कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
804

नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनको आज औपचारिक उद्घाटन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विद्युतीय माध्यम रिमोटद्वारा पाइपलाइनको औपचारिक उद्घाटन गर्नुभएको हो । केपी शर्मा ओलीले सिंहदरबार र नरेन्द्र मोदीले दिल्लीबाट रिमोर्टमार्फत पाइपलाइनको उद्घाटन गर्नुभएको हो ।