कारोबार संवाददाता
शुक्रवार, असार २६, २०७७
531

मुगु-नेपालको प्रमुख पर्यटकीय स्थलमध्ये राराताल पनि एक हो । कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने यो ताल आजभोलि पर्यटकको आवागमन न्यून छ । आजभोलि रारा तालमा फाटफुटमा घुम्न आउने गरेका छन । विगतका दिनहरूमा यति बेला रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गथ्र्यो । राराको सौन्दर्य मात्र नभई राजस्व संकलनमा पनि उत्तिकै फड्को माथ्र्यो । यस वर्ष विश्व महामारीका रूपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड–१९ ले गर्दा रारामा उठ्ने राजस्व भने यस वर्ष कोरोनाले खाएको छ ।
कोरोना महमारी र नेपाल सरकारले जारी गरेको लकडाउन अर्थात बन्दाबन्दी गरेको १ सय ५ दिनभन्दा पहिले निकुञ्जले विभिन्न विषयमा उठ्नु पर्ने राजस्वमध्ये यस वर्ष रारा राष्ट्रिय निकुञ्जको राजस्व घटेको छ ।

गत वर्ष ३५ लाख २७ हजार रुपैयाँ संकलन भएकोमा यस वर्ष ३२ लाख मात्र राजस्व उठेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
गत वर्षको तुलनामा भन्दा यो वर्ष करिब ४ लाख रुपैयाँ राजस्व घटेको निकुञ्जले जनाएको छ । निकुञ्जले चालु आर्थिक वर्षमा ४० देखि ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत साउनदेखि फागुनसम्म मात्र २७ लाख राजस्व उठेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी दिए ।
संरक्षण अधिकृत थपलियाका अनुसार चैत, वैशाख र जेठ महिनामा राजस्व संकलन भएन । “निकुञ्जमा झन्डै ९० प्रतिशत राजस्व पर्यटकबाट संकलन हुन्छ,” उनले भने, “बाँकी राजस्व वन पैदावार, दण्ड–जरिवाना, टेन्डर लगायत प्रवेश शुल्कबाट राजस्व उठाइएको उनको भनाइ छ ।