कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

म्याग्दी कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको जिल्ला हो । जलविद्युत् क्षेत्रमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना सञ्चालित छन् । राउण्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने नारच्याङमा दर्जनौं हिमश्रृंखला, मगर समुदायको कला संस्कृति, नारच्याङ छहरासँगै अन्नपूर्ण प्रथमको आधारशिविर र जलविद्युत् आयोजनाहरू भित्रिएसँगै गाउँ हाइड्रो भिलेजको रूपमा चिनिएको हो । नारच्याङमा वि.सं २०४३ मा निर्माण सुरु भएर २०४४ देखि जिल्लामै पहिलो पटक विद्युत् वितरण थालेको २ मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजनाले जिल्लामै जलविद्युत्को सम्भावनाको ढोका खोलेको थियो ।

262
कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

नेपाली सेनाले निर्माण गरिरहेको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्र्याक)मा रेखांकनमा परिवर्तन भएको छ । प्रस्तावित द्रुतमार्गको रेखांकनमा खोकना र सुरुङमार्ग निर्माण हुने ठिंगल–लेनडाडा क्षेत्रमा संशोधन गरिएको हो । नेपाली सेनाले बुधबार पत्रकार सम्मेलन गरी खोकनाको सिकाली मन्दिर र कोदेश क्षेत्रमा सामान्य रेखांकन परिवर्तन गरिएको जनाएको छ । साथै, महादेवटारदेखि लेनडाँडासम्मको खण्डमा एसियाली विकास बैंकले प्रस्ताव गरेको टनेलको विकल्पमा एक तथा नयाँ थप दुई टनेलसहित रेखांकन परिर्वतन गरिएको जनाएको छ ।

700
रोशन थापा
बुधवार, भदौ ११, २०७६

सरकारले काठमाडौं–तराई द्रुतमार्गको स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले प्रस्ताव गरेको रेखांकनमा परिवर्तन गरेको छ । प्रस्तावित द्रुतमार्गको रेखांकनमा खोकना र सुरुङमार्ग निमार्ण हुने ठिंगल–लेनडाडा क्षेत्रमा संसोधन गरेको हो । नेपाली सेनाले बुधबार पत्रकार सम्मेलन गरी खोकनाको सिकाली मन्दिर र कोदेश क्षेत्रमा सामान्य रेखांकन परिवर्तन गरेको जनाएको छ । साथै, महादेवटार देखी लेनडाडासम्मको खण्डमा एसियाली विकास बैंकले प्रस्ताव गरेको टनेलको विकल्पमा एक तथा नयाँ थप दुई टनेलहरु सहित रेखांकन परिर्वतन गरेको जनाएको छ । खोकनाको विवाद मिलाउनका लागि सरकारले दुई स्थानको रेखांकन परिर्वतन गरेको हो ।

734
कारोबार संवाददाता
बुधवार, भदौ ११, २०७६

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतको मध्यप्रदेश राज्यको इन्दौरमा एसियाटिक लिवरल मल्टीफेरियस एसोसिएसन र वल्र्ड बुक्स अफ रेकर्डसको संयुक्त तत्वावधानमा हालै आयोजित २० औ सर्वोत्कृष्ट राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गरेकी छन् । अध्यक्ष राणाले उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भइ सम्बोधन गरेकी हुन् । सोही समारोहमा अध्यक्ष राणालाई आयोजक संस्थाले नेपालका लागि सदभावना राजदूतमा नियुक्त गरेको छ । सो समारोहमा प्रमुख अतिथि अध्यक्ष राणाले विभिन्न ३ सय व्यक्ति, उद्योग प्रतिष्ठानहरूलाई सर्वोत्कृष्ट राष्ट्रिय सम्मानबाट सम्मानित गरिन् ।

