सागर परियार
मंगलबार, चैत्र २५, २०७६
741

 जुम्ला -कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सबै स्थानीयतहले लाखौ करोडौका विपद कोष स्थापना गरेका छन् । तर त्यो कोषमा कुन शिर्षकको बजेट राख्ने, पछि कसरी हिसाब मिलान गर्ने,कुन योजनाको बजेट कटाउने ? भन्ने अन्यौलनमा रहेका स्थानीयतहलाई अर्थ मन्त्रालयले सहज बनाएको छ । 

चालु आवमा विनियोजित कार्यक्रम मध्य चैत २० गते सम्म बोलपत्र आह्वान भएका तथा भुक्तानी दिन बाँकी रहेका बाहेक अधिंकाश कार्यक्रम स्थगीत गरी विपद्कोषमा बजेट रकमान्तर गर्न अर्थमन्त्रालयले परिपत्र गरेको छ ।
जसले गर्दा स्थानीयतहलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि बजेट व्यवस्थापन खर्च सहज भएको तातोपानी गाउँपालिकाका लेखाअधिकृत मिलन बुढ्थापाले बताए । उनका अनुसार करिब १४ शिर्षकको बजेटलाई विपद्कोषमा रकमान्तर गरी खर्च गर्न पाईने छ । सोहि अनुसार तातोपानी गाउँपालिकाले ८ लाख भैपरी शिर्षक र ७ लाख कर्मचारी पारिश्रमिकका लागि अनुमान गरिएको बढी रकमबाट गरी १५ लाखको विपद्कोष स्थापना गरिएको छ ।
भने, यसअघि गाउँगाउँमा मास्क, साबुन वितरण, क्वारेन्टाईन व्यवस्थापनमा ८ लाख खर्च भएको छ । त्यसमा जनता संग अध्यक्ष कार्यक्रमको ५ लाख, जनता संग उपाध्यक्ष कार्यक्रमको २ लाख र न्यायीक समितिको १ लाख बजेट रकमान्तर गरी ८ लाख खच भएको बुढ्थापाले जानकारी दिए ।
(सवारी साधन,सेवा र परामर्श सेवा, कर्मचारी तालिम खर्च, मेसिनरी औजार खर्च, अनुगमन तथा मुल्यांकन खर्च, भैपरी आउने चालु र पुजि खर्च, सिप विकास तथा जनचेतना तालिम गोष्ठी खर्च,पुजीगत अनुसन्धान तथा परामर्श खर्च शिर्षक) लगायत करिब १४ वटा शिर्षकबाट विपद्कोषका लागि आबश्यक बजेट रकमान्तर गर्न अर्थमन्त्रालय निर्देशन दिएको छ । सोमबार जुम्ला पुगेका कर्णालीका कानुन मन्त्री नरेश भण्डारीले पनि आबश्यक बजेट तत्काल रकमान्तर गरी प्रयाप्त राहत, सेचतनाका कार्यक्रममा जुट्न सुझाब दिएका थिए ।
स्थानीयतहमा कोरोना रोकथामका लागि वित्तिय संकट नहोस भन्ने लक्ष्यका साथ सरकारले यस्तो निर्णय लिएको प्रमखु जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । प्रजि बञ्जाडेका यहाँका एक नगरपालिका सहित सात गाउँपालिकाले चालु आवमा विनियोजित भएका तर हाल सम्म खर्च हुन नसकेका शिर्षकको बजेटलाई विपद्कोषमा रकमान्तरगरी कोरोना रोकथाम तथा न्युनिकरणमा खर्च गर्नेछन् ।
जुम्लाका आठै तहगरी २ करोड ५० लाख जतीको विपद् कोष स्थापना भएको छ । अर्थमन्त्रालयको परिपत्रलाई आधार मान्दै आबश्यकता अनुसार कोष बढाउने बताईरहेका छन् । स्थानीयतह खर्च हुन नक्सने लाखौका कार्यक्रमको बजेट विपद कोषमा रकमान्तर गर्ने तयारीमा छन् ।