दिपक बोहरा
बिहिवार, असार १२, २०७६
275

पाँचथरका सवै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७६-७७ का लागि बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका छन् । एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तह रहेको पाँचथरका सबै तहमा गरी २ अर्ब ९३ करोड ११ लाख १ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।
सवै स्थानीय सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, संस्थागत र वन तथा वातावरण विषयलाई पनि प्राथमिकतामा राखेका छन् ।

फिदिम नगरपालिकाले ६२ करोड ८ लाख ६६ हजार बराबरको बजेट पेश गरेको छ । बजेटमा संघीय सरकारबाट १५ करोड ४६ लाख र प्रदेश सरकारबाट ७६ लाख २३ हजार समानीकरण अनुदान रहेको जानकारी दिइएको छ । यस्तै, राजस्व बाडँफाँडतर्फ ११ करोड ७२ लाख, संघीय सरकारको र प्रदेश सरकारको १ करोड ४४ लाख ४३ हजारको सिमा तोकिएको छ । फिदिम नगरपालिकाले आगामी आर्थिक वर्षमा ३ करोड ३० करोड राजस्व परिचालको लक्ष्य लिएको छ ।
मिक्लाजुङ गाउँपालिकाले ३९ करोड ५२ लाख २८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । मिक्लाजुङ गाउँपालिकाले योजना छनोट र बजेट विनियोजनको कार्य केही दिन पछि सक्ने प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिए ।
तुम्बेवा गाँउपालिकाले २५ करोड ८० लाख ५० हजार रुपैयाँ बराबरको बजेट पेस गरेको छ । गाउँपालिका केन्द्रमा आयोजित गाउँसभा बैठकमा बजेट पेश गरिएको हो । बजेटमा संघको समानीकरणबाट ७ करोड २० लाख, संघको ससर्त अनुदान ११ करोड ७१ लाख, प्रदेशको वित्तीय समानीकरण र सवारीसाधन राजस्वबाट ९६ लाख ९५ हजार, आन्तरिक आय १३ लाख, राजस्व बाडँफाडको ५ करोड ४० लाख र मौज्दात ४० लाखबाट बजेट बनाइएको हो । यो गाँउपालिकाले समपुरक कोषमा २ करोड बजेट राखेको छ ।
फालेलुङ गाउँपालिकामा ३७ करोड १५ लाख ६९ हजार बराबरको बजेट पेश भएको प्रमुख प्रशासकीय अधिकृत मौसम ढुंगेलले जानकारी दिए । पूर्वाधार विकासमा ८ करोड ७८ लाख ८० हजार, आर्थिक विकासमा १ करोड ९७ लाख, सामाजिक विकासमा ३ करोड ९ लाख, वातावरण विकासमा ४२ लाख र संस्थागत विकासका लागि २८ लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।
हिलिहाङ गाउँपालिकाले ३८ करोड १७ लाख ७९ हजार बजेट प्रस्तुत गरेको छ । पूर्वाधार विकासमा ६ करोड ५८ लाख, आर्थिक विकासमा २ करोड ५१ लख ३४ हजार, सामाजिक विकासम ४ करोड १४ लाख ९५ हजार, संस्थागत विकासमा ८३ लाख १२ हजार र वातावरण तथा विपतमा ६० लाख बजेट विनियोजित भएको छ । फाल्गुनन्द गाँउपालिकामा ३३ करोड ११ लाख २० हजार रुपैयाँ बराबरको बजेट पेश भएको प्रमुख प्रशासकीय अधिकृत अनिल खत्रीले जानकारी दिए । संघीय अनुदान २१ करोड ११ लाख, प्रदेशको अनुदान ७० लाख २० हजार, राजस्व बाँडफाँडतर्फ नेपाल सरकारको ४ करोड, प्रदेशको ९८ लाख ६९ हजार, आन्तरिक राजस्व ३० लाख, चालू आर्थिक बर्षबाट बच्ने १ करोड रुपैयाँमा रहेर बजेट बनाइएको छ ।
कुम्मायक गाउँपालिकाको गाउँसभा २७ करोड ९१ लाख ४७ हजार बराबरको बजेट पेश भएको छ । संघको ससर्त अनुदान १२ करोड २२ लाख, आन्तरिक आम्दानी ३५ लाख, समानीकरणको ७ करोड ८६ लाख, संघको राजस्व बाँडफाँडबाट ६ करोड ३ लाख, प्रदेश वित्तीय अनुदान ३५ लाख ६९ हजार, प्रदेश राजस्व बाँडफाँड ३५ लाख र मौज्जाद ४० लाख हुने गरी कुम्मायकमा बजेट बनाइएको छ ।
याङवरक गाउँपालिकामा ३० करोड ३३ लाख ६० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत भएको छ । सर्सत अनुदानमार्फतको १३ करोड २१ लाख, वित्तीय समानिकरण ८ करोड, प्रदेश समानीकरण ६९ लाख ६७ हजार, संघीय राजस्व बाँडफाड ६ करोड ८७ लाख र प्रदेश राजस्व बाँडफाँड ५७ लाख ९४ हजार र आन्तरिक आम्दानीलाई समेटेर बजेट बनाइएको छ ।