कारोबार संवाददाता
बुधवार, असार ११, २०७६

लमजुङ र मनाङ सिमानामा पर्ने म्यार्दी खोलामा निर्माणाधीन मोटरेबल पुल खोलाले बगाएको छ । आइतबार दिउँसो आएको बाढीले लमजुङको मस्र्याङदी–४ र मनाङको नासोङ–१, सिमानामा बग्ने म्यार्दी खोलाले मोटरेबल पुल बगाएको हो ।

338
कारोबार संवाददाता
बुधवार, असार ११, २०७६

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले सिंह दरबारको सांसद भवनको झल्को दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यसले स्थानीय सरकारको झल्को पनि दिएको छ ।

283
भीम गौतम
बुधवार, असार ११, २०७६

निजी क्षेत्रद्वारा निर्माणाधीन १६ हजार ८ सय ४६ मेगावाट विद्युत् भारतलाई बेच्नका लागि नेपालका निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकले प्रस्ताव गरेका छन् । सरकारी तथा निजी क्षेत्रद्वारा हाल निर्माणाधीन आयोजनाहरू सम्पन्न भए पनि विद्युत् खेर जाने भन्दै उनीहरूले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेका ती आयोजनाबाट उत्पादित बिजुली बेच्नका लागि प्रस्ताव गरेका हुन् ।

523
नीरज पिठाकोटे
मंगलबार, असार १०, २०७६

वृद्ध शरीर । सेताम्मे कपाल । लौरो र सहयोगीको सहारामा पनि उनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको कार्यकक्षमा छन् । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटबाट उनी मन्त्री सोनलसँग विकासका योजना माग गर्छन् । उनी अर्थात राजविराज नगरपालिका–१३ का वडाअध्यक्ष राजनप्रसाद यादव ।

495
प्रगति ढकाल
सोमवार, असार ९, २०७६

वागमती नदी किनाराको जग्गाको मुआब्जाको विषयलाई लिएर सरकार र पीडित पक्षबीच विवाद थप चर्किएको छ । सरकारलेकुनै पनि कानुनी प्रावधान नभएकाले मुआब्जा दिन नमिल्ने तर्क गर्दै आएको छ भनेमुआब्जापीडितले भने जसरी पनि आफ्नो जग्गाको मुआब्जा उपलब्ध गराउनुपर्ने अडान राख्दा विवाद चर्किएको हो ।

186
भीम गौतम
मंगलबार, असार १०, २०७६

नेपाल विद्युत् प्राधिकरण र विद्युत् नियमन आयोगबीचको कानुनी अन्योलले विद्युत् खरिद सम्झौता (पीपीए) रोकिएको छ । विद्युत् प्राधिकरण र आयोगबीच पीपीएको प्रक्रियाबारे अन्योल हुँदा ३ हजार मेगावाट बराबरका करिब ४० आयोजनाको पीपीए रोकिएको हो । प्राधिकरणले कुनै जलविद्युत प्रवद्र्धकसँग पीपीए गर्नका लागि आयोगको स्वीकृति लिनुपर्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न दुवै पक्षमा अन्योलता देखिएपछि निजी क्षेत्र समेत मारमा परेको छ ।

345
कारोबार संवाददाता
मंगलबार, असार १०, २०७६

सरकारले समयमा नै डीपीआर स्वीकृत नगरेपछि काठमाडौं–तराई द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुनेमा शंका उत्पन्न भएको छ । द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले भने डीपीआर स्वीकृतिमा ढिलाइ भए आयोजनाको पुल र सुरुङ निर्माणको काम प्रभावित हुने जनाएको छ । सरकारले बिनाकारण डीपीआर रोकेपछि समयमै निर्माण सम्पन्न हुनेमा आशंका बढेको हो । यता, संसदीय समितिले भने द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको छ ।

1092
कारोबार संवाददाता
मंगलबार, असार १०, २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा विवादित चिनीयाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप (सीजीजीसी) लाई दिने कुनै सम्झौता नभएको स्पष्ट पारेका छन् ।

