कारोबार संवाददाता
बुधवार, असार २४, २०७७
458

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।
साताको दोस्रो दिन छापावाला सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार ७ सय रुपैयाँले बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । गत बुधबार सुनको मूल्यमा सर्वाधिक वृद्धिसँगै प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुन प्रतितोला ९० हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको छ । यस्तै, केही दिनदेखि स्थिर रहेको चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९ सय ४० रुपैयाँमा कोरोबार भएको छ । गत बुधबार चाँदीको मुल्यमा सर्वाधिक वृद्धि भई ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।