करदाता सेवा कार्यालय पाल्पाले पहिलो चौमासिक सम्ममा २३ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । करदाता सेवा कार्यालय पाल्पालाई आन्तरिक राजस्व कार्यालय बुटवलले वार्षिक लक्ष्य नदिएपनि गत वर्षको लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन हुने करदाता सेवा कार्यालय पाल्पाका प्रमुख सागर पोखरेलले बताए ।
महालेखापरीक्षकको कार्यालय र इन्टरनेशनल बजेट पार्टनशिपको संयुक्त आयोजनामा लेखापरीक्षण जवाफदेहिता अभिवृद्धि सम्बन्धी दुई दिने कार्यक्रम सुरु भएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै महालेखापरीक्षक टंकमणि शर्मा, दंगालले महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित सुझावको कार्यान्वयनमा सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताए ।
माडी–८ कान्तिपुरमा ४० विघा जग्गामा सामूहिक गहुँ खेती हुँदैछ । ‘सिड ड्रिल’ मेसीनमार्फत गहुँ छर्ने काम भइरहेको छ । सूर्योदय कृषि सहकारी संस्थाले ८६ परिवारको १ सय विघा जग्गामा सामूहिक खेती गत चैतबाट सुरु गरेको थियो । खेती गर्ने जनशक्ति अभाव, उत्पादन खर्च र आम्दानी बराबर जस्तै भएपछि जग्गा बाँझो छाडिएका थिए ।
विदेशी लगानीको प्रतिबद्धतामा चीनको वर्चश्व कायम रहेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७५-०७६ मा साउनदेखि मंसिरसम्म विदेशी लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा बढी चीनबाट आएको छ । नेपालमा आएको विगत ५ महिनाको कुल लगानीको ८० प्रतिशतभन्दा बढी चिनियाँ लगानीकर्ताले प्रतिबद्धता जनाएका छन् ।
गरिमा धान नफले पनि सुदूरपश्चिम प्रदेशमा गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।यसवर्ष ६१ हेक्टर कम जमिनमा धान खेती गरिएको र करिब६ सय हेक्टरमा गरिमा धान नफलेपनि गतवर्ष भन्दा ३७ हजार १ सय ७६ टन बढी फलेको हो । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार यसवर्ष १ लाख ८१ हजार तीन सय ३७ हेक्टरमा धानखेती गरिएकोमा छ लाख ४७ हजार ५ सय टन धान उत्पादन भएको छ । गतवर्ष प्रदेशमा १ लाख ८१ हजार तीन सय ९८ हेक्टरमा धान खेती गरिएकोमा छ लाख १० हजार ३ सय २८ टन धान उत्पादन भएको थियो ।
संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकाले कृषकहरूलाई कृषि पेसाप्रति आकर्षित र प्रोत्साहित गर्न कृषि तथा पशु मेला प्रदर्शनीको आयोजना गरेको छ । नगरपालिकाले सोमबार खाँदबारी हाट लाग्ने टुँडिखेलमा मेलाको आयोजना गरेको हो । मेलामा कृषिबाली समूह, जडिबुटी र पशु समूहमा वर्गीकरण गरी प्रदर्शनी गरिएको थियो । कृषितर्फ १० वटा समूह राखिएको थियो । घरेलु हस्तकला, बन पैदावार समूह, आलु तथा जरे बाली समूह, फलफूल तथा बाली समूह, लहरे तथा फल जन्य बाली समूह, दलहन, तेलहन तथा नगदेबाली समूह, पात तथा फूलजन्य तरकारी बाली समूह, खाद्यन्नबाली समूह र बिविध समूह गरी १० समूहमा प्रदर्शनी गरिएको थियो । यस समूहमा ४२ जना कृषकहरूले सहभागीता जनाएका थिए ।
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले यसको विरोधमा -याली प्रर्दशन गरेको हो । तीनै तहका सरकारले आफूखुसी कर लगाउनु स्थानीय समुदायको हक विपरित भएको र वन जोगाउने भूमिकामा स्थानीय समुदाय विमुख हुने फेकोफनको तर्क छ । प्रदेशभरका सामुदायिक वनका उपभोक्ताहरुले सोमबार धनगढीको मेन चौराहादेखि धनगढी रंगशालासम्म -याली प्रर्दशन गरेका थिए । -यालीपछि रंगशालामा विरोधसभा आयोजना गरिएको थियो ।