212
गोपाल पोखरेल
मंगलबार, असार १०, २०७६

जिल्लाका पहाडी क्षेत्रमा हँचुवाका भरमा खनिएका ग्रामीण सडक दुर्घटनाका प्रमुख कारण बन्दै गएका छन् । सामान्य सर्वे र स्टिमेटका भरमा स्काभेटर लगाएर खनिएका सडक साँघुरा, बढी मोड, ठाडो उकालो र ठाडो ओरालो छन् ।

138
कारोबार संवाददाता
मंगलबार, असार १०, २०७६

पूर्वीलमजुङको दोर्दीखोलामा मोटरेबल पुल निर्माण सुरु गरेको आठ वर्ष भयो । तर पुल निर्माण सम्पन्न हुन सकेको छैन । निर्माणाधीन मोटरेबल पुल निर्माणकार्य सम्पन्न हुन नसक्दा स्थानीयलाई निकै सास्ती भएको छ ।

202
अमरराज आचार्य
मंगलबार, असार १०, २०७६

तीन दशक अघिसम्म प्यूठानलाई दाङसम्म जोड्ने घोराही–मुकुटी–देवीस्थान सडक फेरि चलायमान हुन थालेको छ । झिमरुक जलविद्युत् आयोजनाका सामान ढुवानीका लागि छोटो दूरीका रूपमा भालुवाङ–देवीस्थान ट्रयाक खोलिएपछि यो मार्ग सुस्ताएको मात्र होइन, मृत अवस्थामा पुगेको थियो । तर, नयाँ संघात्मक अभ्यासमा जहाँ जनता त्यहाँ बाटोको अवधारणा ल्याएपछि अव मुकुटीले पुनर्जीवन पाउने आशा गरेको छ । सम्भवतः पछिल्लो सरकारले यसलाई मदन भण्डारी राजमार्गमा समेत जोड्ने अन्तिम तयारी गरेपछि स्थानीयबासी पनि आशावादी भएका छन् ।

170
नीरज पिठाकोटे
मंगलबार, असार १०, २०७६

वीरगन्ज महानगरपालिकाको मुख्य सडक विस्तारका लागि संरचना भत्काउने सूचना सार्वजनिक भएपछि त्यसको विरोध हुन थालेको छ । सूचना सार्वजनिक भएपछि समाजवादी पार्टीका नेता र नेपाली कांग्रेसका नेताहरूले वीरगन्जको मुख्य सडक विस्तारका लागि संरचना हटाउन नदिने बताएका छन् ।

303
कारोबार संवाददाता
सोमवार, असार ९, २०७६

गैरआवासीय नेपाली संघले नेपालालाई दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न आफ्नो क्षमता र अवस्थाअनुसार सहयोग गर्न तयार रहेको जनाएको छ । गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र ढकालले समृद्ध नेपाल बनाउने सरकारको राष्ट्रिय आकांक्षामा तमाम गैरआवासीय नेपालीले आ–आफ्नो क्षमता र अवस्थाअनुसार सहयोग गर्न तयार रहेको बताएका हुन् ।

227
कारोबार संवाददाता
सोमवार, असार ९, २०७६

जलचर एवं जलीय जैविक विविधता संरक्षणका लागि विधेयकको मस्यौदा तयार भएको छ । नेपाल पानी परियोजनाले जलचर एवं जलीय जैविक विविधता संरक्षणसम्बन्धी विधेयकमा परामर्श गरी मस्यौदा तयार गरेको हो ।

176
कारोबार संवाददाता
सोमवार, असार ९, २०७६

पूर्वीलमजुङको दोर्दीखोलामा मोटरेबल पुल निर्माण सुरु गरेको आठ वर्ष भयो । तर पुल निर्माण सम्पन्न हुन सकेको छैन । निर्माणाधीन मोटरेबल पुल निर्माणकार्य सम्पन्न हुन नसक्दा स्थानीयलाई निकै सास्ती भएको छ ।

183