679
दिलबहादुर केसी
मंगलबार, भदौ १०, २०७६

भारतीय ठेकेदार कम्पनीको सुस्ततामा सुधार नआउँदा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पुनः थपिएकै समयमै आउनेमा चिन्ता बढेको छ । आयोजनाको लट २ अन्र्तगतको हाइड्रोमेकानिकल तर्फको ठाडो सुरुङमा पाइप जडानको काममा गति लिन सकेको छैन । लट २ को हाइड्रोमेकानिकलको ठेक्का भारतीय कम्पनी टेक्सम्याको रेल्वे एण्ड इजिनियरिङले पाएको छ । उसले हाइड्रोमेकानिकल तर्फको पेनस्टक पाइप र बाँधका गेटहरूको डिजाइन, उत्पादन, ढुवानी र जडानसम्मको जिम्मा पाएको हो ।

1229
कारोबार संवाददाता
मंगलबार, भदौ १०, २०७६

आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्नका लागि खानेपानीमन्त्री वीना मगर र सचिव माधव बेल्वासेबीच सोमबार कार्य सम्पादन सम्झौता भएको छ । मन्त्रालयको सभाहल सिंहदरबारमा सोमबार सम्पन्न भएको सम्झौता कार्यक्रममा खानेपानी मन्त्रालयसँग सम्बन्धित योजनाहरु आर्थिक वर्ष २०७६-७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । मन्त्री मगर र सचिव बेल्वासेले सम्झौतामा हस्ताक्षरका हुन् । सरकारको नीति तथा कार्यक्रममा आधारभूतस्तरको खानेपानी सेवालाई आगामी आर्थिक वर्षमा ९२ प्रतिशत र चार वर्षभित्र शत प्रतिशत जनसंख्याको पहुँचमा पु-याइने उल्लेख छ । त्यस्तै निर्माणधीन खानेपानी आयोजनाहरु सम्पन्न गरी तराईका जिल्लाहरुमा आर्सेनिक मुक्त सुरक्षित खानेपानी उपलब्ध गराइने नीति तथा कार्यक्रममा भनिएको छ ।

320
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

बझाङको कालंगा बेसिनका तीन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भएसँगै सुदूरपश्चिम प्रदेश आउँदो डेढ वर्षमा आत्मनिर्भर हुने भएको छ । कालंगा बेसिनको ३८.४६ मेगावाटको अपर कालांगा, १५.३३ मेगावाटको कालंगा र १०.७० मेगावाटको सानीगाड जलविद्युत् आयोजनाबाट ६४.४९ मेगावाट विद्युत् आउँदो १६÷१७ महिनामा उत्पादन हुने भएको छ । यी आयोजनाबाट विद्युत् उत्पादन भएसँगै सुदूरपश्चिम प्रदेश जलविद्युत्मा आत्मनिर्भर भई अन्य प्रदेशलाई समेत जलविद्युत् निर्यात गर्ने जनाइएको छ ।

312
नीरज पिठाकोटे
सोमवार, भदौ ९, २०७६

वीरगन्ज महानगरपालिकामा निर्माणाधीन क्षेत्रीय सहरी विकास आयोजनाको सडकमा रहेका विद्युतीय पोल नहटाउँदा पोल मुनी नै पिच गर्नुपर्ने अवस्था सिर्जना भएको छ । वीरगन्जको घण्टाघरदेखि नयाँबसपार्कसम्म जाने लिंकरोडको सडक पिच गर्ने तयारी भए पनि सडकको दुवैतिर रहेका विजुलीका पोल नहटाउँदा पोल मुनी नै पिच गर्ने तयारी भएको हो ।

314
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सघन सहरी विकास कार्यक्रममा अनियमितता गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा मन्त्री राईले अनियमितता र गुणस्तरहीन काम गर्नेलाई कारबाही गर्ने बताएका हुन् । समितिका सदस्यहरूले सहरी विकास कार्यक्रममा अनियमितता भएको भन्दै प्रश्न उठाएपछि मन्त्री राईले यस्तो बताए । उनले कार्यक्रमको तत्काल अनुगमन गरी दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशनसमेत दिए ।

