गोपाल संग्रौला
मंगलबार, असार ३, २०७६
484

सरकारले विपन्न नागरिकको दैनिक जीवनयापनमा प्रत्यक्ष सरोकार राख्ने सामाजिक सुरक्षाका विभिन्न योजनाका लागि मात्र२ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने भएको छ ।आगामी आर्थिक वर्षका लागिसंघ, प्रदेश र स्थानीय सरकारले सञ्चालन गर्नेगरी सामाजिक क्षेत्रमा२ अर्बभन्दा बढीकाबढीका २ दर्जन कार्यक्रम राखेको छ ।
संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य, शिक्षा, रोजगार र ज्येष्ठ नागरिक लगायतका सामाजिक क्षेत्रमा आगामी वर्ष सो बजेट विनियोजन गरेको हो । यसमध्ये पनि सबैभन्दा बढी स्वास्थ्य, शिक्षा र रोजगारीका लागि कार्यक्रम र बजेटलाई प्राथमिकता दिइएको छ । सरकारले आर्थिक वर्ष २०७६÷७७ मा प्रस्तुत गरेको कुल बजेटको लगभग १२ प्रतिशतभन्दा बढी यरी सामाजिक क्षेत्रका लागि अनुदानका रूपमा छुट्याएको छ । सरकारले शिक्षा, विज्ञान प्राविधि, स्वास्थ्य, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, महिला, बालबालिका तथा जेष्ठ नागरिक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सामाजिक विषय क्षेत्रगत बजेटअन्तर्गत सो रकम विनियोजन गरेको हो । गत आर्थिक वर्ष यही शीर्षकमा १ खर्ब १८ करोड ७२ लाख रुपैयाँविनियोजन गरेको थियो । गत आर्थिक वर्ष शिक्षा, श्रम तथा रोजगार मन्त्रालयको सम्पूर्ण बजेटसहित सो बजेट विनियोजन गरेकोमा आगामी आवमा भने विभागीय बजेट काटेर छुट्टै सामाजिक विषय क्षेत्रगत बजेट विनियोजन गरेको छ । यसमध्ये सबैभन्दा बढी नयाँ प्रधानमन्त्री रोजगार कार्यक्रम र बालबालिकाका लागि दिवा खाजाका कार्यक्रमका लागि बजेट विनियोजन गरेको राष्ट्रिय योजना आयोगको वार्षिक विकास कार्यक्रम २०७६÷७७ मा उल्लेख छ ।

यसमध्ये पनि शिक्षा क्षेत्रको अनुदान तथा अन्य शीर्षकमा ४७ अर्ब रुपैयाँभन्दा बढीका १ दर्जन कार्यक्रमहरू रहेको आयोगको वार्षिक कार्यक्रमा उल्लेख छ । शिक्षाका मुख्य कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधार र भौतिक निर्माण अनुदानमा धेरै रकम र योजना छन् । यसमध्ये विद्यालयमा विद्यार्थी टिकाइराख्न र विद्यालय छाड्ने दरलाई कम गर्न ४३ जिल्लाका आधारभूत तहका थप ९ लाख १७ हजारसहित जम्मा २२ लाख २९ हजार बालबालिकालाई दिवा खाजा उपलब्ध गराउन ५ अर्ब ९५ करोडभन्दा बढीको कार्यक्रम छ । यसैगरी श्रमिक व्यवस्थापन र रोजगार सिर्जनाका लागि ८० अर्बका आधा दर्जनभन्दा बढी कार्यक्रमका सञ्चालन गरिएका छन् । चालू आर्थिक वर्षदेखि सुरु गरेको सामाजिक सुरक्षा योजनाका लागि मात्र ६४ अर्बका विभिन्न कार्यक्रम रहेका छन् । यसैगरी चालू आर्थिक वर्षमा २ अर्ब १० करोडबाट सुरु गरेको रोजगार कार्यक्रमका लागि आगामी ५ अर्ब १ करोड रुपैयाँका कार्यक्रम रहेका छन् । यसैगरी, वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमी बनाउनका लागि मात्र ७ अर्ब रुपैयाँका विभिन्न कार्यक्रम रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
यसैगरी,सामाजिक रूपमा स्वास्थ्य स्वास्थ्य सेवाबाट बञ्चित रहने विपन्न नागरिकलाई लक्षित गरी २३ अर्ब रुपैयाँका विभिन्न मुख्य रूपमा ६ वटा कार्यक्रम सञ्चालन गरिने भएको छ । यसमध्येस्वास्थ्य बिमा योजना सञ्चालन गर्ने कार्यक्रमहरू प्रत्यक्ष विपन्न नागरिकलाई प्रभाव पार्ने योजना हुन् । यसैगरी वृद्धा तथा बालबालबालिको संरक्षणका लागि आधा दर्जन कार्यक्रमका लागि ५० अर्बका विभिन्न कार्यक्रम सञ्चालन हुने छन् ।