कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७
313

डडेल्धुरा- आगामी आर्थिक वर्षका लागि डडेल्धुरामा दुई अर्ब ४१ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । दुई नगरपालिकाको लागि ८९ करोड ७७ लाख रुपैयाँ र ५ वटा गाउँपालिकाले एक खर्ब ५२ करोड १६ रुपैयाँ बजेट प्राप्त गरेका हुन् । सरकारले गत बिहीबार संघीय संसद्मा पेश गरेको बजेटमार्फत समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा जिल्लालाई बजेट विनियोजना गरेको हो ।
जिल्लाका सातवटा स्थानीय तहमध्ये सबैभन्दा बढी परशुराम नगरपालिकाले पाएको छ । परशुरामले ४६ करोड १९ लाख रुपैयाँ प्राप्त गरेको छ । संघीय सरकारले जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाको लागि ४३ करोड ५८ लाख रुपैयाँ छुट्याएको छ । अजयमेरु गाउँपालिकाका लागि ३८ करोड १३ लाख रुपैयाँ, आलितालका लागि ३२ करोड ६७ लाख रुपैयाँ, भागेश्वरका लागि २८ करोड ७३ लाख विनियोजन भएको छ ।
यस्तै सरकारले नवदुर्गा गाउँपालिकाका लागि २७ करोड १८ लाख र गन्यापधुरा गाउँपालिकाका लागि २५ करोड ४६ लाख विनियोजन भएको छ ।