लक्ष्मी सापकोटा
मंगलबार, भदौ २४, २०७६
511

लामो समयदेखि चर्चामा रहेको पेट्रोलियम पाइपलाइनको मंगलबार औपचारिक उद्घाटन हँुदैछ । नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा मंगलबार १२ः१५ मा रिमोटबाट ‘स्वीच अन’ गरेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएकोउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट पाइपलाइनको स्वीच अन गरेपछि मोतिहारीबाट तेल पठाउने र बाराको अमलेखगन्जमा तेल झर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय, नेपाल आयल निगमको अमलेखगञ्ज डिपो तथा भारतीय आयल निगमको मोतीहारी डिपोलाई प्रत्यक्ष भिडियोमा जोडिने कार्याक्रमसमेत छ ।

प्रधानमन्त्री ओली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, मुख्यसचिव र उद्योग तथा वाणिज्य मन्त्रालयका दुई जना सचिवसहितको टोली सिंहदरबारमा हुनेछन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र पेट्रोलियम पाइपलाइन परियोजनाका नेपाली तथा भारतीय प्रमुखहरूअमलेखगञ्जस्थित डिपोमा हुनेछन्
मोतिहारीका इन्डियन आयल कर्पाेरेशन (आइओसी) प्रमुखले निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पारदर्शी देखिने जारमा डिजेल हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासबाट स्वीच थिचेर डिजेल पठाउने र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिहदरबारबाट स्वीच थिचेर रिसिभ गर्ने कार्यक्रम रहेको छ ।
कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएकोनेपाल आयल निगम अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए। उद्घाटनसँगै नियमितरूपमा पाइपबाट तेल आयात हुने छ । पहिलो चरणमा पाइपलाइनबाट डिजेलमात्र आयात गरिने छ । निगमका अनुसार पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २० घण्टासम्म सञ्चालन हु सक्ने उनले जानकारी दिए ।दैनिक रूपमा ३० हजार किलोलिटर तेल पाइपबाट आउँछ।
अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्यांकी राखिएका छन्। ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट््यांकी छन्।पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमले जनाएको छ।
निगम र आइओसीको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म (६९.५ किलोमिटर) नयाँ पाइपलाइन बिछ्याइएको छ । पाइपलाइनको दुरी भारततर्फ ३२.२५ र नेपालमा ३७.२५ किलोमिटर रहेको छ ।
पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्नसकिने निगमले जनाएको छ ।अर्थ मन्त्रालयले भदौ ९ गते राजपत्रमा सूचना जारी गरेर तेल भन्सार ऐन २०६४ को दफा ३ को उपदफा २ बमोजिम मोतीहारीदेखि अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइनलाई वैधानिकता दिएको थियो ।नेपालतर्फको पाइपलाइनको सुरक्षा जिम्मा नेपाली सेनाले पाएको वाणिज्य मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बताइन् । भारतले भने आफ्नो भूमितर्फको पेट्रोलियम पाइपलाइन सुृरक्षा भारतको तेल उद्योग सुरक्षा निर्देशनालय (ओइएस आईडी) एवं पेट्रोलियम तथा बिस्फोटन सुरक्षा संगठन पीईएसओबाट गराउनेछ । भारतले आफ्नो क्षेत्रको पाइपलाइनको सुरक्षा रेखदेख ड्रोन क्यामेरामार्फत गर्ने बताएको छ ।