कारोबार संवाददाता
बिहिवार, माघ ९, २०७६
947

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१९ सार्वजनिक गरेको छ । सूचकाङ्कमा १८० देशको भ्रष्टाचार मापन गरेर देखईएको छ । जसमा नेपाल ११३ औँ स्थानमा रहेको छ । यसको मतलब नेपाल धेरै भ्रष्टाचार हुने देशमा २० औँ अंकमा परेको छ ।
भ्रष्टाचार मापन सुन्य देखि १०० सम्म को आधारमा गरिएको छ । जसमा सुन्यको मतलब निकै नै भ्रष्टाचार भएको भनेर मानिएको छ भने १०० भ्रष्टाचार मुक्त र स्वच्छ देश मानिएको छ । यो वर्षको सीपीआईमा दुई तिहाई भन्दा बढी देशहरू अंक ५० भन्दा कम रहेका छन् । कुनै देशको प्रगति भएको छ भने कुनै देशको अंक झनै खस्केको छ त कुनै यथावत स्थानमा रहेको छ ।

पछिल्लो २०१८ को सीपीआई हेर्ने हो भने श्रेणी १ देखि श्रेणी ४ सम्म तिनै देशहरु छन् जुन २०१९ को सीपीआईमा हामी देख्न सक्छौँ । जसमा पहिलो श्रेणीमा डेनमार्कले र न्यु-जिल्याण्ड ८७ अंकले सबै भन्दा स्वच्छ देशमा परेको छ । त्यसैगरि फिनल्याण्ड ८६ अंकले तेस्रो श्रेणीमा र श्रेणी ४ मा सिंगापुर, स्विडेन र स्विट्जरल्याण्ड क्रमस ८५, ८५, ८५ अंकमा रहेको छ ।
सबै भन्दा धेरै भ्रष्टाचारको कम अंकमा सोमालिया, दक्षिण सुडान र सिरिया क्रमस ९, १२, र १३ अंक प्राप्त गरेका छन् ।  पछिल्लो ८ बर्षको तथ्यांक हेर्ने हो भने मात्र २२ देशले आफ्नो सीपीआई अंक सुधार गरेको सीपीआई रिपोर्टमा उल्लेख छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलका निर्देशक प्याट्रिसिया मोरेइरा भन्छिन्, ‘भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी हुन नसक्दा यसको गम्भीर नकारात्मक असर धेरै देशका नागरिकमा परेको देखिन्छ । भ्रष्टाचार नियन्त्रण गर्न र जनताको जीवनस्तरमा सुधार ल्याउन राजनीतिमा पैसाको प्रभाव घटाउनुपर्छ । निर्णय प्रक्रियामा आम नागरिकको प्रतिनिधित्व हुन जरुरी छ ।’
विगत १ वर्षमा (सन् २०१८–१९) विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीइएमसमेत गरी ६ वटा संस्थाका सर्वेक्षणका आधारमा सीपीआई २०१९ मा नेपाल १०० मा ३४ अङ्कले ११३ औँ श्रेणीमा परेको छ । गतवर्ष यस सूचीमा ३१ अङ्कले १२४ औँ श्रेणीमा परेको थियो ।
भ्रष्टाचार अवधारणा सूचकांक २०१९ मा नेपालले पाएको अंकमा केही सुधार आएपनि सरकारको भ्रष्टाचार विरोधी प्रतिवद्धता कार्यान्वयनमा सुधार हुन नसकेको औलाएको छ । यस्तै, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरुपयोग यथावत रहुन, सूचनामा नागरिकको पहुँच कमी हुनु, राज्य सञ्चालनमा सिमित समुहको पकड हुनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गम्भीर नहुनु जस्ता दीर्घकालीन समास्यामा सुधार नहुनुले पनि नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरुको श्रेणी मै रहेको औंल्याएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेष्नल नेपालले बिहिबार प्रतिवेदन सार्वजनिक गर्दै यो बर्षको सीपीआई सूचीमा नेपालले केही सुधार गर्नुको चार कारण मध्ये नेपाली सेनामा भएको सदाचारको पहललाई पनि ईंगित गरेको छ । खासगरि सेनामा सदाचारको पहल लगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाको कारणले अंकमा सुधार आएको ट्रान्सपरेन्सी इन्टरनेष्नल नेपालका अध्यक्ष खेमराज रेग्मीले बताए । उनले पछिल्लो समय सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भ्रष्टाचार नियन्त्रण गर्न सम्पूर्ण सैन्य अधिकृतको सम्पत्ति विवरण राख्ने तथा अनुगमन नियन्त्रण गर्न व्यवस्था लागू  गरेका कारण सुधार भएको बताए । यस्तै, सेनामा भर्ना छनोटको बेला हुने भ्रष्टाचारमा संलग्न पदाधिकारीहरुलाई कारवाही गर्नाले पनि सुधार भएको प्रतिवेदनले देखाएको पनि बताए।
नेपालले यो बर्ष अंकमा सुधार गर्नुका कारणमा सार्वजनिक पदको दुरुपयोग गर्नेलाई कारवाही, न्यायपालिकाका काम कारवाही, कर असुली सम्वन्धीत निर्णय देखाएको छ । रिपोर्ट सार्वजनिक गर्दे ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारलाई शक्ति पृथकीकरणको प्रवद्र्धन गर्न, पक्षपातरहित बजेट र सेवामा सरोकारवालाहरुको पहुँच बढाउन, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण गर्न, निर्णय प्रक्रियामा सरोकारवालाहरुको अर्थपूर्ण पहुँच बढाउन, निर्वाचनमा देखिने विकृति नियन्त्रण तथा राजनीति प्रति विश्वास जगाउन सरकारलाई सुझाव दिएको छ ।

रोशन थापा/रजनी श्रेष्ठ