कारोबार संवाददाता
सोमवार, आश्विन २०, २०७६
1345

अर्थमन्त्री डा. युवराज खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानकालागि पहल गर्न भारत सरकारसंग अनुरोध गरेका छन् ।
भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आएको अवसरमा अर्थमन्त्री खतिवडा र भारत सरकारका वित्तमन्त्री श्रीमती निर्मला सितारमणबीच भारतको वित्त मन्त्रालयमा शिष्टाचार भेटका अवसरमा खतिवडाले भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आपूmसँग लैजानपाउने ठुला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्धिविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सुचना जारी गरिदिन समेत अनुरोध गरेका छन् ।

अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमाभएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धिलगायतका विषयमा समेत छलफल गरेको अर्थमन्त्रलयले जनाएको छ । नेपालको वैदेशिक व्यापारको दुईतिहाई हिस्सा भारतसँग भएको उल्लेख गर्दै अर्थमन्त्रीले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग प्राप्त हुने अपेक्षा गरे ।
भारतका वित्तमन्त्री श्रीमती निर्मला सिथारमणले नेपाल भारत बीचको सम्बन्ध सदियौदेखि भएको उल्लेख गर्दै आगामी दिनमा सहायतालाई बढाउने जानकारी गराइन् । उनले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने पनि
नेपाली राजदुतावास नयाँदिल्लीका नियोग उपप्रमुख भरत रेग्मी र अर्थ मन्त्रालयका उपसचिव रमेश अर्यालको समेत उपस्थिति रहेको उक्त भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकासकालागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगकालागि धन्यवाद दिदै द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल गरेको पनि अर्थमन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री डा. खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराउँदै भुकम्प पछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमा समेत उपयोग गर्ने गरी तय गरिएका आयोजनाहरुको विषयमा छलफल गरे । साथै, साना विकास अनुदान आयोजना, हुलाकी सडक, एकीकृत चेक पोष्टको कार्यान्वयन अवस्थाबारेमा जानकारी पनि गराए । नेपाल इन्फ्रास्टकचर बैंक लिमिटेडमा भारतीय लगानीकर्ताबाट समेत इक्विटीमा लगानी गर्नकालागि प्रकृया अघि वढेको जानकारी दिंदै सो कार्य अघि वढाउन अनुरोध गरे ।