कारोबार संवाददाता
शुक्रवार, असार १३, २०७६
517

भोजपुर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । नगरपालिकाले ४४ करोड ३२ लाखको वजेट विनियोजन गरेको छ । नगरपालिकाको तेस्रो नगर सभाबाट नीति, कार्यक्रम तथा आर्थिक विधेयक २०७६ समेत पास गरेको छ । नगरपालिकाका प्रमुख तथा तेस्रो नगर सभाका सभा अध्यक्ष कैलाशकुमार आलेले आर्थिक वर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गरेका थिए । नगरपालिकाले तेस्रो नगरसभामार्फत चालूतर्फ ७ करोड ५४ लाख ३२ हजार, पुंजिगततर्फ १५ करोड ६७ लाख ५६ हजार ८ सय र ससर्त अनुदानतर्फ २१ करोड ५९ लाख रकम विनियोजन गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्रथामिकतामा राखेर बजेट ल्याएको सभाका सभाध्यक्ष तथा मेयर कैलाशकुमार आलेले बताए । नगरसभाले १४ वटा आर्थिक विधेयकसमेत पास गरेको छ ।

अर्जुन बस्नेत