हेटांँडा-चालु आर्थिक वर्षमा ६१ करोड रुपैयाँ बजेट रहेको मकवानपुरको मनहरि गाउँपालिकाले बजेटको कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । गाउँपालिकाले सबै वडालाई पत्राचार गरी १५ दिनभित्र बजेट अन्तर्गतका योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्न निर्देशन दएको छ ।
गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत देवराज चौलागार्इंले सबै वडामा उपभोक्ता समिति गठनका लागि पत्राचार गरेको जानकारी दिए । उपभोक्ता गठनपछि बजेट कार्यान्वयन हुनेछ ।
यसवर्ष गाउँपालिकाले ६१ करोड रुपैयाँको बजेट योजना निर्माण गरी कार्यान्वयन गरी रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।