लक्ष्मी सापकोटा
बिहिवार, कार्तिक २१, २०७६
420

चालू आर्थिक वर्षको तीन महिनामा आयात १०.३४ प्रतिशतले घटेको छ भनेआयात कमभएकाले व्यापार घाटा १२.२ प्रतिशतले घटेको हो ।आयात घटाउनेमा पेट्रोलियम पदार्थ र निर्यात बढाउने पाम आयलरहेको छ । गत वर्षको तीन महिनाको तुलनामा चालू आवको तीन महिनामा इन्धन आयात ७ अर्बले कम भएको छ भने प्रशोधित पाम तेलको निर्यातभने७ अर्बले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
तीन महिनामा इन्धनको आयात रकममा घटेकाले पनि व्यापारघाटा कम गर्न सहयोग पुगेको हो । नेपाल आयल निगमका अनुसार गत आर्थिक वर्षको तीन महिनामा ५३ अर्ब ५४ करोड २४ लाख ३२ हजार सात सय ५४ रुपैयाँको इन्धन आयात भएकोमा यो वर्ष घटेर ४६ अर्ब ५४ करोड ४५ लाख ३१ हजार ३ सय ७५ रुपैयाँको इन्धन आयात भएको छ । अघिल्लो वर्षको तुलनामा७ अर्ब रुपैयाँको इन्धन कम आयात भएकाले पनि व्यापारघाटा कम गर्न सघाउ पु¥याएको देखिन्छ । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले इन्धनको आयात रकममा कम देखिएको बताए । इन्धन आयात रकममा घटेपनि परिमाणमा भने बढेको उनको भनाई छ । गत आवको तीन महिनामा ५ लाख ४३ हजार ४ सय ८१ किलोलिटर इन्धन आयात भएकोमा चालू आवको तीन महिनामा ७ लाख ३६ हजार एक सय ६ किलोलिटर इन्धन आयात भएको निगमको तथ्यांक छ ।

विज्ञहरूले आयात निर्यातको समग्र तथ्यांक हेर्दा सन्तोषजनक भए पनि वास्तविक अवस्था उत्साहजनक नभएको बताएका छन् । चालू आर्थिक वर्षको तीन महिनामा निर्यात बढेको छ । अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापारघाटा घटेको हो। भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा आयात १०.३४ प्रतिशतले घटेको छ भने निर्यात १४.४१ प्रतिशतले बढेको छ।व्यापार घाटा १२.०२ प्रतिशतले कम भएको छ। भारतसँग आयात घटेको र निर्यात बढेको छ। चीनसँग भने आयात बढेको र निर्यात घटेको छ। भन्सार विभागको तथ्याङक अनुसार गत आवको तीन महिनामा ३ खर्ब ७३ अर्ब ५८ करोडको आयात भएकोमा चालू आवको तीन महिनामा ३ खर्ब ३४ अर्ब ९४ करोडको आयात भएको छ । यस्तै सो अवधिमा २३ अर्ब ७४ करोडको निर्यात भएकोमा चालू आवमा बढेर २७ अर्ब १६ करोड पुगेको छ ।
निर्यात वृद्धिमा भने सबैभन्दा ठूलो योगदान पाम आयलको देखिएको छ । प्रशोधित पाम तेल तीन महिनामै ७ अर्बको निर्यात भयो, जुन नेपालको आफ्नो उत्पादन होइन । भारतबाट कच्चा पदार्थ आयात गरी नेपालमा ‘भ्यालू एड’ गरी भारतमै पठाउने गरिएको छ ।
गत वर्ष पनि पाम आयल नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तु बनेको थियो । आव २०७५÷७६ मा १० अर्ब ३३ करोड ३० लाख ५१ हजारको पाम तेल निर्यात भएको थियो । यो वर्ष अझै निर्यात बढ्ने देखिएको छ ।इन्डोनेसिया, मलेसिया र थाइल्याण्ड लगायतका देशबाट कच्चा तेल आयात भएर नेपालबाट भारतमा मात्रै निर्यात हुने गरेको छ ।सूर्यमूखी र भटमास तेलजस्तै पाम आयलको प्रगोग पनि दक्षिण एसियाली मुलुक र अफ्रिकामा ब्यापक रहेको छ ।
नेपालमा प्रतिलिटर १ सय रुपैयाँभन्दा बढी पर्ने सो तेल विभिन्न खाद्य तेल उत्पादक कम्पनीहरूले आयात गरेर भारतमा निर्यात गर्ने गरेको भन्सार विभागले जनाएको छ ।भारत पाम आयल आयात गर्ने विश्वको सबैभन्दा ठूलो मुलुक हो ।