनीलाई पनि खुला गरिदिए समस्या केही कम हुने उनी बताउँछन् । तेस्रो मुलुकबाट आएको मल कोलकाता बन्दरगाहबाट ढुवानीमा अवरोध भएपछि कृषि सामग्री कम्पनी लिमिटेडले यसअघि भारतबाटै २ हजार ५ सय ५९ मेट्रिक टन मल खरिद गरेर किसानलाई वितरण गरेको कम्पनीका वीरगन्ज स्थित क्षेत्रीय प्रमुख अजयकुमार श्रीवास्तवले बताए । उनले कोलकाताबाट अहिले मल आयातमा अवरोध भएको बताए । अहिले कृषि सामग्री कम्पनीको सबै गोदाम खाली रहेको र जम्मा १२ हजार पाँचसय टन मात्रै मल सुख्खा बन्दरगाहमा आईपुगेको उनले बताए । मल आयात गर्ने साल्ट ट्रेडिङ कम्पनीका वीरगन्जस्थित क्षेत्रीय प्रमुख आमोद लामिछानेले पनि मल आयातामा समस्या देखिएको बताए । ट्राफिक जामले गर्दा ढुवानीमा समस्या भएको बताउँदै लामिछानेले कोलकातामा फोन गर्दा बीचबाटोमा मालबाहक रेललाई रोक लगाएको जानकारी पाएको बताए । वर्षायाममा आएको बढीका कारण सीतामढी रेलवे लाईनको पुलमा क्षति पुगेको र त्यसको मर्मतका लागि भारतको केन्द्रीय रेलवेको हाजिपुरस्थित क्षेत्रीय कार्यालयका अधिकारीहरूले सीतामढी हँुदै नेपाल आउने खाद तथा फलाम बोकेको मालवाहक रेललाई रोक लगाएकोले अहिले मल आयातमा समस्या भएको वीरगन्जको सुख्खा बन्दरगाहको व्यावस्थापन हेर्ने हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरीले बताए । उनले भने, “हिजो (सोमबार)सम्म अवरोध थियो । अहिले सीतामढीमा पुलको मर्मत भइसकेको जानकारी आएको छ । अब सञ्चालनका लागि अनुमति दिएपछि मालवाहक रेल आउँछ । अहिले अन्य स्थानमा कुनै अवरोध छैन ।” सामान्य अवस्थामा पनि रेलवेमा हुने ट्राफिक जामका कारण नेपालमा ल्याउने फलाम र मल बोकेको रेललाई रोकी रोकी छोड्ने गरेको चौधरीको भनाइ छ । तेस्रो मुलुकबाट सामान आयात गर्ने कोलकाता बन्दरगाहबाहेकको अन्य भरपर्दो विकल्प नभएकोले पनि आयातकर्ताहरू बारम्बार यस्तो समस्याबाट पीडित हुने गरेका छन् । विकल्पको रूपमा हल्दिया र विशाखापटनम बन्दरगाहको नाम बेलाबेलामा चर्चा हुने गरे पनि नेपाली आयातकर्ताहरूको लागि विश्वसनीय र भरपर्दो विकल्प नहुँदा कोलकाता बन्दरगाह नै प्रयोग गर्नुपर्ने बाध्यता छ ।       

नीरज पिठाकोटे