379
कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६

नेपाल विद्युत् प्राधिकरणसँग निर्माणमा जाने तयारीमा रहेका कुनै पनि आयोजना छैनन् भन्दै गुनासो मात्रै गरिन्छ । माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो जस्ता रुग्ण आयोजना निर्माण सम्पन्न भएपछि प्राधिकरण आयोजना बिहीन बन्दै गएको भन्दै बेला बेलामा आलोचना पनि गरिन्छ । तर, प्राधिकरणले सोही गुनासोको उचित जवाफको रूपमा विभिन्न १० आयोजनालाई अगाडि सारेको छ । ती आयोजनाको कूल क्षमता २ हजार १२४ मेगावाट रहेको छ । प्राधिकरणले ती आयोजनालाई ‘गेम चेन्जर’ आयोजनाको रूपमा समेत लिएको छ ।

305
लक्ष्मण ढुंगाना
आइतवार, भदौ ८, २०७६

बाँकेको राप्तीपारीका जनतालाई सदरमुकाम नेपालगन्जसम्म जोड्ने एकमात्र विकल्पको रूपमा रहेको नेपालगन्ज–बघौडा हुलाकी सडकको म्याद थप्ने तयारी थालिएको छ । निर्माण कम्पनीको ढीलासुस्ती, हुलाकी सडकअन्तर्गत पर्ने विद्युत्का पोल नहटाउनु, मुआब्जासम्बन्धी समस्या, नक्सांकन विवादलगायत विभिन्न कारणले सडक निर्माणमा ढिलाइ भएपछि हुलाकी राजमार्ग आयोजना नेपालगन्जले म्याद थप्ने तयारी थालेको हो ।

206
कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६

सुदूरपश्चिम नेपालमै जलस्रोतको सबैभन्दा धनी प्रदेश भए पनि जलविद्युत् उत्पादनमा सबैभन्दा पछि परेको छ । सुदूरपश्चिम प्रदेशमा १८ हजार १ सय ४९ मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने जलस्रोत छ । तर हालसम्म ४१.८ मेगावाटमात्रै जलविद्युत् उत्पादन भएको छ । तथ्यांकअनुसार नेपालमा ७९ हजार ९ सय ९३ मेगावाट क्षमताको जलविद्युत्को सम्भावनामध्ये सुदूरपश्चिम प्रदेशमा २२ प्रतिशत जलस्रोत छ ।

402
भीम गौतम
आइतवार, भदौ ८, २०७६

नेपालमा अझै २२ प्रतिशत जनता विद्युत्को पहुँचबाहिर रहेको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल विद्युत् प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरूको वडासम्मको विस्तृत अध्ययन गरी हालै सार्वजनिक गरेको विद्युतीकरण तथ्यांकअनुसार हालसम्म ७८ प्रतिशत जनतामा मात्र विद्युत् पहुँच पुगेको छ ।

274
कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

म्याग्दी र मुस्ताङलाई राजमार्गसँग जोडने मालढुंगा –बेनी सडक बिहीबार देखि दैनिक ८ घण्टा बन्द गरिने भएको छ । पर्वतको कुस्मा नगरपालिका १ पाङ अदुवाबारी देखि बालुङ नगरपालिकाको बाङेचौर जोड्ने झोलुंगे पुल निर्माणका क्रममा दैनिक साढे ८ घण्टा सडक बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार बसेको सर्वपक्षीय बैठकले कालीगण्डकी नदीमाथि निर्माण भैरहेको पुलको पर्वत खण्डमा लठो तान्नका लागि सहायक जग (एङकर ब्लक) निर्माण गर्नुपर्ने हुँदा मालढुंगा – बेनी खण्डको सडक बन्द गर्ने निर्णय गरिएको छ ।

275
कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेदेखि पर्यटकीय धार्मिकस्थल ज्यामरुककोत मन्दिर पुग्न पदमार्ग निर्माण गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत, नगरपालिका र स्थानीयको जनश्रमदानमा पदमार्ग निर्माण गरिएको हो । भू तथा जलाधार ब्यवस्थापन कार्यालयको १४ लाख ९९ हजार ४ सय ८६ रुपैयाँ र उपभोक्ताको तीन लाख ६५ हजार ५ सय ९९ रुपैयाँ बराबरको श्रमदानबाट दुई सय पचास मिटर पदमार्ग निर्माण गरिएको हो ।

268