कारोबार संवाददाता
शुक्रवार, असार २६, २०७७
496

लमजुङ-घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा चालु वर्ष आएको अनुदान बजेट फ्रिज हुने भएको छ । कोरोना कहर र प्रदेश सरकारबाट ढीलो गरी अख्तियारी आउँदा वजेट फ्रिज हुने अवस्थामा पुगेको हो ।
चालु आर्थिक वर्ष २०७६-०७७ का लागि प्रदेश सरकारबाट घरेलु तथा साना उद्योग कार्यालय लमजुङलाई अनुदान कार्यक्रम अन्र्तगत प्रविधि हस्तान्तरका लागी २० लाख वजेट विनियोजन भएको थियो ।

चालु आर्थिक वर्षमा नयाँ कार्यालय स्थापना गर्नुपर्ने अवस्था रहेको र अख्तियारी ढीलो आउँदा समयमामै कार्यक्रम सञ्चालन गर्न नसकिएको घरेलु तथा साना विकास कार्यालय लमजुङका प्रमुख तोपलाल भुसालले वताए ।
विश्वभर फैलिएको कोरानाका कारण चैत ११ बाट जारी लकडाउनका समयमा सरकारले रोकेको वजेट असारको तेस्रो सातामा मात्र फुकुवा हुदाँ छोटो समयमा अनुदान कार्यक्रमको लागि आवश्यक प्रक्रिया अघि वढाउन नसकिने भएकाले वजेट फ्रिज हुने अवस्थामा पुगेको कार्यालय प्रमुख भुसालको भनाई छ ।
वन्दावन्दीसँगै कर्मचारी अभाव हुँदा कार्यालयका अधिकाशं काम र कार्यक्रम प्रभावित वनेको कार्यालय प्रमुख भुसालले वताए । लकडाउन अवधि लम्विसँगै अनुदान सँगै उद्यमशिलता र सिप विकासका कार्यहरु पनि प्रभावित वनेको हो ।
घरेलु तथा साना उद्योग विकास समितिले लघु, घरेलु तथा साना उद्योगहरुको विकास, विस्तार प्रर्वद्धन गर्ने उदेश्यले विभिन्न सीप विकास तालिम, उद्यमशिलता, उद्योग व्यवस्थापन लगायतका तािलम सँगै उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यालयका लागि चालु वर्ष एककरोड १८ लाख वजेट आएकोमा सिपविकास कार्यक्रमका लागि २४ लाख र अनुदान कार्यक्रमका लागि २० लाख वजेट रहेको थियो ।
चालु वर्ष विभिन्न कारणले सञ्चालन हुन नसकेका कार्यक्रमहरु आगामि वर्ष प्रभावकारी रुप्मा सञ्चालन गरिने कार्यलयले जनाएको छ । आगामि वर्ष भने यस कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिने कार्यालयले जनाएको छ । गएको वर्ष कार्यालयले ५३ जना उद्यमीलाई प्रविधि हस्तान्तरण गरेको थियो ।

सन्देश पौडेल