कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलामा मोटरेबल पुल निर्माण हुने भएको छ । मोटरेबल पुल निर्माणका लागि १ नम्बर प्रदेशको कार्यालय विराटनगरबाट १ करोडभन्दा बढी बजेट विनियोजन भएको छ । दिप्रुङ गाउँपालिका–१ याम्खा र दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–४ खाल्लेको बीचमा रहेको साप्सु खोलामा निर्माण गरिने मोटरेबल पुलका लागि १ नम्बर प्रदेशबाट १ करोड ३५ लाख सशर्त अनुदान स्वीकृत भएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताए ।

414
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

जलविद्युत्मा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ वटा जलविद्युत् आयोजना भित्रिएका छन् । राउन्ड अन्नपूर्ण पदमार्गको आधार शिविर रहेका कारण पर्यटकीय गाउँको रुपमा चिनिएको न्यारच्याङ जलविद्युत् आयोजनाहरु भित्रिएसँगै हाइड्रो भिलेजको रुपमा विकास भएको छ । जलविद्युत् आयोजनाले निर्माणकार्यलाई तीव्रतासँगै ५ सय घरधुरी रहेको नारच्याङबासीले लगानीसँगै रोजगारको सिर्जना भएको छ ।

298
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू अर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माण सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को विकास समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अनुदान सम्झौता गरेका मध्ये ७७ प्रतिशत (७ लाख २७ हजार १ सय २३) ले निजी आवास पुनर्निर्माण सुरु गरेको र त्यसमध्ये ४३ प्रतिशतले सम्पन्न गरेको जानकारी दिए ।

259
रासस
बुधवार, मंसिर १२, २०७५

सरकारले मुलुकको स्वाधीनता र अखण्डतासँग जोडिएका महत्वपूर्ण धरोहरका रुपमा रहेका गढीको पुनःनिर्माण र संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने भएको छ ।

359
रासस
मंगलबार, मंसिर ११, २०७५

कोटेश्वर–कलङ्की सडकको निर्माण कार्य सकिएको छ ।

526
रासस
मंगलबार, मंसिर ११, २०७५

भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण कार्य शुरु गरिएको छ । सांसद महेश बस्नेतले अरनिको राजमार्ग अन्तर्गत भक्तपुर र मध्यपुरथिमिको सिमानामा रहेको हुनमन्ते खोलाको पुलमा आज करिडोर निर्माणको शिलान्यास गरे ।

489
कारोबार संवाददाता
मंगलबार, मंसिर ११, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नीतिगत सुधार गर्न तयार भएको बताएका छन् । उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को प्रथम बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रमा भएका नीतिगत अप्ठ्यारालाई सजिलो बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

270
कारोबार संवाददाता
मंगलबार, मंसिर ११, २०७५

पुनर्निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काभ्रेका स्थानीय तहबीच ११ बुँदे समझदारी भएको छ । दुई दिनसम्म धुलिखेलमा आयोजित निजी आवास पुनर्निर्माणसम्बन्धी समीक्षा गोष्ठीपछि सोमबार प्राधिकरण र स्थानीय तहबीच ११ बुँदे समझदारी भएको हो । स्थानीय तहले पुनर्निर्माणका बारेमा धेरै नै गुनासो राखेपछि प्राधिकरणले स्थानीय तहसँगको छलफलपछि समझदारी गरेको हो ।

234
भीम गौतम
मंगलबार, मंसिर ११, २०७५

सरकारले पहिलोपटक ऊर्जा वचतलाई लक्षित गरी राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७५ ल्याएको छ । नेपालमा सन् १९८५ देखि ऊर्जा दक्षताको अध्ययन, विश्लेषण तथा उद्योगको ऊर्जा लेखापरीक्षणका साथै विभिन्न जनचेतना जगाउने कार्यक्रम हुँदै आएपनि कानुनी रूपमा रणनीति भने पहिलोपटक ल्याएको हो ।

477
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ ।

517
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

विकासमा स्थानीयको सहभागिता गराउने उद्देश्यले नेपालगन्ज उप–महानगरपालिका–२० मनिकापुरमा विकासमा ८० र २० प्रतिशत अभियान सुरू भएको छ ।

358
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु भएको छ । २०७३ चैतबाट निर्माण सुरु भएको आयोजनाको ३.८४ किलोमिटर लामो सुरुङ बुधबार ब्रेक थ्रु गरी सार्वजनिक गरिएको हो ।

276
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

वन तथा वातावरण मन्त्रालयले बाँसजन्य उद्योग तथा जडिबुटी उत्पादनका लागि चीनसँग सहकार्य गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत यु होङ र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतबीच भएको भेटघाटमा नेपालको बाँसजन्य उद्योग तथा जडिबुटी उतपादनमा चीनसँग सहकार्य गरेर मुलुकको आर्थिक समृद्धिमा वनको भूमिका बढाउन नीति रहेको बताएका छन् ।

439
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तन नीति संशोधन गर्ने तयारी गरेको छ । मन्त्रालयले जलवायु परिवर्तन नीति संशोधन गर्न लागेको जानकारी दिएको हो । जलवायु परिवर्तनका कार्यक्रम थप प्रभावकारी रूपमा अगाडि बढाउन समय अनुरुप जलवायुका नीति तथा कार्यक्रम पनि परिवर्तन गर्न आवश्यक रहेको भन्दै मन्त्रालयले जलवायु परिवर्तन नीति संशोधनको तयारी थालेको हो ।

302
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

निर्माणाधीन ५ सय किलोवाट क्षमताको मध्यफावाखोला जलविद्युत् आयोजना आगामी वर्षभित्र सम्पन्न हुने भएको छ । ५ सय किलोवाट क्षमताको विद्युत् आगामी वर्षभित्र निर्माण सम्पन्न हुने भएको हो ।

328