कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

गत सोमबार परेको भीषण वर्षाका कारण संखुवासभाको मकालु गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा ठूलो क्षति भएको छ । सदरमुकाम खाँदबारीबाट करिव ६० किलोमिटर टाढा पर्ने मकालु गाउँपालिकामा ठाउँठाउँमा पहिरो खस्दा दर्जनौंको संख्यामा जंगली जनावर, पशु चौपाया, अन्नबालीमा क्षति पुगेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली राईले जानकारी दिइन् ।

154
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम पुनः सुचारु हुने भएको छ । केही महिनादेखि ठप्प रहेको आयोजनाको कामलाई तीव्र गतिमा अघि बढाउन खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य सुरु गरेको हो ।

164
घनश्याम पौडेल
शुक्रवार, असार ६, २०७६

अर्घाखाँचीको सितगंगा नगरपालिकामा चुरे संरक्षण अभियान सुरु भएको छ । रिचार्ज पोखरी निर्माण गरी नगरपालिका तथा राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिको सहयोगमा चुरे संरक्षण अभियान सुरु गरिएको हो ।

119
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

दुई वर्ष अगाडि पहिरोबाट विस्थापित परिवारका लागि घर बन्ने भएको छ । पहिरो गए यता भत्किएको घर र पालमा आधा–आधा समय बिताइरहेका पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ का पहिरो पीडितले नयाँ घर पाउने भएका छन ।

108
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

वन विज्ञहरूले वन क्षेत्रभित्र खेती गर्ने सरकारी योजना उचित नभएको बताएका छन् । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि गरेको छलफलमा वन विज्ञहरूले वन क्षेत्रभित्र खेती गर्न उपयुक्त नहुने बताएका हुन् ।

122
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

काठमाडौंको कलंकीमा रहेको मालपोत कार्यालयलाई नमूना मालपोत घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीस्थित मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गरेका हुन् ।

130
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

विगत केही महिनअघि देखि सडक निर्माण कार्यमा प्रयोग हुने अत्यावश्यक निर्माण सामग्री बिटुमिन आयात नहुँदा निर्माण व्यवसायीहरूलाई ठूलो समस्या परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

112
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढेको बताएका छन् । मंगलबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा ऊर्जामन्त्री पुनले बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणलगायतका काम अघि बढेको बताएका हुन् ।

193
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

काठमाडौं महानगरपालिकाले काठमाडौं शहरभित्र आधुनिक पूर्वाधारयुक्त संरचनाको विकास तथा विस्तार गर्ने नीति लिएको छ । महानगरपालिकाले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्षभित्र वृहत जनसहभागितामा काठमाडौं भिजन–२१०० तयार गरी शहरमा आधुनिक पूर्वाधारयुक्त संरचनाको विकास तथा विस्तार गर्ने जनाएको हो । महानगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अनुसरण गरी टुककिट, म्यानुअल, मापदण्ड तयारी गरी जारी गर्ने पनि जनाएको छ ।

316
कारोबार संवाददाता
बुधवार, असार ४, २०७६

नेपाल र बंगलादेशबीचमा विद्युत् व्यापार, ऊर्जा सहकार्य, नवीकरणीय ऊर्जा प्रविधिको विकास र दुई देशबीच छलफल हुने भएको छ । नेपाल र बंगलादेशबीच ऊर्जाका क्षेत्रमा सहकार्यका लागि गठित संयन्त्रको बंगलादेशमा हुन लागेको बैठकमा विद्युत् व्यापार लगायतबारे छलफल हुन लागेको हो ।

429
कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६

बहुचर्चित चीन–नेपाल रेलबारे छलफल गर्न नेपाली टोली सोमबार चीन प्रस्थान गरेको छ । काठमाडौं–केरुङ रेल आयोजनाबारे नेपाल र चीनका प्राविधिकहरूको चौथो बैठक चीनको बेइजिङमा असार ३ देखि ७ गतेसम्म छलफल हुनेछ ।

722
भीम गौतम
मंगलबार, असार ३, २०७६

नेपालको निजी क्षेत्र भारत र बंगलादेशमा बिजुली व्यापारका लागि बजार खोज्न आफँै कस्सिएको छ । विद्युत् आयात÷निर्यातका लागि निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूले नेपाल पावर एक्सचेन्ज लिमिटेड गठन गरेका छन् । भारतसँग विद्युत् व्यापार सम्झौता (पीटीए) गरिसकेको तथा बंगलादेशले पनि सन् २०४० भित्र ९ हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव गरे पनि हालसम्म कसरी व्यापार गर्ने टुंगो लागिसकेको छैन ।

1158
कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६

स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु भएको छ ।

577
कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६

वर्षायाम लाग्नुअघि नै लमजुङका ग्रामीण सडक जीर्ण हुँदा यात्रुहरूले सास्ती पाएका छन् । केही साता अघि परेको झरीका कारण सडक भत्किएपछि जिल्लाका ग्रामीण भेग पुग्ने सडक जीर्ण बनेका हुन् ।

196
विप्लव काफ्ले
मंगलबार, असार ३, २०७६

भरतपुर महानगरपालिकाको विपद् तथा जलवायु उत्थानशील योजना बनाउने काम अन्तिम चरणमा पुगेको छ । तीन महिनापछि योजनाको मस्यौदा तयार हुने क्रममा छ । २९ वटै वडा तहबाट विपद्को जोखिम क्षेत्र पहिचान गर्ने काम सकिएको छ । जेठ ७ देखि १५ गतेसम्म संकटासन्नता क्षमता लेखाजोखा गर्न स्वयंसेवक परिचालन भएका थिए । सर्वेक्षणलाई आधार बनाएर उत्थानशील योजना बनाइँदैछ ।

203