कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
511

विभिन्न देशका राजदूत, मिसन प्रमुख, विभिन्न एम्बेसीका आर्थिक तथा व्यापार सल्लाहकार, इन्भेस्टमेन्ट प्रोमोशन तथा निर्यात विकासको लागि सार्वजनिक प्राधिकरण(आईटीएचआरएए) ओमान र स्टेट जनरल रिजर्भ कोषका विशेष प्रतिनिधिहरूसहित करिब ५५ जनाको सहभागितामा नेपाली राजदूतावास ओमनको आयोजनामा ओमनको डब्ल्यु होटलमा नेपालमा लगानीको सम्भावना विषयमा एक कार्यक्रम सम्पन्न भएको छ ।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रमुख आतिथ्य अहमद बिन हसन अलदिब, दक्षिण एसिया विभागका प्रमुख पराराष्ट्र मन्त्रालयका महामहिम हिलाल मारोन अल मामारी, अर्थतन्त्र क्षेत्रका प्रमुख तथा परराष्ट्र मन्त्रालयका महामहिम डा. याह्या अब्दुल्लाह अल फन्नाह, ओमान चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका सीईओ अब्दुल अधैम अल बाहराइनीले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन भएको समारोहमा २९–३० मार्च, २०१९ मा काठमाडौंमा आयोजित ‘नेपाल इन्भेस्टमेन्ट समिट–२०१९’ मा नेपालका प्रधानमन्त्रीलगायत अन्य देशका प्रमुख व्यक्तिहरूद्वारा सम्बोधित प्रमुख विषयहरूलाई भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।
सम्बृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नका लागि नेपालमा लगानीको महत्वबारे प्रकाश पार्दै कृषि, ऊर्जा, आधारभूत संरचना, शिक्षा, औद्योगिक संरचना, सहरी आधारभूत संरचना, यातायातलगायतका लगानीका क्षेत्रबारे महामहिम राजदूतले धारणा राखे । मन्तव्यकै क्रममा सम्बन्धित क्षेत्रका भिडियोहरू पनि सँगै प्रस्तुत गरिएको थियो । राजदूतले लगानी अनुकूल वातावरण बनाउन नेपाल सरकारद्वारा विभिन्न सरकारी र संस्थागत नीतिमा ल्याएका सुधारहरूबारे पनि जानकारी दिए । राजदूतले नेपालको सामाजिक–आर्थिक विकासका लागि विश्वका सहयोगी हातहरूलाई सहयोगको लागि आग्रह गरे ।