कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजनाको ९ प्रतिशत काम सम्पन्न भएको छ । हालसम्म कार्यालय व्यवस्थापन, पाइप खरिद, माटो परीक्षण, कर्मचारी व्यवस्थापन गरेर करिव ९ प्रतिशत काम सम्पन्न भएको हो । आयोजनाका प्रमुख इञ्जिनियर मेघराज धिमालले पाइप फिटिङको कामसमेत सुरु भएकाले समयमा नै काम सम्पन्न हुने बताए ।

135
केशव समर्पण
आइतवार, भदौ १, २०७६

प्रदेश नम्बर ३ मा गत आर्थिक वर्ष २०७५-७६ मा सडक र पुल निर्माणमा साढे तीन अर्ब रुपैयाँ खर्च भएको छ । प्रदेश तहबाट पूर्ण बजेट कार्यान्वयनको पहिलो वर्ष भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले कच्ची तथा पक्की सडक निर्माण ढलान तथा सडक पुल निर्माण, सडक सर्भेलगायतको काम गरेको हो ।

162
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु गरिएको छ । असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए÷तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण सुरु गरेको हो । मन्दिर पुनर्निर्माणका क्रममा मूल मन्दिर वरिपरि यसअघि राखिएको क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ भने त्यसलाई हटाएर चुनासुर्की प्रयोग गरी मूल मन्दिर वरिपरिको प्यासेज पुनर्निर्माण थालिएको हो । प्राधिकरणका अनुसार, रानीपोखरीको उत्तरी ढोकानिर सुर्की निर्माणको काम भइरहेको छ भने मन्दिर नजिकै चुना भिजाइएको छ ।

249
नवराज कार्की
सोमवार, भदौ २, २०७६

ओखलढुंगाका भूकम्पपीडित आंशिक क्षतिमा परेका घर प्रबलीकरण गरेर अनुदान लिन अनिच्छुक देखिएका छन् । ढुंगा र माटोबाट बनेका घर प्रबलीकरण गर्दा झन् कमजोर हुने भन्दै प्रबलीकरण गर्न अनिच्छुक देखिएका छन् । २०७२ सालको भूकम्पमा परी घर क्षति भएकामध्ये ४ हजार ६५ घर प्रबलीकरणको सूचीमा परेका थिए । २ हजार ४ सय ७४ जनाले पहिलो किस्ता अनुदान सम्झौता गरे पनि घर प्रबलीकरण सुरू नै गरेका छैनन् । पहिलो किस्ता ५० हजार लगेका लाभग्राहीमध्ये एक जनाले पनि दोस्रो किस्ता लिन आएका छैनन् ।

296
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशको राजधानी एवं सांस्कृतिक सहर काठमाडौं तथा यहाँबाट बाहिर जोडिने प्रमुख सडकको अवस्था जीर्ण भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

230
भीम गौतम
सोमवार, भदौ २, २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उपभोक्तालाई विद्युत् सस्तो दिनुपर्ने बताएका छन् । प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले लागत घटाएर उपभोक्तालाई सस्तो बिजुली दिनुपर्ने बताएका हुन् । “उत्पादन, प्रसारण र वितरणको लागत घटाउने, प्रशासनिक खर्चलाई नियन्त्रण गर्ने जस्ता क्रियाकलापबाट लागतलाई कम गराई उपभोक्तालाई सस्तो विजुली दिनु पर्छ,” उनले भने, “विगतमा उच्यालो दिन चुनौतिपूर्ण थियो अब भरपर्दो र गुणस्तीय सेवा दिनुपर्ने चुनौती छ ।”

392
भीम गौतम
सोमवार, भदौ २, २०७६

नेपाल विद्युत् प्राधिकरणलाई डिजिटल प्राधिकरण बनाउने घोषणा गरिएको छ । विद्युत् प्राधिकरणको ३४ औ वार्षिकोत्सवको अवसरमा भावी योजना प्रस्तुत गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले डिजिटल प्राधिकरण बनाउने घोषणा गरेका हुन् । सूचनाप्रविधिको विस्तार र उद्योग स्रोत योजना (इन्टरप्राइजेज रिसोर्स प्लानिङ)को कार्यान्वयन र प्रणालीलाई स्वचालित बनाइ प्राधिकरणको सञ्चालन दक्षता अभिवृद्धि उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले प्राधिकरण क्रमशः डिजिटल प्राधिकरणतर्फ उन्मुख हुने घोषणा गरे ।