नेपालले मानव विकास सूचकांकमा झिनो मात्रै सुधार गरेको छ । गत वर्ष १४९ औं स्थानमा रहेको नेपालले यस वर्ष भने दुई अंक सुधार गर्दै १४७ अंक हासिल गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनमा यसपटक १८९ मुलुकलाई समावेश गरिएको छ । जसमध्ये नेपालको स्थान १४७ औं रहेको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले चालू आर्थिक वर्षदेखि मालसमान ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरे पनि अधिकांश व्यवसायी अहिलेसम्म अन्योलमै रहेको पाइएको छ । व्यवसायी तथा अर्थशास्त्रीहरूको चर्को विरोधका बीच सरकारले लागू गरेको यो व्यवस्था कार्यान्वयनमा भने गम्भीरता नदेखिँदा करोडौं राजस्व गुमिरहेको छ । भ्याटमा दर्ता हुने ढुवानी व्यवसायी र नहुनेबीचको अस्वस्थ प्रतिस्पर्धाले अर्को समस्या सिर्जना गरेको छ । सरकारले चालू आर्थिक वर्षको आर्थिक विधेयक (बजेट) मार्फत आर्थिक ऐन संशोधन गरी अनुसूची १ बाट ढुवानी सेवालाई हटाइ साना–ठूला सबै प्रकारका ढुवानी सेवामा भ्याट लाग्ने व्यवस्था गरेको छ ।
अलैंचीको मूल्यमा गिरावट आएसँगै निरास बनेका लमजुङका अलैंची कृषकहरु बजार खोज्दै भारतको सिक्किमसम्म पुगेका छन् । प्रधानमन्त्री कृषि परियोजना अलैंची जोन कार्यालयको सहयोगमा जिल्लाका अलैंची कृषकहरु भारतको सिक्किमसम्म पुगेका हुन् । गुणस्तरीय अलैंची उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा नमूना बनेका कृषकहरुले उत्पादन गुणस्तर गरेपनि मूल्य अपेक्षित नपाएपछि आफैं बजार खोज्न बाध्य भएका हुन् ।
मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाका किसानले उत्पादन अनुसार स्याउको मूल्य पाउन सकेका छैनन् । विगत वषहरुमा भन्दा यस वर्ष उत्पादन बढी भएपछि स्थानीयले स्याउसँग अन्य खाध्यान्न साट्न गरेका छन् । सडक पूर्वाधारको उचित व्यवस्था नभएकाले ढुवानी गरेर अन्यत्र लैजान नसकेपछि स्थानीयले एक मान भटमाससँग २० दान स्याउ साट्ने गरेका छन् ।
गुल्मीमा एक आयोजनाले कानम नगरी नै भुक्तानी लिएको छ । छत्रकोट गाउँपालिका–५ स्थित ढुङ्गेदेउराली वागवानी उपभोक्ता समूहले काम नगरी नै भुक्तानी लिएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका–२ खानीगाउँका कृषकले यस वर्ष एक करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । स्थानीय शुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी र रामबहादुर थापाले एक करोड २० लाख बराबरको सुन्तला बिक्री गरेका हुन् । यस वर्ष शुकनारायणले ५० लाख, विश्वबहादुरले ४० लाख, निर्मलले १८ लाख र रामबहादुरले १२ लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् ।
सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेललाई २१ अर्ब १० करोड र यसको ब्याज तथा जरिवाना बुझाउनु पर्ने ठहर गर्दै फैसलाको पूर्णपाठ सार्वजनिक गरेलगत्तै ठूला करदाता कार्यालयले कर निर्धारण गरेको छ । कार्यालयले एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको हो ।
वातावरण प्रदूषण नियन्त्रणका लागि इन्धन बिक्रीका माध्यमले उपभोक्ताबाट संकलन गरिएको रकम प्रयोगविहीन भएको छ । प्रदूषणनियन्त्रणका लागि उपभोक्ताबाट हालप्रतिलिटर डिजेल र पेट्रोलमा एक रुपैयाँ ५० पैसाका दरले रकम संकलन गर्दै आएपनि यो रकम प्रयोग नै नभई थन्किएको छ । जुन शीर्षकमा उठाइएको रकम त्यसमै खर्च गर्नुपर्ने प्रावधान रहे पनि मुलुकमा वातावरण प्रदूषणको अवस्था बिकराल बनिरहँदा पनि यो रकम प्रयोगविहीन अवस्थामा छ ।