कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६
479

भारत सरकारको तर्फबाट भारतीय निर्यात–आयात बैंक (एक्जिम)ले बुधबार नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत क्रण व्यवस्थामार्फत ३ अर्ब १० करोड (२७.९ मिलियन अमेरीकी डलर) नेपाल सरकारलाई प्रदान गरेको छ ।
नेपालको नुवाकोट तथा गोर्खा जिल्लाका ५०,००० निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले क्रण व्यवस्थामार्फत ५० मिलियन अमेरीकी डलर उपलब्ध गराउने वाचा गरेको थियो । यसका अतिरिक्त भारतले यी घरहरूको निर्माणका लागिअनुदान स्वरुप १०० मिलियन अमेरीकी डलरउपलब्ध गराउने प्रतिबद्घता पनि गरेको थियो । भारतले हालसम्म घरधनीहरूलाई पहिलो र दोस्रो किस्ता गरी ने.रु. ६ अर्ब ९६ करोड (६९.६ मिलियन अमेरीकी डलर)प्रदान गरिसकेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
घरधनीहरूलाई नेपाल सरकारले निर्धारण गरेकोमापदण्ड अनुरुप भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्रोत्साहन गर्नका लागि भारत सरकारले सामाजिक–प्राविधिक सहजीकरणको सुविधा प्रदान गर्दै आएको भन्दै दूतावासले नेपालमा भूकम्पपश्चातको पुनर्निमाण परियोजना सम्पन्न गर्न नेपालीजनतातथा नेपाल सरकारलाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्घ रहेको पनि जनाएको छ ।