319
भीम गौतम
आइतवार, भदौ १, २०७६

आजको नौ वर्षपछि अर्थात् २०८५ सालभित्र आन्तरिक विद्युत् खपत १० हजार मेगावाट पु¥याउने सरकारको लक्ष्य छ । नेपाल विद्युत् प्राधिकरणको प्रक्षेपणकै आधारमा पनि १६ सय मेगावाट नाघ्नुपर्ने हो तर अहिलेको विद्युत्को माग हेर्ने हो भने १३ सय मेगावाट पनि पुग्न सकेको छैन ।

882
सागर परियार
बिहिवार, श्रावण ३०, २०७६

कर्णाली प्रदेशका सांसदहरू यतिबेला सरकारको कार्यसम्पादन मूल्यांकन गर्न गाउँगाउँमा पुगेका छन् । प्रदेश सरकारप्रति नागरिकको बुझाइ सन्तुष्टि र गुनासा सुन्न सांसद जिल्लामा पुगेका छन् भने, सोही अवसरमा आफ्नो निर्वाचन क्षेत्र विकासका लागि प्रादेशिक योजनासमेत सार्वजनिक गरिरहेका छन् । स्थानीय सरकारले वडास्तरको विकासमा जोड दिने, प्रादेशिक योजनाले निर्वाचन क्षेत्रमा रहेका ठूला योजनामा लगानी गर्ने सांसदहरूको भनाइ छ ।

211
कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६

खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम द्रुत गतिमा अघि बढाई निर्धारित समयमै सम्पन्न गर्न आयोजनाका प्रमुखसहितको टीमलाई निर्देशन दिएकी छन् ।

201
सागर परियार
शुक्रवार, श्रावण ३१, २०७६

नेपाल विद्युत् प्राधिकरणले जुम्लाको लोडसेडिङ हटाउन डिजेल प्लान्ट जडान गर्ने भएको छ । जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले प्रतिनिधिसभाको बैठकमै जुम्लालाई महिनौंदेखि अँध्यारोमा राखिएको भन्दै उर्जामन्त्री वर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गरेपछि प्राधिकरणले डिजेल प्लान्ट जडान गर्न लागेको हो । प्राधिकरणले ३ सय किलोवाट क्षमताको डिजेल प्लान्ट जुम्ला पु-याएको छ ।

448
कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६

एक महिनाअघि आएको बाढीबाट क्षति भएका ठूला प्रकृतिका सिँचाइ आयोजनाको मर्मत तथा पुनर्निर्माणका लागि २ अर्ब ११ करोड २२ लाख रूपैयाँ लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दिएको जानकारीअनुसार तत्कालीन मर्मत तथा निर्माणका लागि ३८ करोड २२ लाख तथा क्षतिग्रस्त आयोजनाको दीर्घकालीन कार्यका लागि २ अर्ब ११ करोड २२ लाख लाग्ने देखिएको हो ।

197
मीनकुमार नवोदित
शुक्रवार, श्रावण ३१, २०७६

प्रदेश–१ सरकारले एक वर्षमा ९ वटा झोलुंगे पुल निर्माण गरेको छ । भौतिक पूर्वाधारको विकासलाई बजेटमा पहिलो प्राथमिकता राखेको प्रदेश सरकारले झोलुंगे र मोटररेबल पुल निर्माणलाई तीव्रतासमेत दिएको छ । गत आर्थिक वर्ष ०७५-७६ मा ९ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले १ सय १८ वटा झोलुुंगे पुुल निर्माण प्रक्रिया अघि सारेको थियो ।

287
प्रकाश पाक्साँवा
शुक्रवार, श्रावण ३१, २०७६

जिल्लाको आठराईमा निर्माणाधीन सबस्टेसनको काम एक वर्षदेखि अलपत्र परेको छ । नेपाल विद्युत् प्राधिरकणको ३३ केभीए प्रसारण लाइनको काम छोडेर ठेकेदार बीचैमा हिँडेपछि सबस्टेसनको काम अलपत्र परेको हो ।

291
कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६

सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारा हरियाली बनाउन सुरु गरेको छ । वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षरोपण अभियान सुरु गरेको हो ।

644