प्रकाश लम्साल
मंगलबार, चैत्र २५, २०७६
614

बारा निजगढका जनप्रतीनिधिहरुले बिभिन्न शिर्षकमा लिने र पाउने सुबिधा, भत्ता कटाएर एक करोड दुईलाखको ‘कोरोना बिपद् ब्यवस्थापन’ कोष खडा गरेका छन ।
सम्भाबित बिपद् ब्यवस्थापनका लागि ५० लाखको कोषले नधान्ने अवस्था बने  पछि जनप्रतीनिधीहरुले आफुले पाउने सबै सुबिधाको रकम नलिने निर्णय गदैृ कोष बनाएको हो ।

सम्भाबित प्रकोपको प्रभावकारी ब्यवस्थापनका लागि नगरले यसअघी स्थापना गरेको ५० लाख रुपयाँको कोषलाइृ बढाएर एक करोड दुई लाख रुपयाँ बनाएको र प्रदेश सरकारले दिने १५ लाख समेत यहि कोषमा थप गरीने नगर प्रमुख सुरेश कुमार खनालले बताए । उनले जनप्रतिनिधिहरुले बैठक, भ्रमण, अनुगमन बापत पाउने भत्ता र बिभिन्न बिषयगत कार्यक्रमको बजेटलाई रकमान्तर गरी कोषको रकम बढाउने स्बागत योग्य निर्णय भएको जानकारी दिए ।
कोषको रकमले स्बास्थ्य उपकरण, ज्बरो, छाती, खोकी र फोक्सोको औषधी मोैजादमा थप गरीएको र बुधबार सम्म सबै बडा बाट अति प्रभाबित दैनिक ज्यालदरीमा गुजारा चलाउँदै आएका बिपन्न मजदुरहरुको तथ्यांक आए संगै राहत धमाधम बितरण गरीने नगरपालीकाले जनाएको छ । आईतबार खादान्नको को तिन दिने बोलपत्र आबहान गरी नगरपालीकाले उधोग बाणीज्य संघ संग बजार मुल्य समेत माग गरेको छ ।
कोरोना भाईरस नियन्त्रण तथा रोकथाम गर्न संघिय सरकारले गरेको निती अनुसार आवश्यक राहतको प्याकेज लगायत अन्य रोकथामका कार्यक्रमहरु कोष मार्फत गरीने भएको छ ।।
कोषले उत्पन्न जोखिम न्यूनीकरणकालागि क्वारेन्टाइन स्थल, स्वास्थ्यकर्मी, अन्य कर्मचारी, परिचालन, औषधि डिस्ईन्फेक्सन गर्न, व्यक्तिगत सुरक्षा कवच पिपीई, किटनाशक स्प्रे, बिरामी राख्ने शैया, कपडा, सरसफाईका सामाग्रीहरु, व्यक्तिगत प्रयोगका सामानहरु, बिजुली, खानेपानी, साबुन, स्यानिटाईजर लगायतका आवश्यक सामाग्रीहरु खरिद गर्ने निर्णय गरेको छ
कोषमा तालिम, गोष्ठी, सेमिनार जस्ता कार्यक्रममा छुट्टाइएको बजेटको रकम रकमान्तर गरेर जम्मा गर्ने निर्णय भएको छ ।