कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
183

धनकुटा- बजेट अभावका कारण धनकुटाको साँगुरीगढी गाउँपालिकामा निर्माणाधीन जनजाति पार्क निर्माणको काम अलपत्र बनेको छ ।
प्रदेश नम्बर एकमा बसोबास गर्ने आदिवासि जनजातिहको संस्कार संस्कृति जगेर्ना गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण थालिएको संग्रहालयसहितको पार्क निर्माणको काम बजेट अभावले अवरुद्ध भएको हो । एक करोड ३५ लाख रुपैयाँको लागतमा गतवर्ष पार्क निर्माण थालिएको थियो । चालू आवका लागि प्रदेश सरकारले बजेट नपठाउँदा पार्क निर्माणको काम अवरुद्ध बनेको साँगुरीगढी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको बजेटले यति ठूलो काम गर्न सकिने अवस्था नरहेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याखाले बताए । उनले भने, “बजेटका लागि प्रदेश सरकारसँग पहल गरिरहेका छौं ।”